• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, July 24, 2009

    नेपाल जाउँ कि नजाउँ

    माधवी भट्ट
    केही दिनअघि हामीले छोटो समयका लागि नेपाल जानेकी भनेर छलफल गर्यौं । उता बन्दले जनजीवन अस्तब्यस्त भएको समाचार आयो । यस्तोवेला नेपाल जाँउ त कसरी जाँउ । नजाउ त बर्षौंसम्म अरुकै देसमा बस्दा परदेसी नै भइने । जन्मभूमीको मायामा कवि सिद्धिचरणले मेरो प्यारो वखलढुङ्गा लेखेजस्तै शरिरले विदेस र मनले स्वदेस बस्ने हामी प्रवासीका अभिलासा सधै आफ्नै गाँउ फर्कने हुन्छ । केवल तेर्सन्छन वाध्यताका पर्खालहरु ।अहिले न नागरिको न नेताको नियन्त्रणमा छ देस । गुण्डावाला प्रदर्शनकारीको सर्वोच्चता छ जताततै । उनीहरुको इशारामा अस्पतालऽ स्कुल र वाटाघाटा कुन दिन र कुन समय बन्द हुने ठेगान छैन । यतिसम्मकी विरामीको अप्रेसनका लागि हिडेको डाक्टरको मोटरसाइकल जलाइन्छ विवेकहिनताको पराकास्टामा पुगेर। हिसांमा मात्रै परिवर्तन देख्नेहरुको विगविगी छ ।

    स्वदेसमा बस्नेहरु त जंगली शैलीको विरोध प्रदर्शनवाट पीडित नै छन । विदेसमा बस्नेहरु पनि निस्प्रभावित छैनौ । जव स्कुलवसमा आक्रमण हुन्छ, नेताका स्वागतका लागि ओठवाट दुध आउलाजस्ता बच्चालाइ प्रचण्ड गर्मी घाममा उभ्याइन्छ । छोराछोरी नेपाल छोडेर विदेस बस्नेहरुको मुटु धड्कन्छ । अस्पताल बन्दहुदा विरामी आमावावुको हविगत सम्झेर आशु झर्दछ । दुखले कमाएको पैसा खर्च गरेर आफन्तलाइ भेट्न स्वदेस जाँन मनलाग्छ। छोराछोरीलाइ आफ्ना देस र सँस्कारसँग परिचित गराउन मन लाग्छ । तर के गर्नु दैनिक वा हप्तादिनसम्म पनि बन्द भइरहन्छ । एक वर्ष होइन । यस्ता अराजकताले पनि वर्षभरी स्थान पाउछन । आउदा वर्षहरुमा दोहोरिरहन्छन । अनि स्वदेस होस कि विदेस नेपाली मन अस्थिर र अधैर्य भइरहन्छ । अनि के को प्रगति गर्नु ? सफलता चुम्नका लागि स्थिर मन र धैर्य पो चाँहिन्छ ।

    यसवर्षमात्र होइन । प्रत्येक वर्ष नेपाल जाने योजना अन्तर्गत गत जूनमा पनि हामीले स-परिवार नेपाल जान जहाजको टिकट किनेका थियौं । निर्धारित मितिभन्दा दुइ दिनअघि छोरालाइ ज्वरो आयो । डाक्टरसँग परामर्श गरियो । उनले भनिन-'नेपाल जानै नहुने त भन्दिन । तर अस्पताल र डाक्टरको राम्रो प्रवन्ध हुनुपर्छ । यो बच्चा सेन्सेटिभ छ । धुवा धुलो र मौसम परिवर्तनले आक्रमण गरिहाल्छ ।' यता पैसा तिरिसकिएको थियो । उता प्लेनवाट ओर्लिएपछि आवश्यक परेका खण्डमा अस्पताल पुर्याउन सकिने नसकिने टुङ्गो थिएन । कारण उही बन्द । काठमाडौं दनदनी बलिरहेको थियो त्यसवेला पनि । कोटेश्वरस्थित हाम्रै घर अगाडीको सडक आन्दोलनकारिको कब्जाजस्तै थियो । त्यसपछि छोरा र म नेपाल नजाने नै निधो गर्यौं । अन्तिम अबस्थामा टिकट फिर्ता गरेपनि हामीले पैसा गुमाउनु परेन । नेपाल गएका मेरा श्रीमानले ८ दिनको बसाइ पैदलनै हिडेर विताएको घटना मार्मिक थियो । त्यो बन्द ऐतिहासिक रुपले कडा थियो ।

    वर्षदिनको लामो समय परिर्तन भइसक्दा पनि देसको हालत उही छ । अझ तल गिरेछ । फेरी यसवर्ष जून महिना आइपुगेको छ । समरविदाका कारण पढाइ जागिरवाट हामीलाइ एक महिना घुम्ने फुर्सद छ । गतवर्षको हैरानीले गर्दा यसपटक नेपाल नजानेनै निधो गरिएको थियो । तर हालैको फोन संवादमा मेरी आमाले आफुलाइ नाती हेर्न मन लागेकाले नेपाल आउन आग्रह गर्नुभयो । तर नेपालको गतिविधी हेर्दा सातो गइरहेको छ । सौको भन्दा ब्याजको माया भनेजस्तो आमाको आग्रहमा हामीलाइ भेट्ने भन्दा पनि दुइ वर्षदेखि नदेखेको नाती हेर्ने र उसका उमेर वृद्धिसँगै देखिएका परिवर्तनलाइ नियाल्ने चाँहना छ । केही महिनाअघिसम्म हजुरआमासँग फोनमा निकै राम्ररी कुरा गर्ने छोरो आजकाल की अंग्रेजी कि कोरियनमा मात्र बोल‍छु भन्छ । बोलिहाल्यो भने कहिले कोरियन कहिले अंग्रेजी बोलेर जिस्क्याइरहन्छ । अब कसरी बुझ्ने आमाले ।

    नेपाल नजाउ त बुढी आमाको नाती हेर्ने धोको । जाँउ त फेरी बन्दको मौसम शुरु भएको छ । ४ वर्षको उमेरपुग्दा मुस्किलले एकवर्ष नेपाल बसेको छोरोले घुमघाम र मनोरञ्न गर्ने समय कसरी पाँउला । त्यही समय नेपाली भाषा र चालचलन पनि जान्ला भन्ने छ छ । अझ भिन्न परिवेसमा उसलाइ स्वास्थ्य समस्या पनि उब्जेला । हुनत नेपालमै बस्नेका लागि बन्द दैनिक जिवन भएको छ । तर विदेसवाट जाँदा जहाजमा मात्रै ठूलो रकम गर्च गर्नुपर्ने र निश्चित समयमा काम सकेर फेरी सम्बन्धित देसमै फर्कनु पर्ने भएकाले बन्दको मार खपिनसक्नुहुन्छ ।

    नेपाल नगइ कोरिया बसेको तीनवर्षमा यहाँ पनि विभिन्न समस्याहरु देखे । तर यसरी दैनिक जीवननै अबरुद्ध भएको थाहा छैन । वितेका तीनवर्षमा नेपालमा मेरो विगत जोडिएका क्याम्पस विद्यालय र कार्यालयहरु दनदनी बले । मलाइ पढाएका शिक्षकहरु पिटिए । मैले काम गरेको कार्यालय माओवादी आक्रमणमा पर्यो । परिवर्तन त यहाँ पनि भयो । आन्दोलन र जुलुसहरु यहाँपनि देखे । तर सार्वजनिक सम्पति र आम जनताको दैनिक जीवनमाथी प्रदर्शनकारीले धावा बोलेको भने देखिन । यही तीनवर्षमा यहाँ मैले पढ्ने क्याम्पस विश्वप्रतिष्पर्धा उभिने भनेर रिस्ट्रक्चर भयो । अत्याधुनिक अण्डरग्राउण्ड कम्लेक्स बन्यो । तर अरु देसको विकासले के गर्नु ? जीवन विताउने त आफ्नै देसमा हो । जुन देस उभो लागोस भनेर कामना गर्यो सधै तल मात्रै भासिन्छ ।

    कम्तिमा विरोध गर्नेहरुले तोडफोडको सट्टा सडक बढार्ने तथा अन्य केही रचनात्मक काम गरे त विरोध पनि हुने समाजमा सकारात्मक सन्देश पनि जाने थियो ।


    No comments:

    Post a Comment