Friday, May 31, 2013

पत्रकारलाई जागिर कि तलब ?

एकजना बेरोजगार युवक जागिर खोज्दै काठमाडौंको एक सञ्चारगृहको ढोकामा पुगे । कार्यकक्षमा पत्रिकाका सम्पादक÷प्रकाशक भेटिए । युवकले सम्पादकसंग आफूलाई पत्रिकामा ‘पत्रकार’ भएर काम गर्न मन भएको र जागिर खाने इच्छा व्यक्त गरे । दुवै जनाको एकैछिनको भलाकुसारीपछि सम्पादक ती व्यक्तिलाई जागिर दिन सहमत भए । सम्पादकले ती युवकको बेरोजगारीको फाइदा उठाए । युवकले पनि ‘जागिर’ पाएपछि थप कुरो सोंच्दै सोंचेनन् । जागिर गरिसकेपछि पक्कै तलब पाईन्छ भन्ने युवकलाई लाग्यो । काम गर्दै गए । सम्पादकले जे जे भन्छन्, त्यही गरे । जता जा भन्छन् त्यतै गए । जे लेख्न भन्छन् त्यही लेखे । लेखेका कुरा पत्रिकामा छापिदै गयो । युवक मख्ख परे । सम्पादकले जागिर मात्रै होइन, स्यावासी समेत दिए । 
एउटा बेरोजगार युवक रोजगारी पाएकै कारणले गदगद थियो । घरपरिवार,इष्टमित्र, साथीभाई उ ‘पत्रकार’ बनेकोमा गर्व गर्न थाले । पत्रिकामा उसको नाममा ‘वाइलाइन समाचार’ आयो । उसको खुशीको सिमै रहेन । दिन वित्यो । महिना वित्यो । सधै स्यावासीले मात्रै दिन चल्दो रहेनछ । पत्रिकामा आएको वाइलाइन समाचारले भोको पेट भरिंदो रहेनछ । सम्पादकले तलब दिने लक्षणै देखाएनन् । पछि वाध्य भएर बेरोजगार युवकबाट पत्रकार भएका उनले सम्पादकसंग दुःखको भारी विसाउँदै भने,‘ सम्पादकज्यू, पैसा चाहिएको थियो । घरमा साह्रै समस्या छ ।’ आफै प्रकाशक भएको पत्रिका छाप्न सम्पादकलाई धौ धौ थियो । तनाव वेग्लै थियो । अनि सम्पादकले जवाफ फर्काए,‘ तपाईलाई मैले पत्रकारको जागिर दिएको हो । मैले जागिर र तलब दुवै दिन सक्दिन महोदय ।’ पत्रकारलाई पिरलो प¥यो । सम्पादकले दिएको यो जवाफले अब पत्रकारलाई यो पत्रकारिता पेशा ‘नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार’ भनेझैं लाग्यो । 
यो घटना काल्पनिक होइन । दुई महिनाअघि सञ्चार मन्त्रालयले ‘नेपाली सञ्चारमाध्यमलाई सुदृढिकरण कसरी गर्न सकिन्छ’ भन्ने सन्दर्भमा ललितपुरमा जाइकाको सहयोगमा एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष एवम् पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गर्न बनेको उच्चस्तरीय आयोगका अध्यक्ष समेत भईसकेका सुरेश आचार्य पनि थिए । काठमाडौंमा एकजना सम्पादकसंग पत्रकारले पारिश्रमिक माग्दा ‘पत्रकारलाई जागिर र तलब दुवै दिन सकिन्न’ भनि सम्पादकले भनेको यही सन्दर्भलाई आचार्यले कार्यक्रममा प्रस्तुत गरेका थिए । 
देशभर अहिले बग्रेल्ती खुलेका सञ्चारमाध्यमहरुमा ‘जागिर’ खाने सञ्चारकर्मीहरुको भीड छ । सम्वाददातादेखि सम्पादकसम्म भनेकै पदमा छानीछानी पद दिने सञ्चारमाध्यमहरुको कमी छैन । सञ्चारमाध्यमप्रतिको आकर्षण व्यावसायीदेखि राजनीतिज्ञ हुँदै सामाजिक कार्यकर्तासम्मकालाई छ । पैसा भईभई ‘रहर पत्रकारिता’ गर्नेहरुका लागि सञ्चारमाध्यमबाट पारिश्रमिक पाए पनि नपाए पनि कुनै मतलब हुने कुरै भएन । तर समाचार लेखेकै भरमा जिन्दगी गुजार्नेहरुका लागि भने यो पेशा अभिषाप बन्दै गएको छ । धेरैलाई सत्य तितो लाग्न सक्छ । सञ्चारकर्मी भएर मात्रै बाँच्न अबको समयमा गाह्रो भईसकेको अवस्था हो । 
सधैं काँचको पर्दाअगाडि ‘हामी निरन्तर न्यूजमा छौं.....’ भन्ने काठमाडौंको एक टेलिभिजन च्यानलका सञ्चारकर्मीहरु पछिल्लो समयमा ‘ हामी तलबका लागि निरन्तर आन्दोलनमा छौं......’ भन्न वाध्य छन् । अन्ततः टेलिभिजन प्रशासनले सञ्चारकर्मीहरुको माग पुरा गर्न नसकेपछि टेलिभिजनलाई प्राण भन्दा प्यारो ठानि वर्षौदेखि गुणगान गाइरहेकाहरु एकाएक पाखा लागे । कतिलाई त टेलिभिजन प्रशासनले पनि भन्दो हो,–‘हाम्रो काम जागिर दिने हो । तलब दिने होइन ।’ 
भनिन्छ, पत्रकारिता पेशा सामाजिक उत्तरदायित्वका लागि पनि हो । यसैले हत्तपत्त यसका विकृतिहरु बाहिर आउँदैनन् । तलब र पारिश्रमिक नदिने सञ्चारमाध्यमका विषयमा सञ्चारकर्मीहरु त्यति उग्र हुन सक्दैनन् । सकेसम्म ‘घरभित्रको कुरो घरभित्रै’ भनेझैं आफू समस्यामा परेको विषय गुम्स्याएरै राख्न चाहन्छन् । किनभने आफ्नो सामाजिक उत्तरदायित्वसंग भागेर व्यवस्थापनसंग नराम्रो हुने चाहना अधिकांश सञ्चारकर्मीहरुको नभएरै होला । तर यसको फाइदा अदृष्य रुपमा मिडिया संचालकले लिइराखेका छन् । 
२०३५ सालमा पत्रकारिता पेशालाई नै आफ्नो व्यवसाय बनाएर हिँडेका एक पत्रकार पछि आएर नारायणगढमा पुस्तक व्यवसायी बनेर चिनिएका छन् । ‘त्यतिबेलाको पारिश्रमिकले मेरो घरमा अभाव थिएन । विस्तारै पत्रकारितामा आर्थिक अभाव हुन थालेपछि पुस्तक पसल सञ्चालन गरेको बताउने उनीसंग कुनै बेला ५ हजार प्रतिसम्म एकै दिन साप्ताहिक पत्रिका बेचेको अनुभव छ । बिडम्बना, यति धेरै परिणाममा विक्री हुने साप्ताहिक पत्रिकाहरुको उपस्थिति भने बजारमा अहिले कतै देखिंदैन । नारायणगढको पुलचोकमा पत्रिका बेचेर मात्रै घरपरिवारको जीविका सन्तोषजनक ढंगले चलाएका एक व्यवसायी पत्रिका व्यवसायबाट जीवन धान्न सक्ने अवस्था नभएपछि अहिले ‘तास पसल’ खोलेर बसेका छन् । यी दुवै व्यवसायीको अनुभवमा उतिबेला पत्रकारितामा देखिने धेरै अनुहार अहिले पत्रकारितामा छैनन् । भएकाले पनि पत्रकारितालाई ‘सम्मानजनक सहभागिता’ को लोभका लागि मात्रै उपयोग गरिरहेका छन् । ‘पाका पत्रकार’को अनुभवमा कुनैबेला पत्रकारितालाई समस्याग्रस्त भनिएपनि सम्मानजनक चाहि थियो । तर यतिबेला उनीहरुकै अनुभवमा यो पेशा न सम्मानजनक बन्न सकेको छ, न त आर्थिक रुपमा नै अगाडि बढ्न सकेको छ । 
पछिल्लो दश वर्ष यता नेपाली मिडियामा आश्चर्यजनक भीड बढ्यो । जसलाई नेपाली समाज र नेपालको मिडिया व्यवसायले थेग्न सकेन । हुँदा हुँदा अधिकांश मिडियामा बोल्ने सुनाउने, हेर्ने देखाउने, र लेख्ने पढाउने पात्रहरु एउटै भए । जुन रेडियोले बोल्यो, उही रेडियोकाले मात्रै सुन्ने भए । जुन टेलिभिजनले प्रसारण ग¥यो, उसैका मान्छेले मात्रै हेर्ने भए । जे पत्रिकामा छापियो, उसैका परिवारले मात्रै पढ्ने भए । मिडिया र मिडियाकर्मी नयाँ जन्मिएपनि उसले नयाँ पाठक, श्रोता र दर्शक जन्माउन सकेन । जसको परिणाम समग्र मिडिया व्यवसायलाई नै धक्का लाग्यो र अहिले आएर समग्र सञ्चारकर्मी समेत आर्थिक मारमा परिरहेका छन् । भनिन्छ, ‘अकबरी सुनलाई कसी लाउन पर्दैन ।’ राम्रा मिडिया बनाउन सके पत्रिकाका ग्राहकलाई,‘पत्रिका मागेर होइन, किनेर पढ है’ भन्दै अर्ती दिन आवश्यक छैन । यसैले आफू संलग्न मिडियालाई आफू छइञ्जेल कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ लाग्नु आम सञ्चारकर्मीको दायित्व पनि हो । 
अझै पनि पत्रिका, रेडियो र टेलिभिजन दर्ता गर्न नेपालमा समस्या छैन । अति नै न्यूनतम शुल्कमा सञ्चारमाध्यम दर्ता गर्न सकिन्छ । तर यसको ‘अपरेटिङ खर्च’ को हेक्का नहुँदा र यसप्रति गहन चिन्तन नगर्नाले धेरैलाई अन्यौलमा पारिदिएको छ । ‘मिडिया हाउस’ लाई नयाँ मान्छे काममा लगाउन गाह्रो छैन । मिडियामा काम गर्न पाएपछि आजका युवाहरु ‘रहर’ मै पत्रकारितामा प्रवेश गर्छन् । बढिमा दुई वर्ष जसोतसो काम गर्छन् । जब यो क्षेत्रमा केहि देख्दैनन्, अनि भाग्छन् । फेरि अर्को समूह उसैगरि पत्रकारितामा प्रवेश गर्छ । उनीहरुको पनि हविगत उही हुन्छ । यति भएपछि मिडिया मालिकहरुले पनि ‘यूज एण्ड थ्रो’ गर्न पाइहाले । श्रमजीवि पत्रकारका नाममा भजन गाउनेहरुलाई यस्ता कुरामा के मतलब ? 
यसो भन्दैमा नेपाली पत्रकारितामा समस्या मात्रै होइन, समाधान पनि छ । भएका सञ्चारमाध्यम जोगाउने र यो क्षेत्रमा काम गरिरहेकालाई टिकाउन ‘मिडिया संचालक’ ले अब वर्षदिन भरि आफ्नो मिडिया सञ्चालनको आधार प्रष्ट गर्न सक्नप¥यो । अब ‘आसे विज्ञापन’का भरमा मात्रै मिडिया चलाउनेका दैलामा श्रमजीवि पत्रकारले शुरुमै पाइला टेक्न हुँदैन । शुरुमै बुद्धि पु¥याइयो भने पछि दुःख पाइदैन । पत्रकारिता पढेर यसैमा जीवन समर्पित गर्छु भन्दै लागेका युवाहरु पनि छन् अहिले । विगतबाट पाठ सिक्दै उनीहरुको भावनामा ठेस पु¥याउन नदिन अब ‘पाका पत्रकार’ ले सोंच्नैपर्ने भएको छ । यससंगै नेपाली समाजले कति मिडिया थेग्न सक्छ भन्ने हिसाब गरेर मात्रै मिडिया सञ्चालन गर्नु आवश्यक छ । दर्ता भई सञ्चालनमा आइसकेका मिडियालाई सोझै बन्द गर्नुभन्दा ‘मिडिया मर्ज’ को नीति ल्याएर यसलाई टिकाउन सकिन्छ । अहिले संकटग्रस्त भएका सहकारी र बैंकहरुलाई सरकारले मर्ज गरेर सञ्चालन अनुमति दिएजस्तै नेपाली मिडियामा पनि यो ‘मर्ज नीति’ ल्याउन सके समस्यामा कमी आउने थियो । अनि पत्रकारले जागिर र तलब दुवै पाउने थिए । होइन भने सधैंभरि नेपाली पत्रकारहरु ‘पारिश्रमिक विनाको परिश्रम’ गर्न वाध्य भईरहने छन् । सञ्चारमाध्यम पनि ‘मूर्दामाथिको लाश’ झैं घिटिघिटि पाराले तुलसीको मोठ ढुकेर बसिरहने छन् ।
२०७० जेठ १७ गतेको चितवन पोष्टबाट

10 comments:

  1. malai yo artical upalabda garaidunu vaye aavari hunthye.nuwakot sandesh saptahikko lagi

    ReplyDelete
  2. Thanks to all....@Shreeram Nepal..Pls Give me Your Mail Adress...

    ReplyDelete
  3. sundar article ko laaghi saddhubad

    ReplyDelete
  4. harimaya li sodhako cha na uni li maila doka dia kinaki uni bidas jada mai la girl fr..... bana a r maila asu matra di uni la ahila bibaha gare r chori janamaie maila pani bibaha ga asatai cha yaha ma nice man.....................dharai ..............dharai nice

    ReplyDelete
  5. लेख पढेँ राम्रो छ । पत्रकारलाई त तलबको खाँचो छ सर जागिरले खन दिँदैन क्यारे । भोको पेटमा काम गर्न सकिदैन । "लेखको भित्रि अंश ।"

    ReplyDelete
  6. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete