• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 26, 2009

    बन्धकमुक्त नेपालीको कथा: मृत्युको मुखबाट फर्केपछि...

    बेनुप भट्टराई

    काठमाडौं, 'हामी राजधानी बग्दादबाट ३ सय किलोमिटर टाढाको तेहरान भन्ने ठाउँको अग्वा होटलमा थियौं । त्यो अमेरिकी सुरक्षा बेसबाट धेरै टाढा अर्थात् 'रेड जोन' भनेर चिनिने असुरक्षित क्षेत्र थियो । हाम्रो १० दिने 'भिजिट भिसा' को म्याद गुजार्न लोकल भारतीय एजेन्टले होटलमा ल्याएर बन्दी बनाएका थिए ।

    बिहान केही टमाटर, तुरा -काँक्रो) र रोटी -खबुज) दिन्थे । हामी ट्वाइलटको पानी पिउँथ्यौं । हामी १३ जना नेपाली एउटै कोठामा थुपि्रएका थियौं । सँगै आएका ८ भारतीय भने पल्लो कोठामा थिए । मरे पनि सँगै, बाँचे पनि सँगै भनेर हामी नेपाली एकसाथ भएका थियौं । असार २६ को रातदेखि लगातार ६ दिन त्यो होटलमा बन्धक हुँदा लाग्थ्यो, 'केही वर्षअघि १२ नेपालीको बीभत्स हत्या यहाँ भएको थियो, यसपाला १३ को हुने भयो ।' यसरी खतराजन्य अनुभव साथमा लिएर इराकी भूमिबाट चार दिनअघि नेपाल फिरेका चार युवाहरू शुक्रबार एकपछि अर्को गर्दै होडमा आफ्ना भोगाइहरू सुनाउनमा तल्लीन थिए । एजेन्टहरूको अनेक शृङ्खला पार गरेर दुई साताअघि इराक पुगेका १३ नेपालीहरू बग्दाद विमानस्थलबाटै 'गलत काम र कम्पनी' को परिबन्दमा परेर एक इँटाभट्टा कम्पनी हुँदै रेड जोनको होटलमा बन्धक बनेका थिए ।

    तीमध्ये फर्पिङ काठमाडौंका २८ वर्षे इन्द्रप्रसाद भट्टराई, २५ वर्षे लक्ष्मण थोकर, सानोठिमी भक्तपुरका २४ वर्षे दीपक भट्टराई र सातदोबाटोका २३ वर्षे तिलक थापा मगरले भने, 'पैसाभन्दा ज्यान ठूलो' भन्दै घर फिरेका हुन् । उनीहरू एसएलसी हाराहारीको शिक्षा पाएका निम्नमध्यम वर्गीय युवा हुन् । उनीहरू बन्धक बनेको र फेरि बन्धकमुक्त बनेको खबरलाई गत साता परराष्ट्र मन्त्रालयले समेत प्राथमिकतामा राखेर प्रसारमा ल्याएको थियो ।

    'दोस्रोपल्ट इराक जानु बाध्यता थियो' अघिल्लोपटक २१ महिना बग्दादकै एउटा कम्पनीमा काम गरेका इन्द्रप्रसादले भने, 'नेपालमा रोजगारी नपाएपछि पैसा कमाउन जोखिम मोलेरै भए पनि गएको थिएँ ।' श्रम गर्न इराक जाने अनुमति नभएको अवस्थामा त्यता गएका र हण्डर खाएर फर्किएका उनी राम्रो कम्पनीमा कामको मौका पाए फेरि इराकै जाने योजनामा छन् ।

    'जीवनमा दुईपल्ट मनर्ु पर्दैन, यदि काम गर्दागर्दै मृत्यु भए स्विकानर्ुपर्छ' भन्ने इन्द्रप्रसाद झन्डै दुई लाख रुपैयाँ खर्चेर इराक गएका रहेछन् । उनका एकजना भाइ बग्दादमै छन् । 'खाडी मुलुक जाँदा मुस्किलले महिनाको १० हजार कमाइएला, इराकमा त बाँच्न सकियो भने टन्नै हुन्छ,' आफू त्यता जानुको कारण सुनाउँदै थिए उनी, 'तर योपल्ट चाहिँ त्यो सपना पूरा भएन ।' इराकबाटै पलाएको दारी नकाटेका उनी भखर्रका विवाहित हुन् ।

    मलेसियामा तीन वर्ष बस्दा चित्तबुझ्दो कमाइ नभएपछि ऋणपान गरेको पैसाले इराक पुगेर फर्किएका तिलक पनि 'सोचेजस्तो काम र कम्पनी पाए' फेरि इराकै जाने ध्याउन्नमा छन् । काठमाडौंबाट बंगलादेश दुबई हुँदै बग्दाद पुगेर ६ दिन बन्धक हुनुपर्दा भोगेका दुःखद क्षण बग्रेल्ती भए पनि रोजगारका अरू विकल्प नदेखेर फेरि जान लागेका हुन् । भन्छन्, 'हामीजस्ता हजारौं नेपाली इराकी भूमिमा लुकिछिपी बसेकै रहेछन् ।'

    २४ घन्टै बन्द कोठाभित्र बिताउनुपर्ने आफू बसेको होटलबाट बारम्बार बम पडकेको आवाज सुन्दा लक्ष्मणको चाहिँ सातोपुत्लो उडेको रहेछ । 'हामीलाई बोलाउने एजेन्टले धोका दिएका बेला ड्याम, ड्याम...बम पडकेको सुन्नुपथ्र्यो,' आतंकवादीको बिगबिगी भएको इराकमा बन्धक अवस्था सम्झँदै उनले भने, 'होटलको इराकी साहुजी आफ्नै सुरमा बोल्दा पनि आङ जिरिंग हुन्थ्यो, आतंककारी र सुरक्षाकर्मीको कब्जामा परिएला भन्ने डर भइरहन्थ्यो ।'

    उखरमाउलो गर्मीमा सबैजना एउटै कोठामा अट्नुपर्दाको उकुसमुकुस सम्भिmँदै लक्ष्मणले भने, 'घुमिरहेको पंखाले पनि तातै हावा फ्याँक्दै हुन्थ्यो ।' आफ्नो बिजोग देख्नेजति सबैले मुख 'चुक...चुक' गर्दैर् सान्त्वना दिँदा घरपरिवारको सम्झनाले बढी सताउने रहेछ । 'मरिने हो कि बाँचिने ठेगान थिएन,' दीपक इराकी पीडा पोख्दै थिए, 'धन्न नेपालीकै सहयोगले बन्धक मुक्त भई उम्केर आउन पाइयो ।' उनीहरूलाई बग्दाद बस्ने धु्रव कुँवरले उद्धार गरी तीन दिनसम्म आफ्नै निगरानीमा राखी फर्काएका हुन् ।

    ड्राइभिङ र होटलको काम गर्ने मौखिक सम्झौतामा इराक पुगेका उनीहरूलाई जिमिल वास्सा नामका एक भारतीय एजेन्टले इँटाभट्टीको काममा लगाउन खोजेको रहेछ । 'त्यो इँटाभट्टा त हेर्दाखेरि नरकजस्तै लाग्थ्यो,' स्वदेश फर्किइसकेका दीपक अझै त्यहीं भएजस्तो गरी दिगमिग मान्दै थिए, 'सम्झँदा पनि घिनलाग्ने खालको थियो ।' बग्दाद पुगेरमात्रै प्रत्यक्ष भेटिएका ती एजेन्टले पहिले पहिलेको 'टेलिफोन सम्झौता' मा चाहिँ उनीहरूलाई आईसीसी भन्ने कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएको रहेछ ।

    समयमै उद्धार नभएको भए इराकमा उनीहरूको जे पनि हुन्थ्यो । भिसा अवधि सकिएपछि सुरक्षाकर्मीले भेटेका भए 'गैरकानुनी बसाइ' भनेर फाँसीको सजायसम्म दिन्थे । 'अचेल त भुँडी चिरेर आन्द्राभुँडी झिक्दै तड्पाई तड्पाई मार्न थालेका छन् अरे' आफूलाई मृत्युको मुखबाट बचेको बताउने तिलकले इराकी यातनाबारे भने, 'कतै हाम्रो पनि त्यस्तै हविगत हुन्थ्यो कि ।' दुबईमा १५ सय र बग्दादमा एक सय हाराहारी संख्यामा रहेका एजेन्टले नेपालीलाई इराक पठाइरहेको उनीहरूको अनुमान छ । जीवन बाजी थापेर इराक गएका इन्द्रप्रसाद नेता र कर्मचारी अनुशासनमा रहे आफूजस्ता हजारौं युवा स्वदेशमै बस्ने ठोकुवा गर्छन् । 'उनीहरू अनुशासनमा बसे देशमा विकास निर्माण हुन थाल्छ' उनी भन्दै थिए, 'त्यसपछि त बेरोजगारी समस्या स्वतः हटिहाल्थ्यो नि ।' मासिक एक हजार डलर -करिब ८० हजार) कमाउने ध्याउन्नमा इराक जाने युवालाई देश विकासमा लगाउन पाए मुलुकको पनि भलो हुने उनको बुझाई छ ।kantipur

    No comments:

    Post a Comment