टोक्यो । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्र्पक समिति जापानको अध्यक्षमा निवर्तमान उपाध्यक्ष बलराम श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार टोक्योमा सम्पन्न समितिको चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका तीन उम्मेदवारमध्ये बलराम श्रेष्ठले ८२, सुवास लोहनीले ४८ र भूपिगोविन्द श्रेष्ठले १० मत प्राप्त गनुभएको थियो । निर्वाचन समितिका संयोजक राजन प्रधानाङगका अनुसार कुल १ सय ४० मत खसेको थियो । अध्यक्ष बाहेकका अन्य कार्यसमिति सदस्यहरु निर्बिरोध निर्वाचित भएका थिए ।यसरी निर्वाचित हुनेहरुमा शेरबहादुर केसी, पारसमणी पोखरेल, नारायण सुबेदी, सी पि खनाल, अनन्दबहादुर क्षेत्री, सनत वाग्ले, सुदिप अधिकारी, राजेन्द्र जमरकटेल्, मुक्तिराम खनाल, पासाङ शेर्पा, प्रकाश न्यौपाने, शरण चापागाइं, रामकृष्ण बम मल्ल, देवीलाल शर्मा, जितेन्द्र गिरी, शषि बि क हुनुहुन्छ । सन्योजक प्राधानाङ्गले नव निर्वाचित अध्यक्ष तथा सम्पूर्ण सदस्यहरुलाई शपथ गराउनु भयको थियो ।
संस्थाका महामन्त्री भुपीगोविन्द श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा गायक रामकृष्ण बम मल्लले राष्ट्रिय गानका अतिरिक्त जागरण गीत र लोक गीत गाउनुभएको थियो । त्यसैगरी जापानी नागरिक युको ओकामोतो मल्लले नेपाली लोक नृत्य प्रस्तुत गर्नु भयको थियो । टोकियोस्थित गोतान्दा कल्चर सेन्टरको भवनमा राती अबेरसम्म भयको कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति चिरन्जिबी थापाले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भयको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री डा. प्रकाशरण महत र संसदीय दलका प्रवक्ता एवं सभासद् नविन्द्रराज जोशी उपस्थीत हुनुहुन्थ्यो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री डा. प्रकाशरण महत र संसदीय दलका प्रवक्ता एवं सभासद् नविन्द्रराज जोशी तथा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत डा. दुर्गाबहादुर सुवेदी हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले माओवादी र एमालेवीच बनेको हालैको गठवन्धनको आलोचना गर्नुभयो । ७ बुँदे गोप्य सहमति १२ बुँदे सहमति लगायत सवै सहमतिमाथिको धोका भएको भन्दै त्यसलाई नेपाली कांग्रेसले नमान्ने र सो सम्झौता लागू भएमा लोकतन्त्र पनि नरहने दावी गर्नुभयो ।
बिशिस्ठ अतिथीको आशनबाट बोल्दै नेपाली काङ्रेसका केन्द्रिय सदस्य नबिन्द्रराज जोशीले मुलुकको हरेक परिवर्तनमा नेपाली काङ्रेसको नेतृत्त्वदायी भूमिका रहेको बताउनुभयो । लोकतान्त्रिक शक्तिका रुपमा स्थापित हुन त्यति सजिलो नभएको भन्दै उहााले हतियार बोकेर माओवादी लोकतान्त्रिक शक्तिमा रपान्तरण हुन सनक्ने बताउनुभयो । अर्का अतिथी कार्यबाहक राजदुत डा। दुर्गा बहादुर छेत्रीले नेपालीहरुलाई हेर्ने जपानी दृस्तिकोणका समबन्धमा केहि महत्त्वपूर्ण सकरात्मक बुँदाहरु प्रस्तुत गर्नु भयको थियो ।पारसमणी पोखरेलले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा बिभिन्न संस्थाका प्रतीनिधिहरुको सहभगिता थियो । कार्यक्रममा शुभकामना मन्तब्य रख्नुहुने माहनुभाबहरुमा एनआरएन जापानका अध्यक्ष रोशन केसी, जनजाती महासँघ जापानका अध्यक्ष ध्रुब भट्टचन, लोकतान्त्रीक मन्च जापानका अध्यक्ष डा. दिलिपचन्द्र घिमिरे र जनप्रगतिसिल मोर्चाका उपाध्यक्ष बेलु थापा हुनुहुन्थ्यो ।
0 comments:
Post a Comment