• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, January 2, 2011

    अबको अधिवेशनबाट नयाँ सरकार बन्ने: एमाले महासचिव पोखरेल

    सरकारको नेतृत्वका लागि माओवादी हुन्न बरु कांग्रेस ठिक
    नागोया जापान, २०११ जनवरी १ - आगामी २५ गतेबाट शुरु हुने संसदको नियमित अधिवेशनबाट नयाँ सरकार बन्ने एमाले महासचिव एवम् संगठन विभाग प्रमुख ईश्वर पोखरेलले बताउनु भएको छ । एमाले निकट नेपाली लोकतान्त्रिक माच जापानले शनिवार जापानको नागोयामा गरेको अन्तरकिर्या कार्यक्रममा महासचिव पोखरेलले सो जानकारी दिनुभएको हो ।
    'नेपालमा लोकतन्त्रको संस्थागत विकास आर्थिक सम्वृद्धि र राजनीतिक मोडेल विषयक अन्तरकि्रया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महासचिव पोखरेलले भन्नुभयो' अबको अधिवेशनले राजनीतिक पार्टीहरु बीच एकापसमा निषेधको नीति त्याग्नेछ र देश सहमतिको दिशामा केन्द्रीत हुनेछ ।'
    कार्यक्रममा एमालेले कहिल्यै पनि राजनीतिक सहमति उल्लंघन नगरेको दावी पोखरेलको थियो । राजनीतिक सहमतिका लागि एमालेले त्याग गरिरहेको स्मरण गराउँदै महासचिव पोखरेलले भन्नुभयो' सरकारमा बहुमत समर्थन हुदाहुदै पनि माधव नेपालले प्रधानमन्त्रीबाट राजिनामा दिनुभयो झलनाथ खनालले प्रधानमन्त्रीबाट आफ्नो उम्मेदवारी फिर्ता लिनुभयो ।' अझैपनि एमाले राजनीतिक सहमतिबाटै नयाँ सरकार निर्माणमा लागिपरेको छ यसका लागि न कांग्रेसलाई कित्ताकाँट गरेर जान सकिन्छ न त माओवादीलाई नै - उहाँले भन्नुभयो ।
    बरु घुमाउरो पारामा महासचिव पोखरेलले माओवादीलाई भन्दा कांगे्रसलाई नेतृत्व दिन तयार रहेको बताउनुभयो । 'माओवादीलाई सरकारको नेतृत्व दिन उचित हुँदैन । सरकारमा जाने बेलामा नेपालको शान्ति प्रकृयालाई ६ महिनामा टुंग्याउने कसम खाएको माओवादीले ९ महिना सरकारमा बसेर यो समस्या समाधानको सट्टा झन् बल्झाउने काम गरेको महासचिव पोखरेलको आरोप थियो ।
    'कालो ओडारबाट घामको उज्यालोतर्फ ल्याउँदा पनि माओवादीका िहंसाका धङधङी अझै बाँकि छन् । यो अवस्थामा माओवादीले सरकारको नेतृत्व लिनु भनेको बिद्रोहि पनि उहि सत्तापक्ष पनि उहि हुने अवस्था हुन्छ । अनि शान्ति प्रकृयाको समस्या झन् विकराल बन्छ ।'- पोखरेलले भन्नुभयो ।
    'बरु राजनीतिक सहमति बनेको खण्डमा हामीलाई कांग्रेस भए ठिक छ । त्यो मान्न हामी तयार छौं ।'- उहाँले भन्नुभयो । माओवादीले सरकारको नेतृत्व लियो भने त्यो उसका लागि पनि घातक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले सत्ताको नेतृत्व लिन एमाले तयार रहेको पनि बताउनुभयो । तर एमाले या कांग्रेस जसको नेतृत्वमा सरकार बनेपनि कसैलाई विस्थापित गराएर लैजाने पक्षमा एमाले नरहेको महासचिव पोखरेलको भनाई थियो ।
    एनडिएफ जापानको नागोया र टोकियोमा हुने दुई छुट्टाछुट्ठै कार्यक्रममा भाग लिन पोखरेल विहिबार चुबु अन्तर्राष्ट्रिय विमानस्थल मार्फत जापान आईपुग्नु भएको हो । उहाँको साथमा अखिल नेपाल महिला संघकि सचिवालय सदस्य मीरा ध्वजु र एमाले सम्पर्क विभागका सचिव डा। भिष्म अधिकारी समेत कार्यक्रममा सहभागि हुनुहुन्छ ।
    नागोयामा संगठनको स्थापनाकालदेखि सहयोग गर्ने केशर गिरी र बलराम भुषाल लगायतलाई कार्यक्रममा खादा आढाएर महासचिवले अभिनन्दन गर्नुभएको थियो । यसैगरि कार्यक्रममा महासचिवले संस्थाको वेवसाईड http://www.ndfjapan.org को कम्प्युटरमा किल्क गरेर शुभारम्भ समेत गर्नुभयो ।
    अझैपनि सहमति वेगर हतारमा निर्णय गरेर प्रधानमन्त्री छानियो भने देशले ३५ औं प्रधानमन्त्री त पाउला तर हाम्रा समस्या जस्ताका तस्तै रहन्छन् । यसैले यसमा पनि हामी निकै सजग छौं ।-महासचिवको कथन थियो । शान्ति प्रकृयालाई निष्कर्षमा पुरयाउने क्रममा एमाले कहिले कांग्रेससंग कहिले माओवादीसंग त कहिले राप्रपासंग नजिक रहेजस्तो देखिएपनि एमाले त्यस्तो लचकदार र ढुलमुले पार्टी नभएको महासचिवको तर्क थियो ।
    ' हाम्रो पार्टी अरुले सोचेजस्तो शान्त नदीमा डुंगा खियाएर आएको होइन । यसले आफ्नो जीवनमा थुप्रै आरोह अवरोहहरु पार गर्दै आईरहेको छ । यसैले एमालेले जहिले पनि गुणदोषलाई आधार बनाएर मात्र निर्णय गर्छ । यसको परिणाम ढिलो निस्कन्छ तर सहि निस्कन्छ । '- उहाँको भनाई थियो । 
    खुल्ला अन्तरक्रिया कार्यक्रमः जनवरि २ तारिख, टोक्यो तोगोसी गिन्जामा लोकतान्त्रिक मञ्च जापानको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका महासचिव तथा संगठन प्रमुख ईश्वर पोखरेल ।
    फोटो: नेपालजापान डट् कम्
    कार्यक्रममा एमाले सम्पर्क विभागका सचिव डा। भिष्म अधिकारीले जापानमा रहेका नेपालीहरुबाट नेपालले धेरै कुराहरु सिक्न सक्ने हुदा आफूले यहाँ सिकेका सीपलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गर्नुभयो । 
    नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष सरोज कँडेल माओवादी निकट जनप्रगतिशिल मोर्चा नागोयाका अध्यक्ष हर्क थापा कांग्रेस निकट जनसम्पर्क समितिका डिलाराम खरेल एनडिएफ जापानका सूर्यप्रसाद पाठक एनआरएन जापानका उपाध्यक्ष रोविन्द श्रेष्ठ लगायतले नेपालको शान्ति प्रकृयाका सम्बन्धमा चिन्ता व्यक्त गर्दै देशमा स्थायी सरकार निर्माणको वातारण तयार गर्न महासचिवसमक्ष कार्यक्रममा अनुरोध गरेका थिए । 
    एनडिएफ जापानका सचिव मिलन घिमिरेको साचालनमा भएको सो कार्यक्रम अध्यक्ष डा। दिलिपचन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका सहभागिहरुलाई सृजना आचार्यले स्वागत गर्नुभएको थियो भने प्रचार विभाग प्रमुख हरि पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
    यसअघि भएको प्रशिक्षण कार्यक्रमको सभापतित्व एनडिएफ तोकाइ होकुरिकु क्षत्रीय समितिका अध्यक्ष अन्जन खनालको सभापतित्वमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा एनडिएफ टोयोटा कमिटिका उपाध्यक्ष मेखबहादुर कार्कीले अतिथिहरुलाई पुष्पगच्छाले स्वागत गर्नुभएको थियो भने सहभागिहरुलाई अध्यक्ष बलराम भुषालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । विधान मस्यौदा समितिका संयोजक एवम् एनडिएफ जापानका प्रमुख सल्लाहकार डा. राजेन्द्रप्रसाद पराजुलीले सरसर्ती तयार गरिएको विधान मस्यौदा पढेर सुनाउनु भएको थियो । कार्यक्रमको साचालन सचिव अशोकचन्द्र अधिकारीले गर्नुभएको थियो ।

    1 comment:

    1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

      DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

      ReplyDelete