• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, July 10, 2009

    माओवादीमा भजन भीड



    दिवस गुरागाईं
    "मैले लालसलाम गर्न सिकेँ," एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत एक दर्जन सोही पार्टीका नेता तथा कार्यकर्ताका अगाडि उभिएर युवराज लामाले आफ्नो पौरख सुनाए । हात मुट्ठी पारेर ठड्याए । उनको कला देखेर उपस् िथत एकीकृत नेकपा माओवादीका नेता-कार्यकर्ता जोस्सिए र ताली पड्काउन थाले । त्यस अवसरमा उनले शपथ खाए र कसम पनि खाए, माओवादी पार्टीसँगै सती जाने ।चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले पनि लामाकै सिको गरे । कार्यक्रम सुरु हुनुअघिसम्म उपस् िथत हुन मात्र आएको बताउँदै गरेका खड्गी प्रवेशको लहरले थामिन सकेनन् । "पर्दाबाहिरका असली हिरोहरूकै पछि लागेँ," उनले टीका थापे ।नायिका मौसमी मल्ल पनि असार १३ गते पुष्पकमल दाहालको हातबाट टीका लगाउनेमा थिइन् । उनको प्रवेश अकस् मात् भएको थियो खड्गी शैलीमा । सोही दिन बिहान अध्यक्ष दाहालसँग भेटिसक्दासम्म उनले प्रवेशको संकेत दिएकी थिइनन् । त्यसदिन दाहालको बैठककोठामा आसन जमाउनेमध्येका एक कलाकर्मीका अनुसार, कति सम्झाउँदासमेत उनी दोधारमै थिइन् । तर, कार्यक्रममा भएको प्रवेश लहरले उनलाई हामफाल्न उत्तेजित गर्‍यो । लामा, खड्गी र मल्लसँगै त्यसदिन ९७ कलाकर्मीले माओवादीको टीका लगाए । प्रवेश गर्ने कलाकारको लस् कर देखेर अरू त अरू अध्यक्ष दाहाल पनि हौसिए । यही मौकामा उनले त्यहाँ पनि दोहोर्‍याए, "चमत्कार भयो । " कलाकर्मीको माओवादी प्रवेशले यतिबेला निकै चर्चा पाएको छ । शिव रेग्मी, दीपक श्रेष्ठ, छवि ओझा, सिर्जना बस् नेत, निर्मल शर्मा आदि चिनिएका नाम पनि प्रवेश गरेकाहरूको पंक्तिमा छन् ।
    प्रवेशी अनुहार


    त्यसो त माओवादी नवप्रवेशीहरू हिजोका दिनमा पनि एकै ठाउँ थिए । तीमध्ये धेरैजसो तत्कालीन राजा-महाराजाहरूको जन्मोत्सव वा जन्मजयन्ती मनाउन होस्, चाहे तिनले डाकेको भोजमा बिन्ती चढाउन नै किन नहोस्, सँगै उभिएर भजन गाउँथे । पछिल्लोपटक उनीहरूले २०६१ माघ १९ मा दीपावली मनाएर बृहत् एकता कायम गरेका थिए । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष शम्भुजित बाँस् कोटाले तत्कालीन राजा ज्ञानेन्द्रको जन्मोत्सवको अवसर पारेर गरेको चलचित्र महोत्सवलाई दिलोज्यान दिएर सफल पार्ने अधिकांश अनुहार नै यतिबेला माओवादीमा प्रवेश गर्नेमा छन् ।०६२ माघ २० गतेको एउटा संवादले नेपाली कलाकारको परचिय छर्लंग पार्छ । त्यसदिन सिंहदरबारमा कलाकर्मीहरूसँग भेटिएका शम्भुजित बाँस् कोटा निकै चिन्तामा थिए । उनको चिन्ताको कारण थियो, तत्कालीन राजाले रचेको 'कू'को वर्षगाँठ कार्यक्रम । उनी निकै आक्रोशित भएर भन्दै थिए, "चार-पाँच जना कलाकारले हिजो दीपावली मनाएनछन् । दरबारबाट गुनासो आएको छ ।" उनको संवाद सुन्ने अरू पनि धेरै थिए । तर, उनले लिएका ती नाममध्ये अपवादबाहेक कोही पनि यसपटक माओवादी प्रवेश गर्नेमा चाहिँ परेनन् । त्यसो त माओवादीका अनुसार प्रवेशका लागि अरू धेरै कलाकर्मी लालायित थिए, जो छनोटमा परेनन् ।
    वैचारिक कारण"


    चलचित्र विकास बोर्डले यस क्षेत्रमा गरेको लोकपि्रय काम, पार्टीको राष्ट्रवादी छवि र जनमुखी कार्यक्रमहरू नै प्रवेशको राज हो ।" माओवादी चलचित्र विभाग प्रमुख तथा विकास बोर्डका निवर्तमान अध्यक्ष गणेश भण्डारीको यो विश्लेषण नै दोहोर्‍याउँछन्, आमप्रवेशी कलाकर्मी । प्रधानमन्त्रीको राजीनामामा आएको 'विदेशी प्रभु' भन्ने शब्दावलीका पनि उनीहरू 'फ्यान' भएका छन् । तर, चलिरहेको पोलिटब्युरो बैठक -असार २-१४ गतेसम्म) स् थगित गरेर भारतीय विदेश-सचिव शिवशंकर मेननलाई भेटेको यथार्थप्रति चाहिँ उनीहरू अनभिज्ञजस् तै छन् । कुनै बेला राजतन्त्रका कट्टर समर्थक यी कलाकारहरूमाथि शक्तिको पुजारी भएको आरोपसमेत लाग्दै आएको छ । उनीहरू एकाएक माओवादीमा ओत लाग्ने कारण पनि त्यस पार्टीको सुरक्षित भविष्य देखेर नै हो भन्ने बुझेका छन् आमकलाकारले । धेरैजसो चलचित्रकर्मीले भविष्यका लागि लेनदेन सुरक्षित गरेका छन् । जस् तो- नीर शाह । उनी पनि प्रवेश गर्नेको पंक्तिमा थिए । तर, अन्तिम समयसम्म पनि वार्ता सफल भएन । स्रोतका अनुसार, उनले सभासद् पदको दाबी गरेका थिए । बेला न कुबेला मागेको यो पद वार्ताकार टोलीलाई सुपाच्य भएन । विकास बोर्डका निवर्तमान सदस् य केपी पाठक भने यस आरोपको खण्डन गर्छन् । भन्छन्, "सर्त राखेर प्रवेश गरेको कुरा बजारयिा हल्ला मात्र हो ।" त्यसो त केपी पनि नवप्रवेशी नै भएर सोही दिन माओवादी छिरेका थिए । जबकि उनी केहीअघिदेखि नै माओवादीको भ्रातृसंगठन अखिल नेपाल जनसांस् कृतिक महासंघको केन्द्रीय सदस् यका रूपमा कार्यरत थिए । तर, माओवादी सरकारमा नभएका बेला प्रवेश भएकाले सत्ताको पछि लागेको भन्ने आरोप आफँैमा खण्डन भइसकेको उनको तर्क छ । प्रवेशीमध्येका एक सागर लामिछानेको जवाफचाहिँ मौलिक छ । भन्छन्, "माओवादी खराबमध्येको कम खराब पार्टी हो । " तर, आमप्रवेशीहरूको जवाफ सागर लामिछानेको जस् तो समीक्षात्मक छैन । उनीहरू अन्धसमर्थक भइसकेका छन् । माओवादी एक मात्र सही पार्टी, राष्ट्रवादी, आमूल परविर्तनकामी आदि आदि भन्न नहिच्किचाउने भइसकेका छन् उनीहरू ।
    अब उनीहरू"


    हामी कलाकार भएकाले पार्टीमा भन्दा आफ्नै क्षेत्रमा काम गर्छौं," निर्माता छवि ओझाको यो जवाफ र पार्टी प्रवेशको तरकिाले मेल खाँदैन । किनभने, उनी दुई-दुईवटा भ्रातृसंगठन हुँदाहँुदै सीधै पार्टीमै प्रवेश भएका छन् । आखिर किन ? प्रवेश गराउनेहरूका भनाइमा, पहिचानका लागि यसो गरएिको हो । "पार्टीमा प्रवेश गरे पनि भ्रातृसंगठनमा काम गर्न सकिन्छ," सुलेमान शंकर अर्थात् टेलिभिजनका चर्चित पात्र इकु जवाफ दिन्छन् ।केपी पाठकको भविष्यवाणी पत्याउने हो भने अबको डेढ महिनाभित्र अरू डेढ सय कलाकर्मी माओवादी प्रवेश गर्छन् । यतिका कलाकार लगेर के गर्ने ? केपी जवाफ दिन्छन्, "प्रशिक्षित गरेर सांस् कृतिक आन्दोलनमा लगाउन सकिन्छ ।"माओवादी प्रवेशीहरूलाई तपाईंले भेट्नुभयो भने अब पहिलाजस् तो हात जोडेर नमस् कार गर्दैनन्, मुट्ठी कसेर लालसलाम भन्छन् । सायद यो उनीहरूको बाक्लो खरानी धसाइ हो । उनीहरूले लालसलाम भन्न सिके पनि 'निश्चित रूपमा', 'तार्किक निष्कर्ष', 'छलाङ' आदि शब्दलाई थेगोजस् तै बनाउँदै कुम उचालेर बोल्नचाहिँ कहिलेसम्ममा सिकिसक्लान्, आउँदा दिनले बताउनेछ ।


    रहस्यः गणेश भण्डारी
    "चलचित्र विकास बोर्ड छोडेर अहिलेको टिम भाग्न पाउँदैन," चलचित्र प्राविधिक संघद्वारा आयोजित चलचित्र महोत्सव कार्यक्रममा संघका अध्यक्ष सन्तु तामाङले यस् तो धारणा राखिरहँदा हलमा उपस् िथत कलाकर्मीले गड्गडाएर ताली पिटे । प्रमुख अतिथिका रूपमा पुगेका विकास बोर्ड अध्यक्ष गणेश भण्डारीलाई व्यक्तिगत र संस् थागत रूपमा यसअघि नै यस् तो अनुरोध धेरैले गरसिकेका थिए । प्रत्युत्तरमा भण्डारी बोले, "अहिलेलाई यो सम्भव छैन ।" त्यस कार्यक्रममा बोर्ड पदाधिकारीलाई सम्मान पनि गरयिो, उच्च मूल्यांकनका साथ ।कलाकारहरू माओवादी प्रवेश गर्नुको मूल कारण के होला ? धेरैको जवाफ हो, उनै गणेश भण्डारी । तर, भण्डारी भने एक्लो जस लिने पक्षमा छैनन् । भन्छन्, "सदस् यद्वय युवराज लामा र केपी पाठकको सहयोगबिना सफलता सम्भव थिएन ।" आखिर के गर्‍यो विकास बोर्डले ? विदेशी चलचित्र व्यवस् थापनको नयाँ नीति, १ करोड १३ लाखको चलचित्र कल्याण कोषको प्रचार, अशक्त भत्ता आदि बोर्डका उल्लेख्य काम हुन् । गत कात्तिक २९ गते अध्यक्ष भएर उनी पस् दा विगतमा झैँ बोर्डले चलचित्रघाती काम गर्ला भन्ने डर धेरैलाई थियो । जस् तो कि माओवादी नेता ईश्वरचन्द्र ज्ञवालीको नेतृत्वको अघिल्लोे बोर्डकोे कार्यकाल, जसले विदेशी चलचित्रको विकास शुल्क घटाउनेजस् ता निकै विवादास् पद काम गरेको थियो । भण्डारी माओवादीका युवानेता हुन् । उनी भूमिगतकालमा सुर्खेत जेल ब्रेकको नेतृत्व गरेर चर्चामा आएका थिए । विकास बोर्डको सफलता चलचित्रकर्मीमाझ पुग्दै गर्दा उनले प्रवेशको माहोल बनाउने विचार गरेका थिए, जो स् वतन्त्र चलचित्रकर्मीका रूपमा बोर्ड छिरेका युवराज लामा र केपी पाठकको अगुवाइमा सफल भएको देखियो । तर, यो सफलताले आउँदा दिनमा कति स् वादिलो खिचडी पकाउने हो ? नेतृत्वले पक्कै चाख्दै जानेछ ।
    सन्दर्भ
    फेरि पनि भजन


    रमण घिमिरे
    भर्खर माओवादी सरकारमा आएको थियो । शम्भुजित बाँस् कोटा ज्ञानेन्द्रको शासनकालमा चलचित्र विकास बोर्ड र नेपाल टेलिभिजनको फन्को मार्दै प्रज्ञा-प्रतिष्ठानमै 'पुनःमुसिको भवः' हुन पुगेका थिए । एक अपराह्न प्रज्ञा-भवनको भर्‍याङ उक्लिँदै बाँस् कोटाले बडो गर्वका साथ भने, "हिसिला यमीले मलाई फोन गरेकी थिइन् ।" उनले आफ्ना कुरा सुन्दै दायाँबायाँ भर्‍याङ उक्लिरहेका अनुहारतिर हेरे र उनीहरूको भाव पढ्दै थपे, "कहिलेकाहीँ उहाँसँग मेरो फोनवार्ता पनि हुन्छ ।" कहिल्यै गीत नलेखेका एमाले नेता वामदेव गौतमलाई शम्भुजितले गणतन्त्र आएपछि गीतकार बनाए । गौतमको एउटा गीतमा उनले बडो सुमधुर संगीत भरेर श्रोतालाई चकित पारे । यस कथाले हाम्रा आमकलाकारको प्रवृत्तिको संकेत गर्छ ।तर, यसपालि नेपाली चलचित्र क्षेत्रका नामीबेनामी कलाकारहरूले एकीकृत माओवादीमा प्रवेश गरेको समाचारमा शम्भुजितको नाम कतै छापिएन, उनको तस् िबर कुनै टेलिभिजनमा देखिएन । उनको त्यस दिनको कुराले त पहिला जानुपर्ने मान्छे त उनी नै थिए । तर, यस पंक्तिकारलाई लाग्यो, उनी साँच्चिकै सिद्धान्तनिष्ठ कलाकार भएछन् । आममान्छेको भावनामा 'सेलिबि्रटी' मेरो हो भन्ने हुन्छ । ऊ हरेक कलाकारलाई आफ्नो मात्र बनाउन चाहन्छ । कतैतिर बाँडिएको मन पराउँदैन । जब यिनीहरू अरू कसैको भएको घोषणा गर्छन् अनि दर्शक-श्रोताको मन कुँडिन्छ । यतिखेर चलचित्रका धेरै दर्शकको मन दुखेको हुनसक्छ । नेपाली चलचित्रको बागडोर सम्हाल्छु भन्दै आएका केही चलचित्रकर्मीहरू अचानक राजनीतिको धङ्धङीमा हामफालेका छन् । उनीहरूले घोषणा गरे, अब उप्रान्त हामी माओवादी भयौँ । प्रश्न उठ्छ, अब उनीहरूले बनाएका चलचित्रहरू कसले हेर्ने ? असार १२ गतेसम्म उनीहरू सबैका थिए ।


    कुनै राजनीतिक दलको टोपी लगाएका थिएनन् । त्यसैले आमचलचित्र अनुरागीदेखि कांग्रेस, कम्युनिस् ट, राप्रपा, मण्डले सबैका लागि उनीहरू विशुद्ध सर्जक थिए, कलाकार थिए । तर, त्यस साँझ र भोलिपल्टका दिन जब आमसञ्चार माध्यममा उनीहरूका तस् िबरसँगै माओवादीमा गएको समाचार प्रकाशित भए अनि उनीहरू माओवादीका मात्र हुन पुगे । कांग्रेस, आमकम्युनिस् ट, राप्रपाका विचारमा यिनीहरू अब आफ्ना भएनन् । र, आमदर्शकका आँखामा यिनीहरू कलाकार नै रहेनन् । राजनीतिक कार्यकर्ता हुन पुगे ।कलाकार भनेको जहिले पनि राजनीतिक शक्तिको विपक्षमा हुन्छ । विश्वभर व्यवहारमा आएको मान्यता के हो भने कलाकार-सर्जकहरू सधैँ शक्ति र सत्ताविरोधी हुन्छन् । तर, हाम्रो देशको इतिहास त्यो मान्यताभन्दा फरक धारबाट विकसित हुँदै आएको छ । राजा महेन्द्रले ०१७ पुस १ गते प्रजातन्त्रको अन्त्य गरी पञ्चायती निरंकुश शासन व्यवस् थाको थालनी गरेपश्चात् कला फाँट, त्यसमा पनि चलचित्र फाँटमा नयाँ प्रवृत्तिको मलजल गरयिो । र, झन्डै पूरै चलचित्रकर्मी र अधिकांश संगीतकर्मीहरू पञ्चायतको भजन गाउन थाले, 'चौतारीमा राजा भेटिए...' या 'पञ्चै हो यो देश बनाइदेऊ...' ती कलाकर्मीहरू सिर्जनाको हिसाबले विलक्षण थिए तर राजाको गोदबा चौथो -तल्लो तहको) छातीमा नटाँसेसम्म आफ्नो योगदानको उचित मूल्यांकन नभएको अनुभव गर्थे । यो 'चौथो गोदबा' सबैभन्दा तल्लो तहको मानिन्थ्यो तर यसका लागि पनि म्याराथनमा भुरेटाकुरेदेखि प्रतिष्ठितसम्म सहभागी हुन्थे ।


    कुनै समय यही मेसोमा बहालवाला जर्नेललाई महान् गीतकार बनाउन यहाँका संगीतकार, गायकगायिका र केही एफएमहरू नै मन, वचन र कर्मले लागेका थिए । तर, सत्ता र शक्तिबाट विमुख भएपछि ती कलाकारहरूले यिनलाई लासलाई जुम्राले छोडेजस् तो गरे । अहिले माओेवादीमा गएका कलाकारहरूको मानसिकता पनि त्यही हो । उनीहरू कलाका लागि भन्दा पनि सुधारएिको कुनै 'गोदबा'का लागि लालायित भएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । उनीहरूले आजसम्म कुनै क्रान्तिकारी चलचित्र बनाएनन् । अहिले माओवादीका कलाकार हुन पुगे, ल ठीकै छ । तर, यिनले एक दशक लामो 'जनयुद्ध'लाई विषय बनाएर यसअघि कुनै चलचित्र बनाए ? चलचित्र बनाउने कुरा त परै जाओस्, आजसम्मका जनआन्दोलनको कुनै पनि जुलुस र भीडमा यिनीहरू देखिएनन् । बरु कति त प्रतिकार समितिमा थिए होलान्, नत्र रमिते मात्र भए, केपी पाठकलाई छाडेर । कुनै समय राजनीतिक रूपले अभिपे्ररति भएरै सांस् कृतिक मञ्चहरू खोलिएका थिए । खुलमखुला राजनीतिक प्रचार गर्न सक्ने अवस् था थिएन । त्यसैले, यस् ता सांस् कृतिक मञ्चहरूलाई जनतासम्म पुग्ने माध्यमका रूपमा प्रयोग गरन्िथ्यो । तर, आज जबकि सारा कुरा सतहमाथि आइसकेको छ । यस अवस् थामा कलाकर्मीहरू कुनै दलको छातामुनि उभिन पुग्नुको औचित्य के ? कुनैबेलाका राजा र पञ्चायतका भजनमण्डली र आजका यिनीहरूबीच तात्त्विक अन्तरचाहिँ के छ त ? के यिनीहरू नयाँ नेपालका नयाँ भजनमण्डली होइनन् त ? Nepal National Weekly

    No comments:

    Post a Comment