• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, July 11, 2009

    पर्यटक छैनन्, होटल रित्ता

    पशुपतिनगर, असार २६ गते । सन्तपुरस्थित नर्बु शेर्पाको शेर्पा च्यालेट होटलका कोठा अहिले सुनसान छन् । सँधै खचाखच हुने उहाँको होटलमा अहिले पर्यटक देख्न कठिन पर्छ । सँधै भारत भएर आउने पर्यटक अहिले बाटैमा अलपत्र जस्तै भएका छन् । भारतको सिंहलिला नेसनल पार्कले पर्यटक आवागमनमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रका पर्यटन व्यवसायीका होटल र लज रित्ता छन् ।
    नेसनल पार्कमा रहेका पक्षी र जङ्गली जनावरको प्रजनन समय भएको भन्दै पार्क आवतजावतमा प्रतिबन्ध लगाएपछि व्यवसायी मारमा परेको सन्तपुरका मिङ्मा शेर्पा बताउनु हुन्छ । पार्क भएर आवतजावतमा प्रतिवन्ध लगाएपछि पर्यटक आवागमन ठप्प भएको व्यवसायीले बताएका छन् ।
    नेपालबाट पर्यटक पुग्ने भौतिक पूर्वाधारको विकास नभएपछि इलामका उत्तरी पर्यटकीय क्षेत्रमा भारत भएर पर्यटक आउने गरेका छन् । नेसनल पार्कले प्रत्येक वर्षको वषर्ा यामसँगै चार महिनासम्म पर्यटक आवगमनमा रोक लगाउने गरेको छ । चार महिनासम्म पर्यटक नआउँदा होटल व्यवसायी र पर्यटन व्यवसायीलाई दैनिक गुजारा गर्न सम्म समस्या हुन्छ ।
    नेपालको पर्यटन विकासका लागि सरकारले चासो नदिँदा समस्या आएको छ, स्थानीय छिरिङ्ग शेर्पाले बताउनुभयो । यसवर्ष भारतको सिंहलिला नेसनल पार्कले १५ दिन अघि नै आवतजावतमा प्रतिबन्ध लगाएकाले होटल बुक गरेका पर्यटकसमेत आउन सकेका छैनन्, शेर्पाले भन्नुभयो ।
    नेसनल पार्कले आवतजावतमा प्रतिबन्ध लगाउँदा समयमा नै जानकारी दिने नगरेका कारण होटल बुक गरेका पर्यटकका लागि आवश्यक गर्ने सामान खरिद गरिने थिएन तर जानकारी बिना पर्यटक आवतजावतमा प्रतिवन्ध लगाएपछि हजारांै मूल्य बराबरका सामग्री नष्ट हुने अवस्थामा पुगेको छ, तुम्लिङ्गका एक पर्यटन व्यवसायीले बताउनुभयो ।
    तुम्लिङ्गमा १ जुनदेखि १५ जुनसम्ममा पाँच सय पर्यटक आउने निश्चित गरेर होटल बुक गरेका थिए । विगतमा १५ जुन देखिमात्र पर्यटक आवागमनमा प्रतिबन्ध लगाउने गरेको थियो । यसवर्ष सिंहलिला नेसनल पार्कले एक जुनदेखि नै पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको छ । नेपाल तर्फबाट सीमावर्ती पर्यटकीय क्षेत्र पुग्ने भरपर्दो सडक निर्माण नभएकाले त्यस क्षेत्रको पर्यटन व्यवसाय पनि भारतमुखी भएको हो । पटकपटक सरकारलाई पर्यटन विकासका लागि चासो दिन आग्रह गरे पनि यसवर्ष पनि सफल हुन सकेन ।
    भरपर्दो सडकको विकास तथा पूर्वाधारको निर्माण भएमा नेपाललाई करोडौंको नाफा हुने थियो, जौबारीका विजय लामाले जानकारी दिनु भयो ।
    भौगोलिक विकटता र भौतिक पूर्वाधार निर्माण नहुँदा इलामका उत्तरी पर्यटकीय क्षेत्रमा न्यून मात्रामा पर्यटक जाने गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रको मानेभञ्ज्याङ्ग, चित्रे, मेघमा, तुम्लिङ्ग, जौवारी गैरीवाँस, कैंयाकट्टा, कालपोखरी बिर्खे भञ्ज्याङ्ग र सन्तपुर क्षेत्रमा वषौर्ंदेखि भारत भएर पर्यटक आउने गरेका छन् ।
    पर्यटक आवगमनमा वृद्धिसँगै त्यस क्षेत्रका बासिन्दा होटल व्यवसाय, पथ प्रदर्शक, यातायात व्यवसायमा लागेर पर्यटनसम्बन्धी काम गर्दै आएका छन् । कञ्चनजङ्घा, सगरमाथालगायतका हिमशृङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडीबुटी, हिमाली जीवनशैलीलगायतको अवलोकन गर्न सकिने महìवपूर्ण यो क्षेत्रको नेपाल सरकारले पूर्वाधारको विकासमा चासो नदिँदा सीमा क्षेत्रका स्थानीयवासीले वषौर्ंदेखि समस्या झेल्दै आएका छन् ।
    यसअघिको सरकारले इलामको पर्यटन विकासका लागि विनियोजन गरेको ५० लाख रुपियाँ कनिका छराई तरिकाले बाँडफाँड गरिएकाले पनि यहाँकोे विकास हुन अझै अनिश्चित देखिन्छ । इलाम सदरमुकामबाट सोझै रूपमा पर्यटक जाने व्यवस्था गरे इलामको पर्यटन व्यवसाय फस्टाउने सरोकारवालाको भनाइ रहेको छ ।gorakhapatra

    No comments:

    Post a Comment