• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 26, 2009

    अहिलेका सबभन्दा धनी मन्त्री को ?

    हरिबहादुर थापा/दुर्गा खनाल

    काठमाडौं, अहिलेका सबभन्दा धनी मन्त्री को ? जवाफमा वनमन्त्री दीपक बोहराको नाम आउँछ । ३२ सदस्यीय मन्त्रिपरिषदमा सर्वाधिक बैंक ब्यालेन्स, घर, जग्गा, सेयर र सुन हुनेमा पर्छन् उनी ।

    मन्त्रिपरिषद सचिवालयमा दर्ता सम्पत्ति विवरणअनुसार बैंकमा उनको नगद बचतमात्र झन्डै एक करोड २० लाख रुपैयाँ छ । सुनचाहिँ एक सय २० तोला रहेछ, जुन चल्तीको भाउअनुसार ३३ लाखभन्दा बढीको हुन्छ । पञ्चायतको उत्तरार्द्धमा पर्यटन राज्यमन्त्री रहेका बोहरा त्यसयता एकैचोटि यसपटक वनमन्त्री बनेका हुन् ।

    उनको बैंक अफ काठमान्डूमा साढे ६ करोडभन्दा बढीको सेयर छ । अनि बालुवाटारमा २ रोपनी १५ आना, बसुन्धरामा झन्डै तीन रोपनी, ललितपुरमा ११ रोपनी र रूपन्देहीमा ९ बिघा जग्ग्ाा छ भने राजधानीमा दुइटा घर र दुइटा मोटर पनि ।

    बोहराजस्तै धेरै सुन जम्मा गर्नेमा पर्छन्, आपूर्तिमन्त्री राजेन्द्र महतो । उनीसँग ९५ तोला सुन छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारको चाहिँ ८५ तोला छ भने पर्यटनमन्त्री शरदसिंह भण्डारीको ७० तोला, सिँचाइमन्त्री बालकृष्ण खाँण र संघीय मामिलामन्त्री मिनेन्द्र रिजालको ४०/४० तोला छ । अधिकांश मन्त्रीका राजधानीमा घर/जग्गा छ ।

    दीपक बोहरा १२० तोला सुन, १ करोड २० लाख बैंक ब्यालेन्स,

    बैंक अफ काठमान्डूमा मात्र साढे ६ करोडको सेयर

    विजय गच्छदार ८५ तोला सुन, चारवटा घर, १५ लाख ब्यालेन्स, तीनवटा गाडी ।

    शरदसिंह भण्डारी ७० तोला सुन, ५ लाख ब्यालेन्स, ८ लाखको सेयर, महोत्तरीमा १६ बिघा र ललितपुरमा ३ रोपनी जग्गा/घर ।

    बालकृष्ण खाँण रूपन्देहीमा तीनवटा घर, ४० तोला सुन, नेपालगन्ज, रूपन्देही, काठमाडौं, ललितपुरमा घडेरी र जग्ग्ााहरू, झन्डै १३ लाखको सेयर आफ्नै नाममा, श्रीमतीको नाममा १६ लाखको सेयर, सात लाख रुपैयाँ ब्यालेन्स ।

    प्रकाशशरण महत बाँसबारीमा सात आनामा अढाईतले घर, चपली गाविसमा २० आना र नुवाकोटमा ५० रोपनी जग्ग्ाा, नगद ६ लाख, चाँदी १२ तोला, श्रीमतीको नाममा ४७ लाखको सेयर, ऋण ४५ लाख ।

    मिनेन्द्र रिजाल मोरङ र सुनसरीमा झन्डै ११ बिघा जग्ग्ाा, काठमाडौंमा साढे १० आना र मध्यपुर ठिमीमा एक रोपनी साढे ८ आना घडेरी, सुन ४० तोला, १५ लाख बैंक ब्यालेन्स, झन्डै २१ ल्ााखको सेयर ।

    उमाकान्त चौधरी बारामा झन्डै २६ बिघा जमिन, दुइटा पक्की घर,

    ललितपुरमा ४ आना जग्गा, सुन ६० तोला, झन्डै साढे २० लाख बंैक ब्यालेन्स ।

    -प्रथम पृष्ठबाट क्रमशः)

    राजेन्द्र महतो झन्डै ६ बिघा तराईमा जग्ग्ाा, काठमाडौंमा ५ आनामा दुईतले घर, सर्लाहीमा पनि घर, सुन ९५ तोला, साढे नौ लाख रुपैयाँको सेयर विभिन्न बैंकमा

    सुरेन्द्र पाण्डे स्वयम्भूमा ८ अनामा अढाईतले घर, बालाजुमा ८ आना र चितवनको भण्डारामा २ बिघा जग्गा, सुन १० तोला, नगद ४ लाख ब्यालेन्स,

    चितवन नर्सिङ क्याम्पसमा ५ लाख ५० हजार सेयर

    मृगेन्द्रकुमार सिंह

    यावद सप्तरीमा ९ बिघा जग्ग्ाा, एकपक्की घर, २५ तोला सुन, २ सय तोला चाँदी, ४ लाख ७८ हजार ब्यालेन्स

    भीम रावल काठमाडांैमा तीनतले पक्की घर, अछाममा ३५ रोपनी जग्ग्ाा, १५ तोला सुन, १ मारुती कार

    रकम चेम्जोङ काठमाडौंको बौद्घमा चार आनामा एकतले घर, इलाममा ८१ रोपनि खेत, धनकुटामा ५० रोपनी खेत, सुन ३ तोला, २ लाख ९० हजारको सेयर र नगद ।

    शंकर पोखरेल कोटेश्वरमा चार आनामा श्रीमतीको नाममा दुईतले घर, दाङमा १५ बिघा जग्ग्ाा

    डम्बर श्रेष्ठ चितवनको भरतपुरमा ८ कट्ठा घडेरी त्यो पनि आमा, भाइ र आफ्नो नाममा कल्याणपुरमा १२ कट्ठा खेतीको जग्ग्ाा छ ।

    गणेशबहादुर खड्का

    राज्यमन्त्री दैलेखमा १५ रोपनी जग्ग्ाामा २ तले कच्ची घर, डेढ तोलाको कानमा लगाउने रिङ र आधा तोलाको तिलहरी, दैलेखको रावा बैंकमा ९०

    हजार र ललितपुरको लाँलीगुरास सहकारीमा दुई लाख ऋण ।

    चन्द्रसिंह भट्टराई

    राज्यमन्त्री ५ तोला सुन, १७ कट्ठा जग्गा कैलालीको टीकापुरमा ।

    मानबहादुर शाही

    राज्यमन्त्री कैलालीको टीकापुरमा एक कट्ठा घडेरी, मुगुको कोटडाँडामा अंशबन्डा गर्न बाँकी तीनवटा कच्ची घर, दुई तोला सुन, झन्डै दुई लाख ७५ हजार ऋण ।

    No comments:

    Post a Comment