• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, July 23, 2009

    'सरकारी शैलीमा' माओवादी बैठक

    गंगा बीसी

    काठमाडौं, राजधानीको कोटेश्वर नजिक पेरिसँडाडास्थित माओवादी मुख्यालय, कार्यालय समयमा निकै चहलपहल देखिन्छ ।

    विभिन्न आकारका गाडी, नेता तथा कार्यकर्ताको घुइँचो लाग्छ । राज्य र माओवादीका सुरक्षाकर्मीको पनि उपस्थिति रहन्छ । कार्यालय समयपछि भने त्यहाँ प्रायः सुनसान हुन्छ ।

    किनकी माओवादी केन्द्रीय समितिको बैठक प्रायः कार्यालय समयमा सुरु हुन्छ र कार्यालय समयमै सकिन्छ । बैठक प्रायः ११ बजे सुरु भई अपराह्न चार बजे सकिन्छ र पुनः अर्को दिन त्यही समयमा बस्छ ।

    सरकारले सूर्यग्रहण लागेकाले सार्वजनिक बिदा दिएको दिन बुधबार पनि बैठक बसेन । यही पाराले बैठक चलेको करिब दुई साता भइसकेको

    छ । अहिलेसम्म उसले एउटा पनि निर्णय गरेको छैन । निर्णय हुन नसक्नुको कारण पार्टीभित्रको विवाद भएर वा नेताहरू अति व्यस्त भएर होइन । त्यसो हुनुको कारण हो, उसको आरामदायी कार्यशैली ।

    असारको तेस्रो साताबाट सुरु भएको बैठक प्रायः कार्यालय समयमा सुरु भई कार्यालय समयमा सक्नु परम्परा जस्तै भएको छ । बैठकको बीचमा खाजा खाने समय पनि निर्धारण गरिएको छ । प्रायः खाजामा चिकेन चिउरा, खिर तरकारी, अम्लेट पाउरोटी आदि हुन्छ ।

    आवश्यकताअनुसार कालो र दूध चियाका साथै तातो र चिसोपानीको पनि राम्रो व्यवस्था गरिएको हुन्छ । यसबीचमा एकदिनमात्र बेलुका छ बजेसम्म बैठक चलेको छ । अध्यक्ष पुष्पकमल दाहाल अस्वस्थ भएपछि तीन दिनमात्र बैठक स्थगित हुन

    पुग्यो । सशस्त्र युद्धको बेला भूमिगत रूपमा माओवादीको बैठक रातदिन चल्थ्यो र निर्णय पनि फटाफट हुन्थे । बिहीबार भने उनी प्रतिवेदनमा उठेका प्रश्नको जवाफको गृहकार्यमा दिनभर बिताएको स्रोतले जनाएको छ ।

    'बैठकमा गम्भीर रूपमा छलफल भइरहेको छ,' माओवादी सचिवालय सदस्य कृष्णबहादुर महराले भने, 'अहिले सरकार चलाउनु परेको छैन, त्यसैले हतारमा होइन, सोचेरै निर्णय गर्न बैठक लम्बिएको हो ।'

    जारी केन्द्रीय समितिको बैठकको पहिलो दिन अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय सदस्यका लागि बोल्ने ढोका खोलिदिए । एक सय ३७ केन्द्रीय सदस्य र सल्लाहकार गरी करिब पौने दुई सय जना बैठकमा उपस्थित छन् । हालसम्म करिब सवा सय केन्द्रीय सदस्य र सल्लाहकारले दाहालको प्रतिवेदनमाथि आआफ्नो धारणा राखिसकेका छन् । अधिकांश केन्द्रीय सदस्यले दाहालको संयुक्त राष्ट्रिय सरकार' को प्रस्तावलाई समर्थन गरेका छन् । सरकार हुँदा मंसिरको पहिलो साता भक्तपुरको खरिपार्टीमा केन्द्रीय समिति र राष्ट्रिय कार्यकर्ता भेला करिब एक सातामा सकिएको थियो । पार्टीभित्रको चर्को विवादलाई समाधान गर्दै बैठक सम्पन्न भएको थियो ।

    त्यसबेला बल्भिmएको १८ वर्षदेखि हुन नसकेको पार्टीको राष्ट्रिय महाधिवेशन यो बैठकको पनि प्रमुख एजेण्डा छ । सबै सैद्धान्तिक विषय महाधिवेशनले टुङ्गो लगाउने भन्दै वैद्य पक्षका नेताहरूले फरक प्रतिवेदन ल्याएनन् । राष्ट्रिय सरकार, संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु माओवादीको तत्कालीन कार्यनीति हो । त्यसबाहेक महाधिवेशनको मिति तोक्नु र नेताहरूको कार्यविभाजन निर्णय गर्नु अर्को काम रहेको छ । यी विषयले बैठकमा प्रवेश पाएको भए पनि नेताहरूको कार्यविभाजन र सांगठनिक खाकामा छलफल भएको छैन ।

    'शीर्ष नेताहरूनै बैठक समयमै स्थगित गर्ने प्रस्ताव आउँछ' एक केन्द्रीय सदस्यल भने, 'हामीले दिनरात बसेर बैठक सक्ने प्रस्ताव गरेका छौं, तर लागू भएको छैन ।' बिहीबार दाहालले केन्द्रीय सदस्यहरूका प्रश्नको उत्तर दिएपछि प्रतिवेदन पारित हुनेछ । प्रतिवेदनमा नसमेटेका अन्य प्रस्ताव टुङ्ग्याउन अझै दुई दिन लाग्नसक्ने एक सचिवालय सदस्यले बताए ।

    राजधानी बाहिरबाट आएका कतिपय केन्द्रीय सदस्यले बैठक लम्बिदा पकेट खर्च सकिएको गुनासो समेत गर्न थालेका छन् । सभासद् वा आफन्तको डेरमा बस्दै आएका उनीहरूले खाने र बस्ने व्यवस्था आफंै गरेका छन् । कार्य क्षेत्रमा र्फकने बेलामा पार्टीले आवश्यक खर्च दिने उनीहरू बताउँछन् ।

    No comments:

    Post a Comment