• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, July 30, 2009

    माइक्रोसफ्ट-याहु सम्झौता

    सियटल, साउन १४ -एजेन्सी) - प्रविधि जगतका दुई हस्ति माइक्रोसफ्ट र याहुबीच पटक पटकको असफल प्रयासपछि एक महत्वपूर्ण सम्झौता भएको छ । सम्झौता अनुसार यी दुई एक अर्काको सर्च इन्जिन र अनलाई विज्ञापनमा साझेदारी गर्नेछन् ।

    दुई कम्पनीबीच सम्झौताका तयारी भइरहेको समाचार आइरहादा, बुधबार त्यस्तो घोषणा भएको हो । सम्झौता अनुसार माइक्रोसफ्टले याहुलाई सुरुमै कुनै रक भने तिर्ने छैन, जसले याहुका लगानीकर्ताहरुलाई निरास बनाएको छ । यद्यपी साझा सर्च इन्जिन र अनलाइन विज्ञापनबाट भएको आम्दानीमा यी दुई कम्पनीको साझेदारी हुनेछ । अनलाईन विज्ञापनमा लामो समयदेखि कायम रहेको गुगलको आधिपत्य तोड्नको लागि दुई बलिया कम्पनीले उक्त सम्झौता गरेका हुन् । महिनौं सम्मको छलफलपछि उक्त सम्झौता भएको हो ।

    No comments:

    Post a Comment