• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, February 14, 2011

    घुम्नलायक प्रसिद्व ५ जापानी शहर

    आजभोली घुम्नकै लागि बिदेशीने नेपालीको संख्यामा पनि बृद्धि भइरहेको छ । छोटो सयमको घुम्ने प्याकेजका लागि मलेसिया, सिंगापुर र थाइल्याण्ड जानु मध्यमबर्गीय नेपालीका लागि पनि ठूलो कुरा हैन् । पछिल्लो सयममा घुम्न जाने नेपाली पर्यटकहरुको सूचीमा जापान पनि पर्न थालेको छ । केही ट्राभल एजेन्सीले नेपालीलाई लक्षित गरेर सस्ता टूर प्याकेजहरु पनि चलाईरहेका छन् ।
    पर्यटनका लागि जापान एक सुन्दर देश हो । लाखौको संख्यामा विदेशी पर्यटकहरु बर्षेनी जापान घुम्न जाने गर्दछन् । यसले जापानको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याउदै आएको छ । तपाई घुम्नका लागि जापाने जाने योजनामा हुनुहुन्छ वा जापान आएको बेला मिस गर्ने नहुने कुन कुन स्थान होलान भनेर सोंचिरहनुभएको छ भने यी पाँच स्थानमा घुम्न नबिर्सनुस् ।
    १. टोकियोः जापानको राजधानी शहर टाकियोमा तपाई संसारकै विकसित महानगरिय बातावरण पाउन सक्नुहुन्छ । यहाँको गगनचुम्बी भवन, ब्यवस्थित यातायात तथा संचार प्रणाली, उद्योगधन्दा र मानिसहरुको चहलपहलले जसकसैको मन आकषिर्त गर्दछ । आधुनिक सुविधासम्पन्न बस, रेललगायत अन्य यातायातका साधनमा टोकियो शहर घुम्दा स्वर्गिय अनुभूति हुन्छ । शपिङ गर्नेहरुको लागि टोकियो स्वर्ग नै मानिन्छ । मनोरञ्जन तथा घुम्नका का लागि नाट्यघर, सिनेमा हल, सार्वजनिक पार्क, टोकियो डिस्निल्याण्डलगायतका ठाउहरु रहेका छन् । तपाई गिन्जामा शपिङ गर्न सक्नु हुन्छ भने अकिहाबारामा विश्वका अत्याधुनिक प्राविधिक सामान किन्न सक्नुहुन्छ ।
    २. क्योटोः जापानको क्योटो शहर धार्मिक तिर्थयात्राका लागि प्रसिद्व छ । यहाँ अवस्थित गोल्डन टेम्पल -किन्काकुजी) र सिल्भर टेम्पल -गन्काकुजी) भ्रमण गर्न हजारौको संख्या विदेशी पर्यटकहरु आउने गर्दछन् । परम्परागत पहिरनमा सजिएपछि तपाईलाई ‘माइको’ उपनाम दिइन्छ । सुर्योदय र सुर्यास्तको मनमोहक दृश्य यहाँबाट दृश्यावलोकन गर्न सकिन्छ ।
    ३. ओसाकाः परिश्रमी जापानी नागरिकहरुको शहरकोरुपमा यो निकै चर्चित रहेको छ । यहँाको अदभूत नाइट लाइफ पर्यटकहरुबीच आकर्षणको केन्द्र बनेको छ । होटेल तथा रेस्टुरेन्टमा गई ओकोनोमियाकीलगायत थरीथरीका जापानी परिकारको स्वाद लिन सकिन्छ । ओशाका अक्वाइरियम अर्को भ्रमणयोग्य ठाउँ हो, जहाँ तपाई सामुन्दि्रक गगटो तथा पेङ्गुइन देख्न सक्नु हुन्छ । यसका अलवा ओशाका क्यासल पार्क र युनिभर्सल स्टुडियो समेत घुम्न सक्नु हुन्छ ।
    ४. हिरोसिमाः दोश्रो युद्वताका अमेरिकले गरेको एटम बम आक्रणमा लाखौको संख्यामा जापानी नागरिकहरुको मृत्यु भएकोले यो शहर विश्व समुदायमा अविस्मरणिय रहेको छ । मानब इतिहासको त्यो दुखान्त घटना झल्काउने संग्रहलय एक भ्रमणयोग्य ठाउँ हो । आधुनिकताले भरिपुर्ण यो शहर मानिसको भिडभाड तथा प्रदुषणबाट मुक्त भएकोले शान्त र रमणिय छ । एकिशोबा नुडल यहँाको स्वादिष्ट परिकारमध्येको एक हो ।
    ५. साप्पोरोः उत्तरी होक्काइडो द्विपको राजधानी रहेको यस शहरमा तपाई अन्य शहरको भन्दा पृथक अनुभव गर्न सक्नुहुन्छ । स्वच्छ हावापानी, ताजा माछाको परिकार र साहसिक क्रियाकलामका लागि यो प्रसिद्व रहेको छ । शहरको केन्द्रमा रहेको भालु बगैचा गई जंगली जनाबरको दृश्याबलोकन गर्न सकिन्छ । साथै, हिउद ऋतुमा यहाँ तपाई आइस फेस्टिबलमा भाग लिई आनन्द लिन सक्नु हुन्छ । यात्राका लागि सहज प्रणाली र कम खर्चिलो भएका कारण स्वदेशी तथा विदेशी पर्यटकहरुको यहाँ घुइचो देखिन्छ ।

    1 comment:

    1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

      DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

      ReplyDelete