• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, July 16, 2009

    'दाइजो पाए श्रीमती फिर्ता’

    घरबाट निकालेको एक वर्षपछि १५ साउनसम्ममा दाइजो पाएमा श्रीमतीलाई घर लैजाने सञ्जयले बताएका छन् । पीडित पक्षले पनि छोरीलाई पुनः घर पठाउन दाइजो दिन मञ्जुरी गरेको छ । छोरीको स्याहार हुन्छ र घरजम हुन्छ भनेर दाइजोबापत केटा पक्षले माग गरेको रकम दिन तयार भएको टिनाकी आमा ईश्वरावतीले बताइन् ।

    सञ्जयले पाँच वर्षअघि परम्पराअनुसार टिनालाई बिहे गर्न 'गौना' गरेका थिए । दुई वर्षअघि बिहे गरेका उनले केही महिनापछि दाइजो नल्याएको भन्दै श्रीमतीलाई मानसिक यातना दिन थालेका थिए । इलाका प्रहरी कार्यालय धकधईका प्रहरी निरीक्षक दिलबहादुर थापाका अनुसार सञ्जयले दाइजो नपाएको भन्दै श्रीमतीलाई यातना दिएको उजुरी

    परेको बताए । प्रहरीमा उजुरी परेपछि विवादबारे जाँचबुझ गरेको बताउने थापाले मिलापत्र गर्न सुझाव दिएको पनि बताए । तर, प्रहरीले दाइजो माग्दै यातना दिनेलाई कारबाही गर्न नखोजेपछि केही दिनअघि दाइजो दिन सहमत भएको टिनाका माइती पक्षले बताएका छन् ।

    रोजगारीका लागि विदेश जान चाहेका सञ्जयले माइतीबाट रकम ल्याउन दबाब दिए पनि टिनाले नल्याएको भन्दै एक वर्षअघि उनलाई घरबाट निकालेका थिए । त्यसलगत्तै पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । स्थानीय लक्ष्मण हरिजनका अनुसार सञ्जयले बेवास्ता गरेपछि र एकोहोरो रूपमा दाइजो मागेपछि पीडितले दलित गैरसरकारी संस्थामा पनि निवेदन दिएका थिए ।

    इलाका प्रहरी कार्यालय धकधईमा उजुरी दिएका पीडित पक्षले प्रहरीबाट खासै सहयोग नपाएको गुनासो गरेका छन् । तर, इप्रकाका प्रहरी निरीक्षक थापाले दाइजोको विषय भएकाले समाज बसेर मिलापत्र गर्न सुझाव दिएको र समाजले नै सो विवाद मिलाएको उनको दाबी छ ।naya patrika

    No comments:

    Post a Comment