• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, July 30, 2009

    मोमोले चिनाउँदैछ, नेपाल

    image


    'दि इज अ नेपाली मो मो' अचम्म, यसरी नै नेपालको बारेमा समान्यभन्दा कम ज्ञान राख्ने कलिला सिंगापुरेहरु यहां चिनाउंदैछन्, नेपाललाई । युथ एसियाली खेलकुदमा सहभागिता जनाउने हरेक मुलुकको चिनारीका लागि यहांको खेल भिलेजमा एउटा स्टल उपलब्ध गराइएको छ । एक साता जति सम्बन्धित मुलुक घुमेर आएका विद्यार्थीले नै एसियाभरी चिनाउंदै छन् त्यो मुलुकलाई, नौलो रुपमा ।

    नेपाललाई चिनाउंने जिम्मा भने त्यो स्टल ढुकेर बसेका सिंगापुरे १४ स्कूले विद्यार्थीले लिएका छन् । ति कलिला विद्यार्थीको हातमा छ, नेपाल लगायत सहभागि अन्य मुलुकलाई एसियाका युवा माझ कसरी परिचित गराउने भन्ने जिम्मेवारी ।

    तिमीलाई नेपालको बारेमा के थाहा छ । स्टल ढुकेर बसेकी जियामिन सानिकलाई सोद्धा उनले गत वर्ष ६ दिन नेपाल बसेका बांग क्वीन गोंगतिर इशारा गरिन् । त्यसपछि गोंगले झट्टै भनिहाले, काठमाडौं र पोखरा ।

    नेपालको विशेषताका बारेमा पनि अनभिज्ञ रहेछन्, तिनीहरु । १४ जनामा बल्ल एकजनालाई थाहा रहेछ, नेपालमा माउन्ट एभरेस्ट पनि छ भन्ने । उनीहरुले नेपालको बारेमा जानेको भनेको त्यही नपाकेको मोमो नै रहेछ, जसलाई उनीहरु आप

    नै शब्दमा अनहाइजेनिक खाना पनि भन्छन् ।

    No comments:

    Post a Comment