संजीव पाण्डे
केही दिन अगाडिको कुरा हो। म अष्ट्रेलियाको एउटा टेलिभिजन च्यानलबाट प्रसारित हुने राजनीतिक बहसको कार्यक्रम हेर्दै थिएँ। प्रमुख विपक्षी दलका शक्तिशाली नेता जो हकी (उनी श्याडो ट्रेजरर पनि हुन्) हालै सरकारले प्रस्तुत गरेको बजेटको बारेमा टिप्पणी गर्दैथिए। उनले बजेटका कमी कमजोरीका बारेमा चर्को आलोचना गरे, तर अति शिष्ट शैलीमा। र जानु अघि उनले सरकारले गरेको सकारात्मक कामहरूको खुलेर प्रसंशा गरे- र, जब उनले असाध्य रोग लागेका बिरामीहरूलाई सरकारले नि:शुल्क उपकरणहरू दिने घोषणा गरेको बारेमा बोल्न थाले, उनले सरकारलाई भावुक भएर धन्यवाद दिए। वास्तवमै त्यो उनको हृदयबाट नै आएको थियो– बनावटी थिएन।नेपालमा चाहिँ कुनै पनि विपक्षी दलको नेताले सरकारका सकारात्मक निर्णयको यसरी समर्थन गरेको कहिल्यै सुन्नुभएको छ?
*************विरामी भएर म केही पटक डक्टरकहाँ जानुपर्यो। जब पालो आउँछ, यहाँका डक्टर बाहिर विरामीलाई लिन आउँछन्, हात मिलाउँछन् र भित्र लैजान्छन्। नेपालमा मेरो अनुभव छ, जब तपाईं भित्र जानुहुन्छ, डक्टर आफ्नो कुर्सीमा गजधुम्म बसिराखेका हुन्छन्। ‘नमस्ते डक्टर साहेब’विरामीले हात जोडेर सम्मानपूर्वक अभिवादन गर्छन्। विरामी र उनका आफन्तले गरेकै शैलीमा उठेर अभिवादन फर्काउने डक्टर कम्तीमा मैलेचाहिँ भेटेको छैन। धेरैले टाउको हल्का हल्लाउँछन् । यो भनेको सोझै म धेरै ठूलो हुँ भन्ने अभिमान बोलेको होला।यहाँ त्यस्ता अभिमानीहरू मैले देखिनँ ।

*************केही महिना अगाडि नेथान रिस न्यु साउथ वेल्सको मुख्यमन्त्री भए(सिड्नी न्यु साउथ वेल्सको राजधानी हो)। भर्खर एकचालीस वर्षका यिनी कुनै समयमा नगरपालिकाको फोहोर उठाउने कर्मचारी थिए। यिनी मुख्यमन्त्री भएको समाचार अघिल्लो साँझ टेलिभिजनमा हेरेको थिएँ। भोलिपल्ट यिनी भेटिए ट्रेनमा। युनिभर्सिटी जान ट्रेन चढेको त उक्त ट्रेनमा उनी यातायात मन्त्रीलाई साथ लिएर यात्रुहरूसँग उनीहरूको गुनासो र सुझाव सुन्दैथिए। अहिले त सरकारी गाडी छ नत्र उनी जहिले पनि चढ्ने भनेको सार्वजनिक यातायात नै हो। उनीसँग निजी कार छैन, न त लाइसन्स नै। अष्ट्रेलियाजस्तो देशमा यो असाधारण कुरा हो।नयाँबजार जाने बसमा प्रचण्ड झुन्डिएर चढिरहेका देख्न पाइएला त? हाम्रा माधव नेपाललाई कोटेश्वर जाने माइक्रोबसमा कहिले भेट्न पाइएला?
*************एकजना मन्त्री थिइन्– रेबा मिगर । एक साँझ उनी एउटा पबमा गइछन्, ब्वैफ्रेन्ड्लाई लिएर। तल ड्राइभर कुरिराखे। नशाको सुरमा यिनले ड्राइभर र गाडी भुलिछन् र ट्याक्सी लिएर हिँडिछन्। बिचरा ड्राइभर रातभर कुरेको कुर्यै। अब हेर्नुस् हंगामा। मिडिया तात्यो। ड्राइभर आफै मुद्दा हाल्ने कुरा गर्नथाले। र, अन्त्यमा उनी मन्त्रीबाटै हटाईन्, यही निहुँमा। उनले राजनीतिबाटै सन्यास लिइन्। अहिले मन्त्रीहरूलाई किन ड्राइभर दिने भन्ने कुरा पनि उठिराखेको छ। आफ्नो गाडी आफै चलाउ रे!जनताले कर तिरेको पैसाबाट सुविधा भोग गर्ने हाम्रो गरीब देशका ठूलाबडा भनाउँदाहरूलाई यो सुन्दा कति अचम्म लाग्दो हो?
*************एक रात करीब साढे एघार बजे पुलिस थानाबाट फोन आयो। सुरुमा मनमा ढ्यांग्रो ठोक्यो, लौ के भयो भनेर। तर नराम्रो केही होइन रहेछ। अघिल्लो दिन हराएको मेरो मोबाइल फोन एकजना सज्जनले पुलिस थानामा बुझाइदिएछन्। त्यही लिन आउ रे। ट्रेनमा खसेको फोन पुगेको रहेछ अर्को शहरमा। लिन प्रमाणसहित आफै जानु पर्ने रे। साठी डलरमा किनेको सेट थियो। लिन जाँदा त्यतिले नपुग्ने भयो। सबै नम्बर सिमकार्डमा पनि सेभ गरेको थिएँ। अर्को त्यही नम्बरको सिम पाइहालियो, दुई डलरमा। कसैको पनि नम्बर गुमेन। अब भन्नोस्, म किन जाने?नेपालमा हुँदा एकचोटि मोटरसाइकलमा हिँड्दा वालेट खसेछ। पैसा धेरै नै थियो। एउटी महिलाले फोन गरेर फिर्ता दिइन्। पूरै विश्वास भयो,संसारमा सज्जन मान्छे बग्रेल्ती छन्।
*************अष्ट्रेलियामा कम्युनिस्टहरू ज्यादै कम छन्। भएकाहरू पनि कम्युनिस्टभन्दा पनि आफूलाई सोसियलिष्ट भन्छन्। गएको साल एकपटक एउटी महिलासँग भेट भयो। म नेपाली भन्ने थाहा पाउने बित्तिकै यिनले फरर नाम लिइन्– माधव नेपाल, योगेश भट्टराई, ….. ‘कसरी थाहा पायौ?’ लौ, यिनले त अनेरास्ववियुको महाधिवेशनमै अतिथिको रूपमा भाग लिइसकेकी रहेछिन्। उनी माधव नेपालबाट प्रभावित भइन् रे।साँच्चि, माधव नेपालले पोहोर चुनाव हारेको अनि यो साल प्रधानमन्त्री पाएको थाहा पाउँदा यिनलाई कस्तो लाग्यो होला?
*************एक साँझ घर फर्कदै थिएँ। ट्रेनमा पछाडिपट्टिको सिटमा दुईजना महिला कुरा गर्दै थिए। पहिलो महिलाको घरको कुकुरले बिफबाहेक अरु मासु मन पराउँदैन रे। त्यो पनि सस्तो खाले होइन रे। कुन्नि कुनचाहिं ब्रान्ड्को, कुन्नि के के फ्लेभरको। मैले मेरा गाउँका कुकुर सम्झेँ। काठमाण्डौंका गल्लीमा भौंतारिने कुकुरहरूलाई पनि सम्झेँ।घर पुगेर इन्टर्नेटमा कान्तिपुर पढ्नथालें। मुख्य समाचारमा आँखा पुग्यो। तस्बिरसहितको समाचार थियो। दैलेखमा कुहिएको र खान अयोग्य भनी खाल्डो खनी गाडिएको चामल स्थानीयहरूले खोतलेर निकालेछन् र त्यहींनेर पकाएर खाएछन्। पशुले समेत खान अयोग्य भनी गाडिएको चामल थियो त्यो। अनि हारालुछ गर्दै घरतिर पनि ओसारेछन्।त्यो साँझ मलाई खान रुचेन। मन एकतमासको भइरह्यो।
so good to read about ur australian experience.
ReplyDelete