• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 19, 2009

    देवघाटमा अतिक्रमण बढ्यो

    दीपेन्द्र बडुवाल

    नारायणगढ, पुरातात्विक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण तीर्थस्थल देवघाटमा मापदण्ड विपरीत घर बन्ने क्रम बढेको छ । धाम क्षेत्र अतिक्रमण गरी घर बन्ने क्रम बढेपछि देवघाट क्षेत्र विकास समितिले मापदण्ड सहितको मस्यौदा प्रस्ताव ल्याएको

    छ । देवघाट विकासका लागि यस १० वर्षअघि नै गुरुयोजना तयार भइसकेको छ । उक्त योजनाबमोजिम काम नहुँदा अतिक्रमण र अवैध निर्माण बढेको हो ।

    हाल यस क्षेेत्रमा नमुनाका रूपमा रहेका प्राचीन घर भवन घट्दै गइरहेका छन् । पवित्र धाम वरिपरि अग्ला र ठूला भवन निर्माण भइरहेका छन् । 'जग्गाको भाउ आकासिएको छ,' स्थानीय हरिभक्त घिमिरेले भने, 'ठूला साहुमहाजनले समेत घडेरी खरिद गरिरहेका छन् ।' बसोबासमा वृद्धि

    हँुंदा बढेको घर निर्माणले मन्दिरलाई छेक्ने, मन्दिरको शोभा बिगार्ने तथा मनोरम र धार्मिक वातावरणमा असर पुगेको छ ।

    विकास समिति अध्यक्ष बाबुराम घिमिरेले मापदण्ड विपरीतका भवन बन्ने क्रम बढेपछि देवघाट क्षेत्र विकास समितिले सरकोरवाला संघसंस्था, नागरिक समाज, राजनीतिक दलसँगको समन्वयमा मापदण्ड मस्यौदा लागू गर्ने तयारी गरेको हो । उनले अतिक्रमण र भवन निर्माण जारी रहे देवघाटको अस्तित्व संकटमा पर्ने जनाए । ५/७ वर्षअघि सम्म फाटफुट घर रहेका थिए । अहिले यस क्षेत्रमा सयौंको संख्यामा निर्माण भएका छन् ।

    विनामापदण्ड घर बन्ने क्रम बढ्दै गएपछि धार्मिक क्षेत्रमा फोहोर बढेको छ । विकास समितिका अनुसार मस्यौदा लागू भएपछि घर निर्माणमा कडाइ हुनेछ । घर निर्माणका लागि सरकारले नगरपालिकामा लागू गरेको नेपाल राष्ट्रिय भवन संहिता विपरीत यहाँ घर निर्माण भएका छन् । शान्त र मनोरम स्थलमा रूपमा परिचत यो क्षेत्रमा कोलाहल बढ्दै गएको छ ।

    अहिलेसम्म विभिन्न क्षेत्रबाट देवघाटधामको झन्डै डेढ सय बिघा जमिन अतिक्रमण भइसकेको छ । समितिले धामको नवलपरासी र चितवनक्षेत्रमा अतिक्रमण भएको जनाएको छ । समितिले गत वर्ष पनि भरतपुरमा पत्रकार सम्मेलन गरी अतिक्रमणका कारण धाम संकटमा परेको जनाएको थियो । धाम हाल कुल ५ हजार ४ सय ३४ वर्गमिटर क्षेत्रफलमा छ ।

    समितिद्वारा गठित जग्गा खोजतलास समिति अध्यक्ष रमेशबाबु ढकालका अनुसार क्षेत्रको ५० प्रतिशत जमिन विभिन्न संस्था र समुदायले अतिक्रमण गरी भोगचलन गरिरहेका छन् । देवघाट चितवन, नवलपरासी र तनहुँको संगमस्थलमा छ ।

    खोजतलास समितिका अनुसार नवलपरासीको लेतेटाँडी र केलादीमा बढी जमिन सर्वसाधारणले कब्जा गरेको पाइएको छ । केलादीमा ५० बिघा जमिनमा २७ परिवारले बसोबास गरेका छन् । त्यस्तै कालीभँतेरीमा २ बिघा अतिक्रमण भएको छ । गंैडाकोटको उत्तर क्यान्सर अस्पतालको गेस्टहाउस रहेको ठाउँमा करिब ७ बिघा अतिक्रमित छ । समितिका अनुसार राधाकृष्ण मन्दिर आसपास ९३ रोपनी जमिन व्यक्तिले भोगचलन गरेका छन् ।

    समितिका अनुसार चितवनतर्फ बागेश्वरीमा पुरातत्व विभागको निर्देशन विपरीत भरतपुर मेडिकल कलेजले ४२ बिघा जमिनमा आवास लगायतका भौतिक पूर्वाधार निर्माण गरेको छ । समितिले बारम्बार अनुरोध गर्दा पनि मेडिकल कलेजले पूर्वाधार हटाएको छैन । सर्वोच्च अदालतले समेत त्यहाँबाट पूर्वाधार हटाउन आदेश गरिसकेको जिल्ला वनले जनाएको छ । यस क्षेत्रभित्र सिमेन्ट, छडजस्ता आधुनिक सामान प्रयोग गरी भवन निर्माण गर्न मिल्दैन ।

    भरतपुरको गणेशस्थानमा पहिले २३ बिघा अतिक्रमण भएकोमा अहिले ५, आँपटारीमा १० बिघा, दियालो बंगला आसपास २ बिघा, यज्ञशालामा ५ बिघा जमिन अतिक्रमणमा परेको

    छ । साथै डाबर नेपाल रहेको क्षेत्र आसपासमा पनि अतिक्रमण भएको

    छ । यस बाहेक धाम क्षेत्रमै कुल देवताका नाममा योजना विपरीत मन्दिरको निर्माण बढ्दो छ । यसले धामलाई कुरुप बनाएको गुनासो पदाधिकारीको छ । यसरी निर्माण गरिएका ३ सयभन्दा मठ मन्दिर

    छन् । 'बेलैमा यस्ता निर्माण र अतिक्रमण नरोके देवघाटको अस्तित्व रहँदैन,' समितिका इन्जिनियर सविन कर्माचार्यले भने, 'त्यसैले चाँडो मापदण्डको मस्यौदा लागू गर्ने पक्षमा छौ ।'kantipur

    No comments:

    Post a Comment