• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 12, 2009

    जापानको अपराध रोक्ने नयाँ उपाय

    चोरको बिगबिगीबाट बच्न जापानको एउटा जिल्लामा फूल रोपिने भएको छ । जिल्लाका सडकलाई सुन्दर बनाउन फूल रोपेर अपराध न्यूनीकरण गर्ने योजना छ ।
    फूल रोप्ने अभियान 'अप्रेसन फ्लावर' तीन वर्षअगाडि सुरु भएको हो । 'सडकतिर र्फकेर फूल रोप्दा, फूलमा पानी हाल्दा मानिसको ध्यान सडकमै हुन्छ,' सुगिनामी सहरका अधिकारी कियोताका ओयाज्ञी भन्छन्, 'चोरी-नियन्त्रण गर्न मानिसलाई चियो गर्न लाउनु नै सबैभन्दा सर्वात्तम उपाय हो ।' पाँच लाख २८ हजार आठ सय जनसंख्या भएको सुगिनामीमा २००२ मा एक हजार सात सय दस चोरीका घटना भएका थिए ।
    फूल भएका सडक छेउछाउका घरमा चोरीका घटना कम भएको छिमेकीले बताएपछि फूल रोप्ने योजना सुरु गरिएको हो । फूल रोप्न, पानी हाल्न र गोडमेल गर्न स्थानीय जनतासँगै स्वयंसेवकसमेत छन् ।
    सुगिनामीमा करिब नौ हजार ६ सय स्वयंसेवक छन् । धेरै चोरी हुने स्थानमा दुई सय सुरक्षा क्यामेरा जडान गरिएका छन् । सडकमा फूल रोपेपछि चोरीका घटनामा कमी आएको छ । २००९ मा केवल तीन सय ९० चोरीका घटना भएका थिए ।
    एजेन्सीको सहयोगमा

    No comments:

    Post a Comment