• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, October 28, 2010

    मिशन कान्दाको अभियानलाई सहयोग गरौं


    चितवनको विकट पहाडि क्षेत्र कान्दा गाउका अति विपन्न वासिन्दाको आडमा न्यानो पेटमा मानो ,मनमा शान्ति ,र अनुहारमा कान्ति ल्याउन पत्रकार एकल सिलवाल र रवीन्द्रसिह बानियाले मिशन कान्दा नामक हातेमालो अभियान संचालन गरिरहेका छन् । चितवनको लोथर गाविसमा पर्ने कान्दा गाउबाट भरतपुर आइपुग्न मात्र एक दिन पूरै लाग्छ ।
    यस अभियानबाट संकलित १ लाख १८ हजार ५ सय २७ रुपिया,नगद र ५० बोरा भन्दा बढी लत्ताकपडा उनीहरुले दशैंको मुखमा यो गाउमा लगि वितरण पनि गरे । यसबाहेक भत्केको स्कुल मर्मत विद्यार्थीका लागि स्टेशनरी खरिद र गाउमा लगी स्वास्थ्य शिविर चलाउने उनीहरुको सोच छ ।
    यो गाउका वासिन्दासंग न खाने खाना छ , न त जीउ ढाक्ने नाना नै । गएको जेठमा जंगलबाट ल्याएर खाएको च्याउ विषालु परेपछि यहि गाउमा एकै परिवारका आठ जनाको मृत्यु भयो । च्याउ खाएर विरामी परेकाहरुको उपचारको लागि गाउकै शिक्षक बालकृष्ण थपलियाले ठुलो मेहनत गरे । 
    अज्ञानताका कारण विषालु च्याउ खाएर ज्यान गमाउनुपर्दासम्मको कथाव्यथा अलग्गै छ । तर अन्तिम समयसम्म हिम्मत नहारेका
    शिक्षक बालकृष्ण्ँ थपलियाले चेपाङ परिवारलाई बचाउन हरसम्भव प्रयास गर्दा विरामीको औण्ण्सधि उपचार ,एम्बुलेन्स भाडा र मृतकको अन्त्येष्टि ,कात्रो किनेको समेत खर्चमा झण्डै २० हजार रुपिया, ऋण्ँ बोकेका रैछन् । पीडित परिवारले मृतकहरुको काजक्रियामा ३० हजार खर्च ऋण्ँ गरेरै जुटाएको रहेछ । राज्यबाट अहिलेसम्म एक रुपिया,पनि राहत उनीहरुले पाउन सकेका छैनन् ।

     शिक्षक बालकृष्ण थपलिया

    जो जहा रहेपनि संसारको एक कुनाबाट अर्को कुनामा रहेका नेपालीलाई परेको बेलामा सहयोग गर्ने हामी सबै नेपालीको कर्तव्य हो । कान्दा गाउका अति विपन्न वासिन्दाको आमा न्यानो ,पेटमा मानो ,मनमा शान्ति र अनुहारमा कान्ति ल्याउने यो हातेमालो अभियानमा हामी जापानवासी नेपालीहरुले पनि आफ्नो हात मिलाऔं । अनि समाजसेवा गर्दा बालकृष्ण सरलाई लागेको २० हजार र पीडित परिवारले मृतकहरुको काजकिरिया गर्दा लागेको ३० हजार रुपैया हामी सबै मिलेर तिरिदिन सके यो अभियानले सार्थकता पाउने थियो ।
    `मिशन कान्दा`हातेमालो अभियानका अभियानकर्ताकाले हामी सबैका लागि गरेको अपिल जस्ताको तस्तै यहा वियोगान्त कान्दाका हिम्मतिला नायकको कथामा पढ्न सकिन्छ । यसलाई पढेर तपाईहरुले पनि मिशन कान्दाको यो अभियान सहित शिक्षक बालकृष्ण थपलियालाई सहयोग गरौं ।अनि धेरै धेरै धन्यवाद यो अभियानको थालनी गरेकोमा पत्रकार एकल सिलवाल र रवीन्द्रसिह बानियालाई पनि
    वियोगान्त कान्दाका हिम्मतिला नायकको कथा
    नाम बालकृष्ण थपलिया ।
    उमेर २९ वर्ष । पेशा शिक्षण । 
    स्कुल कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालय कान्दा चितवन । 
    पद प्रधानाध्यापक । 
    स्कुल गाउँको सिरानमा छ । सबैभन्दा पुछारमा बाबुराम चेपाङको घर । गाउँको सिरानदेखि पुछारसम्म पुग्न २० मिनेट लाग्छ । गत जेठ १५ गते दिउँसो स्कुलमै बसिरहेका शिक्षक थपलिया बाबुरामको सिङ्गै परिवार विरामी छ भन्ने खबर पाएर त्यतै िहंडे । दिउँसो दुई बजे बाबुरामको घर पुग्दा परिवारका आठ जना िपंढीमा लडिरहेका थिए । ९ महिने शिशुदेखि ६५ वर्षीय वृद्धसम्म सबै शिथिल देखिन्थे । आँगनमा गाउँलेहरुको भीड थियो ।
    गाउँकै चेकराम चेपाङ िपंढीमा पल्टिएका विरामीलाई घरेलु औषधि खुवाउन व्यस्त थिए । विरामीलाई भने बीसको उन्नाइस नभएपछि औषधिमूलो गर्न काले झाक्रीलाई बोलाउँछु भन्दै चेकराम दुई घण्टा दूरीको कालीखोलातिर बतासको बेगमा हानिए । बिरामीलाई खुवाइएको औषधि कुकुर र सुँगुरको लिदी पानीमा मिसाएर बनाएको घोल रहेछ । त्यो खाएपछि उनीहरु वान्ता गर्न थाले । शिक्षक थपलियाले बोल्नसक्ने अवस्थाका बाबुरामलाई के भएको भनेर सोधे । अघिल्लो दिन बेलुका जङ्गली च्याउ खाएको थाहा भयो । ६५ वर्षका बाबुराम 'औडाहा भयो' भनेर छटपटिन थाले । उनको िपंडौला पनि बटारिएको देखियो । साढे तीन वर्षकी एक नातिनीको स्थिति पनि त्यस्तै थियो । ती दुवैलाई शिक्षक थपलियाले आँगनमा ओरालेर नुहाइदिए । अस्पताल जानुपर्छ घरमा बसेर निको हुँदैन भनेर उनले बाबुरामलाई सम्झाए तर मानेनन् । 'केही हुँदैन निको भइहाल्छ भनेर बाबुरामले अड्डी लिए'- थपलिया सम्झन्छन् ।
    झाँक्री लिन गएका चेकराम एक घण्टामै एक्लै फर्किए । आफू आउन नसक्ने बताएका झाँक्रीले केही उपाय सिकाएर पठाएछन् । त्यसैबमोजिम चेकरामले विरामीहरुलाई नून र खरानी खुवाइदिए । गर्भवती महिलाले नाघे च्याउको विष जान्छ भन्ने झाँक्रीको शिक्षाअनुसार गाउँभरि गर्भवतीको खोजी भयो । बाबुरामका विरामी छोरा पूर्णवहादुर आफै पनि बाँच्ने आशामा चार पाउ टेकेर 'गाउँमा कोही गर्भवती छन् कि' भनेर सोद्धै िहंडे तर कोही फेला परेनन् । त्यसपछि चेकरामले नै सबैलाई सात-सात पटक नाघिदिए । यी सब हेरिरहेका शिक्षक बालकृष्ण विरामीहरुलाई तत्काल अस्पताल पुर्याउन चाहन्थे । तर सोचेजस्तो सजिलो थिएन ।
    विस्तारै रात पर्न लागेको थियो । नजिकको अस्पताल भरतपुर पुर्याउन कम्तीमा १२ घण्टा लाग्छ । त्यसमा ११ घण्टाजति त डोकोमा बोकेर उकालो ओरालो र भीरको बाटो िहंड्नुपर्छ । राति लैजान सम्भव नदेखेपछि गाउँलेहरुलाई कुर्न लगाएर साँझ थपलिया स्कुलतिर उक्लिए । विहान उज्यालो नहुँदै स्कुल आइपुगेका चेकराम चेपाङले बाबुरामकी साढेतीन वर्षकी नातिनी आइतीमायाको राति तीन बजे ज्यान गएको खबर ल्याए । त्यो सुनेपछि थपलिया 'अब बाँकी रहेकालाई बचाउनुपर्छ म कोसिस गर्छु' भन्दै मोबाइल फोन बोकेर गाउँदेखि माथिको ज्यारबाङ डाँडातर्फ उक्लिए । त्यहाँ पुगेपछि मोबाइल टिप्थ्यो । डेढ घण्टामा डाँडामाथि पुगेका शिक्षकले त्यो क्षेत्रको स्वास्थ्य चौकी यौरालीटारका इाचार्ज राममणि सिलवाललाई फोन गरी विरामी अस्पताल पुर्याउन मद्दत मागे । सम्भव भएसम्मको प्राथमिक उपचार गरिदिन र भरतपुर लैजान हात्तीढापबाट एम्बुलेन्सको व्यवस्था मिलाइदिन आग्रह गरे । एम्बुलेन्स पाउने पक्का भयो भने विरामीलाई पाँच घण्टा बोकेर हात्तीढाप पुर्याउन सकिन्थ्यो । त्यहाँसम्म मोटर आइपुग्न सक्छ । तर स्वास्थ्यचौकीका इाचार्जले विरामीको उपचार त्यहाँ सम्भव नहुने र एम्बुलेन्स बोलाउन पनि नसक्ने जवाफ दिए । आक्रोस आएपनि निरास नभएका थपलिया आशालाग्दो खबरविना नै बाबुरामको घर पुगे ।
    'अरु कसैको सहयोग नपाए गाउँलेको साथ लिएर बाँचेकालाई जसरी पनि अस्पताल पुर्याउँछु भन्ने आँट आयो-उनी भन्छन् । तर बिरामीहरु सबैको अवस्था नाजुक हुँदै गएको थियो । अरु सबै निकै नै गलेका देखिन्थे । अलि टाठो देखिने बाबुरामका छोरा पूर्णवहादुर २३ लाई अस्पताल िहंडाइहाल्ने र त्यसपछि अरु योजना बनाउने विचार उनमा आयो । १४ गते च्याउ खाने बाबुरामका दुई छोरामध्ये कान्छा जीतवहादुर भोलिपल्ट विहानै कोराकतिर िहंडेकाले घरमा थिएनन् । थपलियाले १५ गते बेलुका नै सीतावहादुर चेपाङको बाबुछोरालाई उनको खोजी गर्न पठाएका थिए । १६ गते विहानसम्म खोज्न जानेहरु पनि बेखबर भएपछि ती सबैको खोजी गर्न रामवहादुर लालिकराम रेमलाल श्रीराम र अन्तरे चेपाङ गरी पाँच जनाको दोस्रो टोली कोराकतर्फ पठाए ।
    छिमेकी गाविस भएपनि कोराक पुगेर कान्दा फर्कन एक दिन पूरै लाग्थ्यो । च्याउ खाएकाले विरामी नै हुन सक्ने अनुमान गरी जीतवहादुृरलाई खोजेर उपचारार्थ अस्पताल पुर्याउन शिक्षक थपलियाले दुई वटा टोली पठाएका थिए । उनको अत्तोपत्तो नभएपछि पूर्णवहादुरलाई मात्र भए पनि डोकोमा बोकेर अस्पताल लगिहाल्ने तयारीमा उनी लागे । दिउँसो तीन बजे बाबुरामकी श्रीमती मतिमाया ६० को पनि मृत्यु भयो । अस्पताल लैजान ठीक्क पारिएका पूर्णवहादुरले १२ घण्टाको बीचमा छोरी र आमा गुमाएका थिए । दुवै शवहरु िपंढीमा कपडाले छोपेर राखिएको थियो । मृत आमा र छोरीको अनुहार हेरेर बाबुसँग विदा मागी पूर्णवहादुर डोकोमा चढेको बालकृष्ण सम्झन्छन् । 
     दुई जना गाउँलेको साथ पाएका शिक्षक बालकृष्ण दिउँसो चार बजे पूर्णवहादुरलाई लिएर घरबाट निस्किए । रातभर िहंडेर भोलिपल्ट विहानसम्ममा विरामी अस्पताल पुर्याउने आशा उनले गरेका थिए । डेढ घण्टा उकालो िहंडेर मैदानेडाँडा पुगेपछि भीषण वर्षा हुन थाल्यो । पानीमा रुझ्दै भीरको बाटो विरामी लिएर राति िहंंड्दा अर्को दुर्घटनाको डर भयो । त्यो रात त्यहीं वास बसेर भोलिपल्ट विहानै िहंड्ने सल्लाह भयो । डाँडाको एक्लो लालिकराम चेपाङको घरमा वास बस्ने योजना बन्यो । पूर्णका भाइ सन्तवहादुरको खोजीमा गएको टोली पनि उनलाई डोकोमै बोकेर साँझ साढे ६ बजे त्यहीं आइपुग्यो । उनलाई कोराकको ननथलामा सिकिस्तै भएर लडिरहेको अवस्थामा उद्धारटोलीले भेटेको थियो । दुवै दाजुभाइलाई रातभर डाँडामै राखेर भोलिपल्ट सँगै अस्पताल लैजाने निर्णयमा बालकृष्ण पुगे ।
    विरामी बोक्ने मान्छे नपुगेर भोलिपल्ट विहान डाँडाबाट गाउँतर्फ चिच्याउँदा बाबुरामको पनि राति तीन बजे नै मृत्यु भएको खबर पाए । त्यसपछि अरु कोही नबाँच्ने भए परिवारको बीउ मात्र भए पनि  बचाउनुपर्यो भनेर दुवै दाजुभाइलाई बोकेर विहान सबेरै अस्पताल हिडियो-बालकृष्ण भन्छन् । भीरको बाटो डोको बोक्ने र समाउने गरी एक विरामी बोक्न चार जना चाहिन्थ्यो । गाउँका सेतुलाल कर्णिसंह रेमलाल श्रीराम दिलवहादुर चेपाङ र उनी समेत सात जना थिए । शिक्षक थपलियाले पनि पालैपालो विरामी बोके । दुई घण्टा िहंडेपछि टेलिफोन टिप्ने कुईंभीर आइपुग्यो । त्यहाँबाट भरतपुरको कालिका एफएमलाई समाचार टिपाएर बाँकी विरामी उद्धारका लागि प्रहरीको ध्यानाकर्षण गराइदिन आग्रह गरे । सात घण्टा िहंडेपछि कोराकको समिटारमा एउटा गाडी फेला पर्यो । त्यसैमा राखी दिउँसो दुई बजे पूर्णवहादुर र जीतवहादुरलाई भरतपुर अस्पताल पुर्याए ।
     उपचार थालिएपछि विरामीहरुको अवस्थामा सुधार देखियो । आङमा गतिलो कपडा थिएन । शिक्षक थपलियाले नै उनीहरुलाई एक-एक जोर कपडा किनेर लगाइदिए । संयोगबस दिउँसो स्कुलका पियन कृष्णवहादुर चेपाङले ज्यारबाङ डाँडाबाट बालकृष्णलाई फोन गरे । बालकृष्णले विरामीको अवस्था सुधि्रएकाले बाँकी अरुलाई पनि अस्पताल पठाउन भने । मरेका तीनमध्ये बाबुराम दम्पतीको शव िपंढीमै थियो । छोराहरु निको भएर आएपछि दाहसंस्कार गर्लान् भनेर गाउँलेले नजलाई राखेका थिए । विरामी अस्पताल लैजानुपर्ने भएपछि परम्पराअनुसार शवहरु जलाउनुपर्ने भयो तर समय थिएन । घरमाथि चिलाउनेको फेदमा खाल्डो खनेर दुवै शव गाडी बाबुरामका जीवित दुई बुहारी र एक नातिनीलाई डोकोमा बोकेर सात जना छिमेकीहरु त्यसै दिन बेलुका पाँच बजे अस्पतालतिर लागे ।
    रातभर िहंडेर पूर्व-पश्चिम राजमार्गको वीरेन्द्रनगर निस्किई गाडी चढाएर विरामीलाई अस्पताल पुर्याउँदा भोलिपल्ट विहान तीन बज्यो । त्यसको एक घण्टा नबित्दै बाबुरामकी ६ वर्षीय नातिनी मंगलीमायाको मृत्यु भयो । छोराहरु पूर्णवहादुर र जीतवहादुरको अवस्था सामान्य नै देखिन्थ्यो । उनीहरु पत्रकारहरुसँग कुराकानी पनि गरिरहेका थिए । कमजोर हुँदै गएका दुई बुहारीहरु चन्द्रमाया र माजुलाई अस्पतालको सघन उपचार कक्ष आईसीयु मा सारियो । त्यसै दिन अर्थात् च्याउ खाएको पाचौं दिन दिउँसो तीन बजे माजु र साँझ ६ बजे चन्द्रमायाको ज्यान गयो । उनीहरुकै बेडमा पूर्णवहादुर र जीतवहादुरलाई सारियो । अघिल्लो दिनसम्म जाउलो खाइरहेका पूर्णवहादुर छेटौं दिन विहानैदेखि बोल्न छाडे । 'दाइको त्यो अवस्था देखेपछि आँत्तिएको जीतवहादुरलाई पनि जाउलो खुवाउन सकिन । त्यसपछि पोल्यो भनेर रुन थाल्यो'-शिक्षक बालकृष्णले विरामी स्याहार्दाको अनुभव सुनाए ।
    'पिसाबको पाइप निकालीदेऊ पोल्यो' भन्दै नस्रहरुसँग चिच्याएका जीतवहादुर बेसरी छटपटाउन थाले । आफैले पिसाबको पाइप निकाल्न खोजे । नस्रहरुले उनको हातगोडा बाँधिदिए । 'मलाई यहाँ मार्न लागे । खोलिदेऊ सर म घरै गएर मर्छु' भन्दै बालकृष्णसँग आग्रह गर्न थाले । 'त्यो देख्दा साह्रै पीडा भयो तर मैले पनि नखोलिदिएपछि नस्रहरुलाई थुक्न थाल्यो । उनीहरुले मुखमै कुट बाँधिदिए । डाक्टरहरुसँग काठमाण्डौ लगेर भएपनि एउटालाई त बचाउँछु पठाइदिनुस् भनें । बेलुका आठ बजे अस्पतालले डिस्चार्ज गरिदियो अनि उतै लिएर गएँ'- पैसाको अभावमा एम्बुलेन्स पनि उधारोमा लिएर गएको सम्झँदै शिक्षक बालकृष्ण भन्छन् । उनी मुग्लिन नपुग्दै भरतपुर अस्पतालको आईसीयुमा पूर्णवहादुरले अन्तिम सास फेरेका थिए । चरम पीडाले सम्हाल्नै नसक्नेगरी छट्पटाइरहेका जीतवहादुरले मलेखु पुगेपछि होस गुमाए । राति एक बजे काठमाण्डौको वीर अस्पताल पुर्याइए पनि अवस्था बुझेपछि अस्पतालले भर्ना लिन इन्कार गरदियो ।
    'त्यहाँ एकै छिन वाहिर राख्न पनि दिएनन् । चितवनका सभासद्हरुलाई फोन गर्दा मोबाइलको स्वीच अफ थियो । चिनेको अरु कोही थिएन । अस्पतालले बेडको पैसा नलिए पनि औषधि एम्बुलेन्स गाउँबाट विरामी ल्याउनेहरुलाई आउनेजाने गाडीभाडा र कुर्न बस्नेहरुको खानाखर्च गर्दा २० हजार जति ऋण लागिसकेको थियो । पैसा पनि खल्तीमा ६ सय मात्र बाँकी थियो । वीर अस्पतालका एक जना विरामी कुरुवा ज्ञानेन्द्रिसंह कार्कीको सहयोगमा राति नै टयाक्सीमा राखेर पाटन अस्पताल पुर्याएँ । बाँकी पैसा पनि ट्याक्सीलाई तिरेपछि खल्ती रित्तियो तर आफैलाई धरौटी राखेर भए पनि उपचार गर्छु भन्ने हिम्मत थियो'-उनी सम्झन्छन् । 
    राति दुई बजेदेखि आकस्मिक कक्षमा जीतवहादुरको उपचार शुरु भयो । औषधिहरु महङ्गा थिए । एउटै सूईलाई रु ३५ सय पथ्र्यो । सँगसँगै रगत पनि चढाउनुपर्ने भयो । बालकृष्णले चन्दा उठाएर भए पनि तिर्ने विश्वास दिएर अस्पतालभित्रकै फार्मेसीबाट औषधिहरु लिए । विहान चितवनकै रेडक्रसकर्मी अनिता मैनाली आएर रु १ हजार दिइन् । सभासद्हरु गोविन्द चेपाङ र लालमणि चौधरीलाई फोन गरेर बोलाए । उनीहरुले रु १५ हजार सहयोग गरे । अस्पतालमा लागेको खर्च त्यसैले पुग्यो । उपचार शुरु भएपछि विरामीको अनुहार अलि उज्यालो देखिएको थियो तर सघन उपचार कक्षमा अचेत भएर लडिरहेका जीतवहादुरलाई पनि भोलिपल्ट २२ जेठको साँझ ६ बजे अस्पतालले मृत घोषित गर्यो । बालकृष्णमा साहस नमरे पनि उनले बचाउने आँट गरेका विरामीहरु कोही पनि बाँचेनन् । भोलिपल्ट दिउँसो अरु तीन जना मलामीको साथमा पशुपति आर्यघाटमा जीतवहादुरलाई जलाएर बालकृष्ण चितवन फर्किए ।
    भरतपुर अस्पतालमा ज्यान गुमाएका पूर्णवहादुरलाई पनि त्यही दिन बालकृष्णकै सहकर्मी शिक्षक सहदेव पाठक र अरु ६ जना छिमेकीले नारायणी नदीको किनारमा गाडिदिए । पूर्णवहादुरका श्रीमती छोरी र बुहारीलाई समेत एक दिनअघि त्यहीं ठाउँमा एकै चिहान बनाएर अन्त्येष्टि गरिएको थियो । यी सब परिस्थितिहरुलाई पछार्न चाहने शिक्षक बालकृष्ण थपलिया एक पटकलाई विफल भएका छन् तर सबै परिस्थिति प्रतिकुल हुँदाहुँदै पनि विपत्तिमा परेकालाई बचाउनुपर्छ भन्ने उनको हिम्मतले निराश हुनेहरुलाई हराइदिएको छ । अरु दुई शिक्षकमा एक जना विरामी र अर्काले पनि उनलाई साथ िदंदैमा ठिक्क भएकाले थपलियाको स्कुल यो घटनामा एक साता वन्द भएको थियो । उनी विकट बस्तीमा बसेर पढाउने ती सबै शिक्षकहरुको प्रतिनिधि पात्र हुन् जसले चुनावको बेला वाहेक जहिलेसुकै देशका सम्पूर्ण राजनीतिक शक्ति र राज्यका लोककल्याणकारी निकायहरुको जिम्मेवारीको भारी एकमुष्ट बोक्नुपर्छ । भन्छन् 'मैले सके जति गर्दा पनि विरामी कसैलाई बचाउन सकिन । त्यति पनि नगरेको भए मसँग पश्चात्ताप मात्र हुन्थ्यो होला तर अहिले पीडा छ पश्चात्ताप छैन । यही सम्झिएर चित्त बुझाउँदैछु ।' 
    बाबुराम चेपाङको एकै छानामुनि बस्दै आएको परिवारमा पूर्णवहादुरका नौ महिने छोरा सन्सरवहादुर मात्र जीवित छन् । ती शिशु च्याउ नखाएकाले बाँचेका थिए । उनलाई शिक्षक थपलियाकै प्रयासमा एसओएस बालग्राम भरतपुरले जिम्मा लिएको छ । बाबुराम चेपाङका तीन श्रीमतीबाट ३० सन्तान जन्मिएका थिए । जेठी देवीमायातर्फका १२ मध्ये दुई छोरी र एक छोरा जीवित छन् । अरु सानैमा मरे । माहिली कोपीमायाले ६ वटा जन्माएकोमा पूर्णवहादुर र जीतवहादुर मात्र हुर्किएका थिए । तीन वटा सानैमा मरे । अन्तिम पटकको सुत्केरी व्यथाले उनी आफू पनि बाँच्न पाइनन् । कान्छी मतिमायाले जन्माएका १२ सन्तानमा कोही पनि बाँचेनन् । माहिलीका दुई छोरा र कान्छी मतिमायालाई लिएर बसेका बाबुरामको परिवार एक छाक च्याउले उजाड भयो । उनकी जेठी श्रीमती देवीमाया २० वर्षदेखि अलग्गै बस्दथिन् । सिङ्गै परिवार सखाप भएको चोट सहने र घर सम्हाल्ने जिम्मा अब उनकै काँधमा आएको छ । पहिले मरेका आठ जनाको काजकि्रया गर्ने कि उनीहरु विरामी छँदा उपचारमा लागेको ऋण तिर्ने  देवीमाया दोधारमा छिन् । मृतकका परिवारलाई आर्थिक सहयोग गर्न गृह मन्त्रालयसँग आग्रह गरिए पनि त्यो कति र कहिले आउँछ भन्ने निश्चित नभएको चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले वताए । 
    राज्यविहीनताको यो हद !
    शिक्षक बालकृष्णले सूचना दिएको भोलिपल्ट १७ जेठको दिन इलाका प्रहरी कार्यालय खैरहनीले नौ प्रहरीको टोली विरामीको उद्धार गर्न र मरेकाहरुको सर्जमिन मुचुल्का उठाउन कान्दा गाउँतर्फ पठायो । उद्धार टोलीमा दुई जना स्वाथ्यकर्मी पनि थिए । घटनास्थलसम्मको दूरी र जाने बाटोबारे प्रष्ट नभई िहंडेको टोली त्यस दिन कोराकको थाकलटार पुगेर आधा बाटोमै वास बस्यो । भोलिपल्ट साँझसम्म पनि टोली घटनास्थल पुग्न सकेन । बरु शिक्षक बालकृष्णको सल्लाहअनुसार अघिल्लो साँझ नै गाउँलेले डोकोमा बोकेर लगेका विरामी त्यस दिन विहानै अस्पताल पुगिसकेका थिए । गएको दुई दिनसम्म पहिलो टोली सम्पर्कमा नआएपछि उनीहरुको खोजी गर्न इलाका प्रहरी कार्यालय भण्डाराले दुई मोटरसाइकलमा चार प्रहरी लोथरतर्फ पठायो । तिनीहरु पनि हराए ।
    हराएका प्रहरी र स्वास्थ्यकर्मीको उद्धार गर्न तेस्रो दिन फेरि जिल्ला प्रहरी कार्यालय चितवनले थप आठ प्रहरीलाई चार वटा मोटर साइकलमा खटायो । ती सबै लोथरको यौरालीटारमा भेट भई सँगै फर्किएका थिए । उता जिल्ला प्रहरी कार्यालय चितवनले भने खटाएका सबै प्रहरी बेखबर भएपछि शिक्षक बालकृष्ण थपलियालाई कार्यालयमा बोलाएर 'कस्तो ठाउँमा प्रहरी बोलाएको हराएमा तपाईंले जिम्मा लिनुपर्छ' भनी सोधपुछ गरेको थियो । विरामीको उद्धार गरेर आफ्नो काम गरिदिएकोमा धन्यवाद दिनुपर्नेमा प्रहरीबाट उल्टै उनले खप्की खानुपर्यो । गाउँलेले आश्चर्य त केमा मानेका छन् भने मृतकको सर्जमिन मुचुल्का उठाउन र विरामीको उद्धार गर्न गएको प्रहरी टोली तीन दिनसम्ममा पनि घटनास्थल नपुगी तल बेंसीको जकतिस भन्ने ठाउँबाट कान्दा गाउँ हेरेर फर्किएछ । प्रहरीले बाबुराम चेपाङको घर भनेर एउटा फोटो पनि खिचेर भरतपुर लगेको थियो तर त्यो घर बाबुरामकी २० वर्ष अघिदेखि नै अलग बस्दै आएकी जेठी श्रीमती देवीमायाको रहेछ । त्यहाँबाट अरु डेढ घण्टा िहंडेपछि मात्र कान्दा पुगिन्छ । 
    अन्धविश्वासको आगोमा सबै जले
    छिमकीहरुको भनाइअनुसार विषालु च्याउले िसंगै परिवार सिद्धिनुको कारण घरमूली बाबुराम चेपाङमा व्याप्त अन्धविश्वास नै थियो । उनले घरदेखि पारिको जङ्गलमा फलेतोको रुपमा पलाएको च्याउ टिप्न लाग्दा सँगै रहेकी श्रीमती मतिमायाले 'यो खान नहुने च्याउ जस्तो छ नलैजाऊँ' भनेकी थिइन् । घरमा ल्याएर केलाउन लाग्दा पनि साला धनवहादुर र साढुभाइ साजुरामले च्याउ विषालु भएकाले नखान सल्लाह दिएका थिए । साजुरामले त 'आफू त मर्छ मर्छ गाउँलेले समेत दुःख पाउँछ यो च्याउ नखाऊ- भनेका थिए । गाउँमा झारफुक गर्ने गरेका बाबुरामले आफूसँग च्याउको विष मार्ने विद्या भएको दाबी गर्दै आफैले पकाएर परिवारलाई खुवाएका थिए । जेठा छोरा पूर्णवहादुरले च्याउ खान नमानी आफ्नो लागि छुट्टै तरकारी पकाउन बारीबाट रायोको साग ल्याएका थिए । उनलाई पनि बाबुरामले हप्काएर खुवाएको छिमेकी कानवहादुर चेपाङले वताए । पूर्णवहादुरले पकाउन नपाएपछि ओइलाएर बसेको साग तीन दिनपछि फ्याँकिएको थियो । गाउँमा कोही विरामी हुँदा उपचार गर्ने व्यक्ति बाबुराम नै थिए । उनी विरामीलाई झारफुक गर्थे र जडिबुटी पनि खुवाउँथे । आफूहरु विषालु च्याउ खाएर विरामी भएपछि कुकुर र सँुगुरको दिसा पानीमा घोलेर खुवाउन चेकरामलाई बाबुराम आफैले सिकाएका थिए । यस्तो अन्धविश्वास गाउँका सबैमा छ । 
    हाम्रो अपिल
    अन्तिम समयसम्म हिम्मत नहारेका शिक्षक बालकृष्ण थपलियाले चेपाङ परिवारलाई बचाउन हरसम्भव प्रयास गर्दा विरामीको औषधिउपचार एम्बुलेन्स भाडा र मृतकको अन्त्येष्टि कात्रो किनेको समेत खर्चमा झण्डै २० हजार रुपियाँ ऋण बोकेका छन् । पीडित परिवारले मृतकहरुको काजकि्रयामा ३० हजार खर्च ऋण गरेरै जुटाएको छ । राज्यबाट एक रुपियाँ पनि राहत पाउन सकेनन् । चितवनको सुविधासम्पन्न भूमिमा बसोबास भएर पनि सेवाभावकै कारण विकट कान्दा गाउँमा पढाउन गएका शिक्षक थपलियाले नमुना उद्धारकर्मको नायक बनेर मानवतामाथि लगाएको गुन हामी तिर्न सक्दैनौं तर यो पवित्र सेवाका कारण उनमा थोपरिएको ऋण तिर्न थोपाथोपा योगदान गर्न सक्छौं कि  मानवीय सेवाको उदात्त भावनालाई मर्न नदिऊँ । बालकृष्णहरुको हिम्मत बचाऊँ र यस्ता अरु बालकृष्णहरुको पनि खोजी गरौं । 
    एकल सिलवाल
    रविन्द्रिसंह वानिया
    कान्दा, चितवन

    2 comments:

    1. Mission Kanda NGO kheti nabanos... Shubhakamana.

      ReplyDelete
    2. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

      DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

      ReplyDelete