• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, July 23, 2009

    मिडिया उपेक्षाको शिकार जाजरकोट


    कलेन्द्र सेजुवाल, जाजरकोट, साउन ८- राजधानीबाट प्रकाशित हुने एक दैनिक पत्रिकाले त 'झाडापखालाबाट मरेको समाचारलाई पनि के समाचार बनाउने' भनेर समाचार नै प्रयोग गरेन। सो पत्रिकाका संवाददाताले तितो अनुभव सुनाए, 'मैले सुरुदेखि नै बारम्बार समाचार पठाएँ, तर पत्रिकाले पत्याएन, एक दर्जनको मृत्यु हुँदासम्म पनि पत्रिकामा समाचार नै छापिएन।'

    बैशाख अन्तिम साता झाडापखालाबाट नायकबाडा गाविसमा एक व्यक्तिको मृत्यु भयो। लगत्तै नायकबाडा र आसपासका गाविसमा पनि झाडापखालाबाट थप केही मान्छेहरु मरे। झाडापखालाबाट भएको मृत्युलाई राष्ट्रिय तथा क्षेत्रीय मिडियाका स्थानीय संवाददाताहरुले समाचार बनाएर आफू काम गर्ने मिडियामा पठाए। तर, सबै मिडियाहरुले त्यसलाई समाचारको रुपमा स्थान दिएनन्।


    जब तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल हेलिकोप्टर चढेर जाजरकोट पुगे, त्यसपछि मात्र जाजरकोटको झाडापखालाले मिडिया 'कभरेज' पायो।

    झाडापखालाबाट बच्न जनतालाई सन्देश प्रवाह गर्ने होस् या सरकार र सरोकारवालाहरुको ध्यान महामारीतिर केन्द्रित गरी नियन्त्रणमा लाग्न घच्घच्याउने होस्। संचारक्षेत्रको भूमिका महत्वपूर्ण रहने गरेको छ। तर, जाजरकोटमा कार्यरत पत्रकारहरु 'सहर केन्दि्रत' पत्रकारिताले जाजरकोटको समस्यालाई उपेक्षा गरेको बताउँछन्। नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भिमबहादुर सिंहले भने 'अन्यत्र सानो घटनामा एकजना मान्छे मर्दा ठूलो 'इस्यू' बन्ने गर्छ, तर झाडापखालाजस्तो रोगको उपचार नपाएर दिनप्रतिदिन मान्छे मर्दासमेत मिडियाहरुले राम्रो स्थान दिन कञ्जुस्याई गरे।'

    त्यसो त उनीहरु आफैले पनि समस्याको गहिराईमा पुग्न नसकेको स्वीकार गरेका छन्। 'हामीले सदरमुकाममै बसेर झाडापखालाबाट मर्नेको संख्या 'अपडेट' गर्ने काम गर्‍यौँ, फिल्डमा गएर गहिरो अध्ययन गर्न सकनौँ,' नयाँ पत्रिकामा कार्यरत पत्रकार बीरबहादुर गिरीले भने, 'यसले गर्दा हामीले समस्याको जडलाई समयमै उखेल्न सकेनौँ, आखिर समस्या भयानक भएर निस्कियो।'

    जाजरकोटमा अहिले बिभिन्न संचारमाध्यममा कार्यरत ६ जना पत्रकार क्रियाशील छन्। तर, उनीहरु अहिलेसम्म गाउँमा गएर समाचार नलेखेको स्वीकार्छन्। 'केही साथीहरुले त सुर्खेत र नेपालगंजमै बसेर पनि समाचार पठाइरहेका छन्,' महासंघका अध्यक्ष सिंहले भने, 'तर यो हाम्रो बाध्यता हो, इमेल, इन्टरनेटका कारण खलंगाभन्दा सुर्खेतमै बसेर समाचार लेख्न सजिलो पनि छ।' कान्तिपुर दैनिकमा कार्यरत सिंहले बुधबार झाडापखाला प्रभावित क्षेत्रमा गएर रिपोर्टिङ गर्ने जानकारी दिए।

    सूचना र प्रविधिको बर्तमान युगमा जाजरकोटबासीको आप\mनै संचारमाध्यम छैनन्। दुई बर्षअघि दर्ता भएका पाइला र जाजरकोट एफएम अहिलेसम्म पनि प्रशारण हुन सकेका छैनन्। बाँकेमा दर्ता भएको जाजरकोट सन्देश पनि जिल्लामा बिरलै पुग्ने गर्छ। यस्तो अवस्थामा जाजरकोटबासीको सूचनाको श्रोत रेडियो नेपालको सुर्खेतस्थित क्षेत्रीय प्रशारण केन्द्र र सुर्खेत, बाँके, दैलेख र सल्यानबाट प्रशारण हुने एफएम रेडियोहरु हुन्। रेडियो नेपालबाहेक सबै एफएमहरु सबै ठाउँमा सुनिदैनन्। राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाहरु मुश्किलले चार दिनपछि सदरमुकाम खलंगा पुग्छन्। गाउँमा बस्ने मान्छेलाई त पत्रिका कुन चरीको नाम हो भन्नेसम्म थाहा हुँदैन।

    संचारको यसखाले अभाव रहेको जाजरकोटमा जनतामाझ झाडापखालाबाट बच्न सन्देश प्रवाह गर्ने सशक्त माध्यम रेडियो नेपाल र एफएम रेडियोहरु नै हुन्। तर, ती संचारमाध्यमहरुले झाडापखालको प्रारम्भिक चरणमा बच्ने उपायभन्दा पनि त्रास थप्ने काम गरेको स्थानीयवासीको अनुभव छ। पजारु गाविस- ८ घोगीका सर्जन बुढाले भने, 'रेेडियोमा दिनदिनै मान्छे मरेका समाचार आउन थालेपछि हामीलाई त अलिकति पेट दुख्ने बित्तिकै चिन्ताले माथ्र्यो, बरु यसबाट बच्न के गर्ने भनेर भनेको भए हामी त्यही गथ्यौँ।' साउनदेखि भने रेडियो नेपाल र एफएमहरुबाट झाडापखालाबाट बच्ने सन्देशमूलक सूचना, जानकारी प्रशारण हुन थालेको उनले बताए।

    यद्यपि, सन्देशमूलक सूचना प्रवाहमा सरकारी सहयोग भने पर्याप्त छैन। जाजरकोटका अधिकांश भागमा सुनिने रेडियो भेरी एफएमका स्टेसन मेनेजर नारायण कोइराला सरकारले एक हप्तालाईमात्र विज्ञापनका रुपमा सूचना दिएको बताउँछन्। एफएम आफैले पनि सचेतनाका थुप्रै प्रयास गरिएको उनको भनाई छ। 'हामीले फोन-इन् लगायतका सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रममा झाडापखालाबाट बच्ने उपायबारे जानकारी गराउनुका साथै बेलाबखत स्वास्थ्यसाग सम्बन्धित अधिकारीसाग प्रत्यक्ष अन्तरसंवाद गरी झाडापखालाबारे जनचेतना फैलाउने गरेका छौँ,' कोइरालाले भने, 'सरकारी प्रयासभन्दा हामी आफैले गरेको प्रयास धेरै छ जस्तो लागेको छ।'

    नेपालगंजको कृष्णसार एफएमका स्टेसन मेनेजर तुला अधिकारी आफूले झाडापखालासम्वन्धी समाचारलाई प्राथमिकता दिएको बताउँछन्। सरकारले सहयोग नगरे पनि गैरसरकारी संस्था नेपाल स्वास्थ्यको लागि पानी (नेवा)को सहयोगमा झाडापखालासम्वन्धी सन्देश प्रवाह गरिरहेको उनले बताए।
    स्वास्थ्य सन्देश प्रवाहमा सरकारबाट सहयोग नपाउने एफएम रेडियोमात्र छैनन्। सरकारी स्वामित्वमा रहेको रेडियो नेपालले समेत सरकारी निकायबाट सूचना-सन्देश नपाएको बताएको छ। 'हामीलाई जिल्ला स्वास्थ्य कार्यालयले असार ३० गतेदेखि १० दिनको लागि झाडापखालाबारे सन्देश दिएको थियो, त्यतिले अपुग भएपछि अन्य कार्यक्रमबाट सन्देश दिने काम गरिरहेका छौँ,' रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्रका प्रमुख पुष्करराज गौतमले भने, 'सरकारले अहिलेसम्म पनि झाडापखाला नियन्त्रणमा संचारमाध्यम सहयोगी हुन्छन् भन्ने महशुस गरेको छैन।'

    सरकारले सहयोग नगरे पनि संचारमाध्यमहरुले जनहितका लागि आफ्नै तवरले सन्देश प्रबाह गर्नुपर्नेमा नेपाल पत्रकार महासंघका मध्यपश्चिम सहसंयोजक जनक नेपाल बताउँछन्। 'जाजरकोटमा झाडापखालाले चरम रुप लिनुमा सरकारमात्र हैन, हामी आफै पनि दोषि छौँ, किनभने हामीले समस्याको बास्तविकता बुझ्ने प्रयास कहिल्यै गरेनौँ, ' नेपालले भने, 'सरकारले पनि उपचार नै सबै थोक सम्झ्यो, सूचनालाई महत्व दिएन।' अब महमारी प्रभावित क्षेत्रमा औषधि उपचारका साथै चेताको प्याकेजलाई पनि सँगै लैजानु पर्ने उनले बताए।

    टेलिफोनबाटै रिपोर्टिङ
    दुई महिनादेखि जाजरकोट र रुकुममा झाडापखालाका कारण सर्वसाधारणहरूले ज्यान गुमाइ रहादा एक दिनमै पुग्न सकिने नेपालगन्ज, सुर्खेत र आसपास जिल्लाका धेरै सन्चारकर्मीहरू स्थलगत रिर्पोटिङ्ग गर्न गएनन्।

    सशस्त्र द्वन्द्वको बेला बम विस्फोट हुँदासमेत स्थलगगत स्र्पोटिङ्गमा गइहाल्ने पत्रकारहरू झाडापखालाले सर्वसाधारणहरूले ज्यान गुमाउँदा पनि टेलिफेँनमै रिर्पोटिङ्गबाट काम चलाए। राजधानीबाट प्रकाशित हुने अखवारका संवाददाताहरू मात्र झाडापखाला प्रभ्ँवित क्षेत्रमा नपुगेका हैनन्। क्षेत्रीय र जिल्ला सदरमुकामबाट प्रकाशित हुने अखवार तथा एफ एमका रेडियोकर्मीहरू पनि घटनास्थल नपुग्दा रोग पीडितहरूले सन्चारमाध्यमबाट सहयोग नपाएको महशुस गरे।

    नेपालगन्जबाट प्रकाशित हुने आधा दर्जन दैनिक पत्रिकाका सन्चारकर्मी तथा राजधानीबाट प्रकाशित हुने अखवारका संवाददाता रोग प्रभावित क्षेत्रमा पुगेनन्। झाडापखालाबाट दुई जनाको मृत्यु भएदेखि नै समाचार प्रकाशित गर्न थालेको बताउने स्थानीय कालपृष्ठ दैनिकका कार्यकारी सम्पादक तथा पत्रकार महासंघ बाँकेका सभापति झलक गैरेको अनुभवमा झाडापखाला प्रभावित क्षेत्रमा पुग्न नसक्नुको कारण राजधानीका धेरै मिडिया हाउसले दूर्गमका समाचारलाई प्राथमिकता नदिनु हो। स्थानीय सन्चार माध्यमहरूले नियमित समाचार दिए पनि घटनास्थलमा पुग्न साधन स्रोतको अभाव रहेकेँ गैरेले बाध्यता सुनाए।

    नेपालगन्जका धेरैजसो पत्रिका र एफ एमहरूले रोग प्रभावित क्षेत्रबाट टेलिफोनमा दिइने जानकारीको आधारमा समाचार सम्प्रेषण गरेका थिए। यहाँको भेरी आवाज एफ एममा काम गर्ने रुपा गहतराज भन्छिन्, 'फोनमा जे खवर पाइन्थ्यो। त्यही समाचार बजाइन्थ्यो।' झाडा पखाला फैलिएदेखि नै यहाँका अधिकांश अखवार र एफ एमहरूले समाचार दिन थालेका थिए। तर स्थानीय अखवार र एफ एमहरूको प्रभाव क्षेत्र कम भएक्क कारणले पनि सरकारी निकायले गम्भीरता पुर्वका नलिदाँ झाडापखालाले महामारीको रुप लिएको थियो। धेरै मिडियाहरू तथ्याङ्गसाग मात्र सीमित भएका कारण पनि समाचार सतही भएको स्वयम सन्चारकर्मीले महशुस गरेका छन्।

    कान्तिपुर टेलिभिजनका सन्चारकर्मी सृजना आचार्य भन्छिन्, 'सन्चार माध्यमले घटनाको विवरण दिने गरेपनि सरकारी निकायलाई प्रेसर पर्ने समाचार सामुहिक रुपमा दिन सन्चार माध्यम असफल भएका हुन् ।' धेरै जसो अखवार र एफ एमका समाचार झाडापखाला किन र कसरी फैलियो ? तथा घटनास्थलमा के भइरहेको छ भन्नेतिर नभई मान्छेको मृत्युको संख्यासाग सम्बन्धित थिए।

    नेपालगन्जबाट प्रकाशित हुने मध्यपश्चिम दैनिकका कार्यकारी सम्पादक रुद्र सुबेदी स्थानीय सन्चार माध्यमले सक्दो काम गरेपनि स्थानीय सन्चारमाध्यमलाई अटेर गर्ने परम्पराले झाडापखालाका कारण धेरैको ज्यान गएको बताउँछन्। 'झाडापखाला फैलिए देखि नै समाचार दिन थालियो। दुई दुई पटक सम्पादकिय पनि लेखियो। तैपनि सरकारी निकायले सुनेन , सुवेदीले गुनासो गरे।

    स्थानीय सन्चार माध्यमले सूचनामुलक भएपनि दैनिक जसो झाडापखालाले सर्वसाधारणमा पारी रहेकेँ प्रभावको समाचर प्रकाशित/प्रसारित गरेका थिए। तर विगतमा साना साना घटना हुँदा पनि आवाज उठाउने मानवअधिकारवादीहरू भने यसपटक चुप रहे। सृजना भन्छिन्, 'पटका पटकाउँदा बोल्ने मानवअधिकारवादीले सर्वसाधारण मर्दा राज्यलाई दवाव दिने आवाज निकालेनन्।'

    No comments:

    Post a Comment