• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, July 29, 2009

    अब कम्प्युटरले खेत सम्याउने

    श्ांकर आचार्य
    पर्सा, कृषि औजार अनुसन्धान केन्द्रले मुलुकमै पहिलोपटक कम्प्युटर प्रविधि -लेजर ल्यान्ड लेवलर) को प्रयोगले खेत सम्याउन सुरु गरेको छ ।
    पर्साका दुई र बाराका तीन अगुवा किसानले पछिल्लो महिना यसै प्रविधिबाट खेत सम्याए । अन्य थुप्रै किसानले यसको अगि्रम 'बुकिङ' गरेका छन् ।
    केन्द्रले एक घन्टा खेत सम्याएको ७ सय रुपैयाँ लिने गरेको छ । कार्यालयका वैज्ञानिक गणेश साहका अनुसार ट्याक्टरको सहयोगबाट प्रयोग हुने उपकरणले कम्प्युटरको आदेशमा खेतलाई अत्यन्त सूक्ष्म तरिकाबाट सम्याउँछ ।
    यसको प्रयोगले ३० देखि ५० प्रतिशतसम्म पानीको बचत हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसरी सम्याउँदा आली घट्ने भएकाले खेतको क्षेत्रफल दुई प्रतिशतसम्म बढ्छ । उपकरणले एक हेक्टर खेत सम्याउन सात घन्टा लाग्छ ।
    मुलुकमै पहिलो पटक उपकरण प्रयोग गरेका बारा फत्तेपुरका रमेश साहले यसको प्रयोगबाट आफू अत्यन्त लाभान्वित भएको बताए । उनले झन्डै ४० प्रतिशत पानी कम लागेको र उत्पादन लागत पनि घटेको जनाए । सामान्य किसानले पनि उपकरण आफैं प्रयोग गर्न सक्ने साहको भनाइ छ । बारा इनर्वासिराका रसुल अन्सारीले उपकरणले गर्दा ५० प्रतिशत कम पानीमै आफूले खेत रोपेको सुनाए ।
    केन्द्रका अनुसार उपकरणको मूल्य साढे ५ लाख रुपैयाँ पर्छ । यसको ट्रान्समिटरमार्फत आठ सय मिटर टाढाबाटसम्म आदेश दिन मिल्ने र रिसिभरले त्यसको पालन गरी खेत सम्याउने केन्द्रका अधिकारीले जनाए ।
    माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सको सामाजिक संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन तथा यूएसएआईडीको संयुक्त सहयोगमा सिरियल सिस्टम इनिसिएटिभ फर साउथ एसियाले यसको सञ्चालन गरेको हो । संस्थाले नेपाललगायत भारत, पाकिस्तान र बंगलादेशमा किसानको आर्थिक अवस्था उकास्न यो परियोजना सञ्चालन गर्दै आएको छ । kantipur

    No comments:

    Post a Comment