Monday, February 14, 2011

टोकियो/गोजाइमास

मुरारि सिग्देल
टोकियो जापानको राजधानी बाहृय संस्कृति अछुतो छैन । सम्पन्न सहर आधुनिकतासँगै आˆनै मौलिक संस्कृति बिर्सिरहेको छ, तथापि औपचारिक कार्यक्रममा पस्कने विनम्रता, विनय तथा सद्भावले जापानको परम्परागत संस्कृतिको झल्को दिन्छ । टोकियो विश्वको महँगो सहर, इलेक्ट्रोनिक र मेसिनहरूको निर्माणका लागि संसारभरि ख्याति कमाएको यो शहर सधैं सधैँ व्यस्त छ ।
यहाँको भूमिगत रेलवेको सन्जाल देख्दा उदेक र छक्क लाग्छ । जमीनमुनि छुट्टाछुट्टै पाँच छ लाइन रेल कुद्छन् । जमीनमाथि दुई तीन किसिमका रेलहरू छन् । दु्रतगतिमा कुद्ने इलेक्टि्रक टे्रन जमीनमाथि नै छन् । “तीन करोड मानिसहरू रेल्वे स्टेशन र टोकियो सहरमा छरिएका छन्” एक वृद्ध जापानीले बताए ।
नेपालीहरू पनि यहाँ आउने क्रम बढेको छ । जापानलाई कर्मथलोको रूपमा लिएका व्यापारी प्रकाश पौडेल ‘माइला’ साहित्यकार हुन् । त्यस्तै व्यापारी भूषण घिमिरे पत्रकार हुन् । उनी नेपाली मसला एवं खाद्यान्न भण्डार खोलेर बसेका छन् ।
मेट्रो स्टेशन बजार घुम्दा धेरै अनुहार छाए, ती अनुहारहरू राई, लिम्बू, गुरूङ, तामाङ जस्ता देखिन्थे । त्यही मुखाकृतिले जापानमा नेपालीहरूलाई सहज र सरल भएको अनुमान गर्न सकिन्छ ।
जापानको सिजुकुकुमा अन्तर्राष्ट्रिय पेन महोत्सवमा भाग लिन नेपालको तर्फबाट प्रा. राजकुमार पाँडे, भीष्म उपे्रती र यस लेखक जापान पुगेको थियो । जापानको टोकियोमा अवस्थित सिजुकु व्यापारिक एवं पर्यटकीय सहर हो । आकाश छुने घरहरू चारैतिर देखिन्छन् । ती दृश्यहरू देख्दा आफँैले आफूलाई चिमोट्थँे म । ‘अब बुद्ध सगरमाथाको धाक देखाउँदिन,’ सबै जापानीहरू बुद्ध जस्ता देखिन्थे सबै निर्माणहरू सगरमाथाजस्तै ।
वासेदा युनिभर्सिटी सिजुकुकुबाट चालीस मिनेटमा पुग्न सकिन्थ्यो । जहाँ विश्वका नब्बे राष्ट्रहरूबाट पेन महोत्सवमा भाग लिन आएका थिए । प्रतिनिधि र आमन्त्रित पाहुना गरी लगभग २००० को सहभागिता रहेको थियो । कार्यक्रमस्थल पस्नु अगाडि बरण्डामा रहेको रूखमुनि केही गए चुरोट झिके, सक्काए, फुङ फुङ उडाए । ठूटो निभाएपछि मात्र हलभित्र पसे । अनुकरणीय र उदाहरणीय दृश्यहरू थिए मेरा लागि ।
जापानी कवयित्री चिकोई तानागुची, कवि भीष्म उपे्रती र म जापानको प्राचीन सहर गोजुतर्फ जाँदै थियौं । मेट्रो चढ्न टिकट किन्न मेसिनमा पैसा घुसाइयो । टिकट आयो । मेट्रोको स्टेशनमा उभियौँ । तीब्र बेगमा हाम्रो सामु रोकियो । भित्र पस्यौँ । सबै आ-आˆनो गन्तव्य पर्खेर बसेका शान्त र शिष्ट । कानमा हेड फोन लगाएर केही सुन्नेहरू, पत्रिका र उपन्यास पढ्नेहरू मात्र देखिन्थे । हामी तीन कुराकानी गर्छौ । त्यत्रो डब्बाबाट हाम्रै मात्र आवाज आएको सुनेपछि केही लाज र असहज महसुस पछि मौन हुन्छौं ।
परम्परागत शैलीमा निर्माण गरेको मन्दिर, भक्तपुरको पाँचतले न्यातपोलजस्तै लाग्ने हामीलाई । वरपरका पसलहरू सफा र सुन्दर । पर्यटक र स्थानीय व्यक्तिहरूको घुइँचो थियो । राजप्रसाद परिसर सफा चिटिक्क परेका रूखहरू, हावाको सुस्तरी चालसँगै झुमेका यत्रतत्र सर्वत्र ।
टोकियो टावरको टुप्पोबाट हेर्दा चारैतिर अग्लाअग्ला घरहरू । घरहरूकै जङ्गलको आभास हुन्थे । यस्तो महङ्गो शहरमा आफूले लगानी गरेर व्यवसाय गरेर टिक्न सक्नु पनि त उपलब्धि हो । प्रकाश पौडेल ‘माइला’ गफिदै थिए । ‘औसत नेपालीहरू सानोतिनो व्यवसाय गरेरै जीविकोपार्जन गरेका छन् । अन्य कम्पनीम्ा काम गर्दा न खाने फुर्सद हुने, न सुत्ने नै, त्यसैले आफैँले केही गर्न पनि सकिन्छ ।’
उनी भन्दै थिए एक दिन मेरो रेष्टुरेन्टमा एउटा जापानी, परिवार लिएर खान खाए । खाएर कुरै कुरामा निस्किएछन् । स्टाफले पैसा लियो होला भनेर म चूप बसें । स्टाफले पैसा मैले लिएँ ठानेछन् । त्यस दिन साँझ फोन आयो, “हामीले पैसा कुरै कुरामा तिर्न बिर्सेछौं” फेरि त्यहाँ आउन धेरै टाढा पर्छ । तिम्रो बैंक खाताको नम्बर देउ ।” भोलिपल्ट बैंक जाँदा पैसा थपिएको पाएँ ।
याकोहोमा समुद्री पोर्ट, समुद्रलाई घचेटेर सहर बनाइएको रहेछ । त्यहाँ साकुराका बोटहरू देखिन्थे । “नेपाली कविहरू पनि साकुरा फुलेपछि यिनै बोटमुनि बसेर हाइकु रचना गर्छन्” पौडेलले सबिस्तार भने । अमेरिकी सेनाले युद्धका समयमा छाडेका युद्धका अवशेषहरू जतनपूर्वक राखिएको भेटियो । समुद्री तटमा सानो सानो ढुङ्गामा विद्यार्थीहरू सयर गरिरहेका देखिन्थे । चिल्डे्रन पार्कमा बच्चाहरू रमाइरहेका छन् ।
हाम्रो जापान बसाइँ छोट्टदिै छ । नेपाली दाजुभाइहरूले देखाएको सद्भाव ! अत्यन्त सौहार्द्र पाइयो । नेपाली राजदुतावासका कन्सुलर एवं साहित्यकार डा. दुबसु क्षेत्री र हाइकुकार प्रकाश पौडेल ‘माइला’, पत्रकार तिलक मल्ल एवं भूषण घिमिरेहरूका सम्झना ताजा छ, आज पनि ।
जापानको टोकियो पुग्नैपर्ने सहर त हो तर नेपालीहरूलाई अत्यन्त महँगो लाग्छ । पेन महोत्सव किया प्लाजा होटल सिजुकुमा भएको थियो । टोकियोको नाम चलेको र प्रसिद्ध होटल रहेछ । हामीलाई सेवा सत्कारमा खटिरहने जापानी युवतीहरू केही अङ्गे्रजी बोल्थे भने धेरै मुस्कान बोल्थे । ती मुस्कान हेर्दा र फर्काउँदा छोटो बसाइमा आफै पो ती जस्तो भइएछ ।
घुँडासम्म आउने बुट, तिघ्रासम्म देखिने जीन्स आफ पेन्ट, घाँटी छोप्ने टी-सर्ट, त्यहाँको चल्तीको फेसन रहेछ । प्रायः सबै आइफोटमा मस्त रहेका भेटिन्थे । नेपालमा हाकु पटासी हराएझैँ त्यहाँ पनि किमीनो हराएको छ । सभ्यता र संस्कृतिलाई भुलेको छ, टोकियो सहरले । पच्चीसौँ तल्ला भएका होटलहरू सामान्य लाग्न थालिसके हाम्रा आँखाहरूलाई ।
टोकियो नगरपालिकाको पचासौँ तलामा रहेका कक्षमा हामी आमन्त्रित पाहुनाहरू थियौँ । हाम्रो मनोरञ्जनका लागि एक जोडी सुमो खेलाडीहरूले आ-आˆनो कला देखाए । खाना खाँदै रात्रि जनजीवन हेरियो । नेपालमा तिहारमा देखिने दृश्यहरू त्यहाँ हरेक दिनजसो देखिन्थे ।
जापानका पूर्व प्रम एवं विधायककी श्रीमतीले आयोजना गरिएको परम्परागत चियापान समारोहमा सरिक भइयो । त्यहाँको नेशनल टिभी एन.एच.के.ले प्रत्यक्ष प्रसारण गरेको थियो । विश्वका प्रतिनिधि साहित्यहरू भेला हुँदा एउटा रौनकता थपिएको थियो ।
सन् १९४५ पूर्वको जापान र आजको जापानमा धेरै फरक रहेको प्रष्टै देख्न पाइयो सकिन्थ्यो । मेहनती, अनुशासित एवं राष्ट्रपे्रमी जापानीहरू धेरै धेरै भेटिए । सूर्योदयको देशमा ।
गोजाइमास ! गोजाइमास ।!

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete