• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 5, 2010

    नेता इमानदार भएनन्? शिक्षामा सुधार गर!

    -प्रा. हाजिमे यामसिता
    म पहिलोपल्ट सन् १९९८ मा एक जना जापानी समाजसेवीसँग नेपाल आएको थिएँ। त्यतिबेला नै मलाई यो ठाउँ औधी मन पर्‍यो। यहाँको प्राकृतिक छटा र मानिसहरूको जीवनप्रतिको आशावादले मलाई छोयो। नेपालप्रति म यति मुग्ध भएको छु कि १२ वर्षमा १२/१३ पल्ट नेपाल आइसकेँ। अझै आउन पुगेको छैन। जति आए पनि आइरहुँ जस्तो लाग्छ। नेपालका गाउँघर घुम्दा धेरै असुविधा र गरिबी देखिन्छ। त्यहाँ मानिसहरू धेरै सङ्घर्ष गरेर बाँचेका छन्। तर पनि उनीहरूमा आशा र सकारात्मक सोच उत्तिकै पाइन्छ।
    http://i38.tinypic.com/i3clg1.jpg
    यामसिता काठमाडौंमा।
    तस्विरः सुदर्शन घिमिरे
    जापान एउटा समृद्ध देश भए पनि त्यहाँ बर्सेनि २५/३० हजार मानिस निराश भएर आत्महत्या गर्न पुग्छन्। गरिबी, अव्यवस्था र अभावका बीच पनि नेपालीहरूमा जीवनप्रतिको आशा गहिरो भएका कारण यहाँ आत्महत्याको दर एकदमै नगन्य रहेछ। यस दृष्टिमा नेपाल धेरै सम्पन्न मुलुक हो। भौतिक र आर्थिक समृद्धि मात्र सबैथोक होइन रहेछ, जीवनलाई हेर्ने दृष्टिकोण त्योभन्दा महत्वपूर्ण रहेछ भन्ने कुरा नेपाल आएर सिकेँ मैले।
    नेपालीहरूले जीवनको गरिमा र महत्व बुझेका रहेछन्। जीवनप्रति अविचलित आशा र सकारात्मक सोचले गर्दा नेपाल एक दिन आर्थिक तथा भौतिक रूपले पनि समृद्ध मुलुक हुनेछ भन्ने कुरामा मलाई कुनै सन्देह छैन। आशावादले नै यहाँका मानिसहरूलाई समस्या र चुनौतीसँग लड्दै समृद्धिको लक्ष्य हासिल गर्न सघाउने छ।
    आज नेपालले द्वन्द्व, गरिबी र अविकास जस्ता समस्याहरूको सामना गरिरहेको छ। जापानले योभन्दा पनि ठूलो सङ्कट दोस्रो विश्वयुद्धमा ध्वस्त भएपछि सामना गर्नु परेको थियो। मैले पढाउने स्कूलको भवन पनि अमेरिकी सेनाको बमले ध्वस्त भएको थियो। युद्धपश्चात् देशको शिक्षालगायत पुनर्निर्माणका कार्यलाई कसरी अगाडि बढाउने भन्ने छलफल भइरहेको थियो। यसै मेसोमा अमेरिकी सरकारले जापानमा अमेरिकाकै जस्तो शिक्षा नीति लागू गर्ने सिफारिस गर्‍यो। त्यतिबेला अमेरिकामा शिक्षक आफैँले स्थानीय आवश्यकता अनुसारको पाठ्यक्रम बनाउने र सोहीअनुरुप पढाउने प्रचलन रहेछ। हाम्रो सरकारले पनि सोही नीति अनुसरण गर्ने निर्णय गर्‍यो। त्यसले हाम्रा शिक्षकहरूमा ठूलो हलचल ल्यायो। किनभने शिक्षकले पहिलोपल्ट आफैँ सोच्नुपर्ने भयो। त्यसअघि शिक्षकहरू पाठ्यपुस्तकमा भएका कुरा विद्यार्थीलाई रटाएर बस्थे। तर अब त शिक्षकले के रटाउने भनेर पनि सोच्नुपर्ने भयो!
    समुदायको अवस्था र त्यहाँ ल्याउनुपर्ने परिवर्तनलाई केन्द्रमा राखेर पाठ्यक्रम बनाउन भनियो। साना कक्षामा स्थानीय कुराहरू पढाउन जोड दिइयो भने क्रमशः माथिल्ला कक्षाहरूमा क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका कुराहरू पढाउने नीति लिइयो। तर यसनिम्ति सोच्ने, नयाँ पाठ्यक्रम बनाउने र त्यस अनुसार पढाउने समेत सबै जिम्मेवारी शिक्षकलाई नै दिइयो। जसरी शिक्षकहरूलाई पाठ्यक्रम बनाउन दिइयो, त्यसरी नै उनीहरूले विद्यार्थीहरूलाई आफ्ना साथीहरूसँग सिक्न र आफूले जानेका कुरा सिकाउन लगाए। यसका लागि अन्तरक्रिया र समूहमा अध्ययन गर्ने विधि अपनाइयो। कुनै समस्या या विषयवस्तुका बारेमा विद्यार्थीहरूलाई एकापसमा छलफल गर्न लगाइयो। त्यहाँ समस्या आइपरेमा वा नबुझेको कुरा बुझाउने काम चाहिँ शिक्षकहरूले गर्न थाले। अर्थात् शिक्षकको काम छलफललाई सहजीकरण गर्ने मात्र हुन गयो। अमेरिकीहरूले सिकाएअनुसार लागू गरिएको यो उपाय निकै उपलब्धिमूलक देखियो। यसले विद्यार्थीहरूमा पनि नयाँ कुरा जान्नका लागि खोज्ने र चिन्तनशील हुने संस्कारको थालनी गरायो। जापानको शिक्षाको लागि यो ठूलो ‘टर्निङ प्वाइन्ट’ थियो, जसले आधुनिक र समृद्ध जापान बनाउन निर्णायक योगदान गर्‍यो।
    केही स्कूलहरू घुमेको र शिक्षकहरूसँग कुराकानी गरेको आधारमा भन्नुपर्दा, अहिले नेपालको पढाइ परीक्षामुखी छ। जाँच पास गर्नु नै यहाँको पढाइको मुख्य अभीष्ट जस्तो देखिन्छ। यसले गर्दा जीवनका लागि चाहिने आधारभूत सीपहरू सिक्नबाट बालबालिका वञ्चित भइरहेका छन्। अनि शिक्षकहरू कक्षाको अगाडि उभिएर विद्यार्थीलाई निर्देशन दिनमा नै धेरैजसो समय खर्च गरिरहेका देखिन्छन्। तर यो विधिबाट केटाकेटीहरूले खासै सिक्न सक्दैनन्। बरु शिक्षकहरू पछाडिको बेञ्चमा बसेर विद्यार्थीलाई कुनै समस्या या नयाँ विषयमा छलफल गर्न दिनु उचित हुन्छ। समाधानको बाटो पहिल्याउने या नयाँ–नयाँ खोज गर्ने प्रेरणा र अवसर केटाकेटीहरूलाई नै दिनुपर्छ। त्यहाँ शिक्षक राम्रो सहजकर्ता वा केही हदसम्म ‘मेन्टर’ बन्ने गर्नु राम्रो हुन्छ।
    खासगरी हामी शिक्षकहरूले के कुरा सम्झिराख्नुपर्छ भने शिक्षाको ध्येय विद्यार्थीलाई आज्ञापालक बनाउने होइन, बरु उसलाई आफैँ सोच्न सक्ने खोजकर्ता बनाउने हो। यहाँका केही स्कूल घुम्दा मलाई यो कुराको अभाव निकै खट्कियो। शिक्षकको काम विद्यार्थीहरूलाई आफैँ खोज गर्न प्रेरित गर्ने र त्यस क्रममा आइपरेका समस्या हल गर्न सहजीकरण गर्ने मात्र हो। विद्यालय, समाज र देशका समस्याका बारेमा छलफल गर्ने र समाधानका उपायहरू खोजी गर्ने काममा उनीहरूलाई नै अग्रसर गराउनुपर्छ। चिन्तन तथा मनन् गर्ने काम अब विद्यार्थीहरूको हो, शिक्षकको होइन। यसका लागि धेरै पूर्वाधार पनि चाहिन्न र खर्चिलो पनि हुन्न। यसनिम्ति चाहिने मुख्य कुरा भनेको सिकाउने पद्धतिमा परिमार्जन/परिवर्तन नै हो।
    स्कूल राम्रो बनाउने सबैभन्दा निर्णायक तत्व स्कूलको व्यवस्थापन हो। जापानमा स्कूललाई सुव्यवस्थित तुल्याउन पूर्व विद्यार्थीहरूलाई स्रोतका रूपमा प्रयोग गर्ने गरिन्छ। हरेक स्कूलमा पूर्व विद्यार्थीहरूको समूह वा क्लब (एल्मुनाइ) बनाउने गरिन्छ, जहाँ उनीहरूको भावनात्मक लगाव समेत हुन्छ। एल्मुनाइ को हरेक वर्ष बृहत् भेला हुने गर्छ। आफ्नो भविष्य बनाउन महत्वपूर्ण योगदान गरेको स्कूलको प्रगतिमा सघाउन पूर्व विद्यार्थीहरू हृदयदेखि नै समर्पित हुन्छन्। अधिकांशले आफ्नो कमाइको निश्चित हिस्सा स्कूललाई चन्दाका रूपमा हरेक वर्ष दिइरहेका हुन्छन्। जापानमा जुन स्कूलको एल्मुनाइ बलियो र प्रभावकारी हुन्छ, त्यो स्कूल राम्रो र स्तरीय मानिन्छ। साधन–स्रोत जुटाउन र नयाँ–नयाँ ज्ञान तथा सीप भित्र्याउन पनि यो उपाय प्रभावकारी हुने गरेको छ। मेरो विचारमा, नेपालमा पनि यो अवधारणा लागू गर्न सकिन्छ। नेपालका स्कूलहरूको दिगो विकास र प्रगति सुनिश्चित तुल्याउन यो एउटा भरपर्दो उपाय हुन सक्दछ।
    आर्थिक विकास र शिक्षा एकअर्कासँग घनिष्ट रूपले गाँसिएका कुरा हुन्। मानिसहरू शिक्षित र सीपयुक्त भए भने मात्रै तिनले राम्रोसित काम गर्न र आर्थिक विकासलाई टेवा दिन सक्छन्। देशको आर्थिक विकास भयो भने शिक्षामा लगानी बढाउन सकिन्छ, जसले गर्दा शिक्षाको गुणस्तर बढाउन मद्दत पुग्छ। जापानको आर्थिक विकासमा शिक्षाको ठूलो देन छ। एकातिर जापानले पाठ्यक्रम शिक्षकलाई नै बनाउन लगाउने, प्राथमिक तहसम्म निःशुल्क र अनिवार्य गर्नेलगायतका सुधारात्मक कदम चाल्यो भने अर्कातिर यसनिम्ति अत्यावश्यक धनराशिको जोहो पनि गर्‍यो। शिक्षामा गरिएको नीतिगत सुधार र लगानीको सार्थक परिणाम एकदशक पनि नपुग्दै देखिन थाल्यो– आर्थिक वृद्धिदर र विकास दुवैले गति लिए। कलेज पढेका हरेक जापानीलाई रोजगारीको अनिवार्य व्यवस्था गरियो, जसले गर्दा एकातिर उनीहरूको जोशिलो र उर्वर समय देश विकासमा सदुपयोग भयो भने अर्कातिर उनीहरूमा निराशा र कुण्ठा जाग्ने मौकै मिलेन।
    आर्थिक विकासको लागि तीनवटा कुरा महत्वपूर्ण रहेछन्। पहिलो, ‘म गर्न सक्छु’ भन्ने आत्मविश्वास। दोस्रो, केही गर्ने अठोट। र, तेस्रो नयाँ–नयाँ विचार (आइडिया)। स्कूलले यी तीनवटै कुरा किशोर–किशोरीहरूको दिमागमा बीजारोपण गरिदिनुपर्छ।
    केटाकेटी/किशोरकिशोरीहरूमा आत्मविश्वास जगाउने र ‘केही गर्ने’ अठोट जागृत गराउने काम मुख्य रूपमा शिक्षककै हो। जापानका त्यसबेलाका शिक्षकहरूले त्यो काम गरेकाले नै जापानले ठूलो फड्को मार्न सकेको हो। आज; नेपालका युवायुवतीहरूमा पनि ‘हामी गर्न सक्छौं, हामीसँग अथाह संभावना छ, हाम्रो देश राम्रो छ’ भन्ने बोध र भावनाको विकास गर्नु जरुरी छ। ‘हामीसँग केही छैन, हामी गर्न सक्दैनौं’ भन्ने भावना राखेर कहिल्यै पनि उँभो लाग्न सकिँदैन। त्यसैले सर्वप्रथम नेपालीहरूमा त्यस्तो (हामी गरीब; केही गर्न सक्दैनौं) भावनाको सट्टा ‘हामी गर्न सक्छौं, हामी सक्षम छौं’ भन्ने विचार र आत्मविश्वास जागृत हुनु आवश्यक छ। त्यसका निम्ति सबैभन्दा प्रभावकारी ठाउँ हो स्कूल।
    आत्मविश्वास जगाउने व्यक्ति हो शिक्षक। आजका केटाकेटीहरूमा उचित ज्ञान, सीप र प्रक्रियाद्वारा आत्मविश्वास जगाउने काम स्कूलका शिक्षकहरूको नै हो। त्यसनिम्ति स्कूलका शिक्षकहरू नै सर्वप्रथम त्यस्तो सोच, दक्षता र लगनशीलताले भरिएका हुनुपर्छ, जसले विद्यार्थीहरूलाई सधैं उत्प्रेरित गरिरहन सकुन्।
    हरेक देशसँग केही न केही राम्रा कुरा हुन्छन्। अरू देशका राम्रा कुरा अनुसरण गर्ने सुझबुझ र समझदारी आवश्यक रहेछ। जापानको आर्थिक समृद्धि भगवान भरोसामा भएको होइन। युरोप र अमेरिकाले गरेको प्रगति र उनीहरूका राम्रा कुराबाट सिक्न सकेकाले मात्र हामीले प्रगति गरेका हौं। हामीले ती देशहरूबाट प्रविधि र व्यवस्थापन कौशल मात्र सिकेनौं, तिनै देशलाई बजार बनाएर राम्रा र सस्ता मालसामानहरू पनि बेच्न थाल्यौं। भूगोल र जनसङ्ख्याका हिसाबले जापान धेरै ठूलो देश होइन तर यस्तै तौरतरिकाका कारण प्रगति गर्न सफल भएको हो। जापानको यो अनुभव नेपालका लागि पनि उपयोगी हुनसक्छ। यसनिम्ति अरूले के राम्रा काम गरेका छन् भन्ने कुरामा हरदम आँखा लगाएर त्यसबाट आफ्नो देशले कसरी लाभ लिन सक्छ भन्ने कुरामा नेपालीहरूले विशेष ध्यान दिनु राम्रो हुन्छ। किनकि; जसले बढी सिक्न सक्छ, बढी प्रगति पनि उसैले गर्ने हो।
    हाललाई नेपालको प्रगति र समृद्धि कृषिमै निर्भर छ। तर परम्परागत विधिबाट अत्यधिक उत्पादन सम्भव हुँदैन। त्यसनिम्ति अत्याधुनिक प्रविधि भित्र्याउनै पर्छ। उत्पादित वस्तुहरूलाई सोझै बिक्रीमा पठाउनुभन्दा कोल्ड स्टोरमा राखेर अथवा प्रशोधन गरेर महँगो मूल्यमा बेचबिखन गर्ने नीति लिइनुपर्छ। उदाहरणका लागि धेरै भटमास उत्पादन हुन्छ भने त्यसलाई सोझै नबेची पेलेर तेल बनाएर बेच्नुपर्छ। यसो गर्दा एकातिर धेरै नेपाली युवायुवतीहरूले रोजगारी पाउँछन् भने अर्कातिर यसबाट हुने आम्दानीबाट अरू अरू क्षेत्रमा पनि रोजगारीको सृजना हुन जान्छ। आधुनिक प्रविधिको प्रयोगको सन्दर्भमा जापान जस्ता देशहरूबाट नेपालले सिक्न सक्छ। प्रविधि भिœयाउने र त्यसलाई उपयोग गर्न सिकाउने सन्दर्भमा सबैभन्दा बढी उपयोगी संस्था त अन्ततः स्कूलहरू नै हुन्छन्।
    आर्थिक क्षेत्रहरूको पहिचान गर्ने र त्यसको विकासका लागि नीति बनाउने काम सरकारको हो। तर शिक्षासँग यसलाई नजोडी उत्तम नतिजा हासिल हुँदैन। कृषि, व्यापार र पर्यटनलगायतका आर्थिक उपार्जनका नयाँ–नयाँ क्षेत्र र माध्यमहरूबारे सम्भावनाको खोजी गर्ने सोचदेखि त्यसको लागि आवश्यक ज्ञान तथा सीपहरू माध्यमिक र कलेज तहको शिक्षाले दिनैपर्छ।
    शिक्षाले अर्को एउटा कुरा पनि हरेक नागरिकलाई दिनुपर्छ। त्यो हो, देशलाई माया गर्ने भावना। आजको नेपाली राजनीतिक नेतृत्व देशको समृद्धिप्रति कटिबद्ध र इमानदार हुन नसकेको गुनासो सुनिन्छ। जुन धेरै हदसम्म नाजायज पनि नहोला। तर यसनिम्ति पनि नेपालको शिक्षा नै जिम्मेवार छ। नेतृत्वमा पुगेका मानिसहरूले पाएको शिक्षामा कहीँ न कहीँ कमी भएरै यो समस्या देखिएको हो। कमजोरी कहाँ छ– पाठ्यक्रममा, पाठ्यपुस्तकमा, शिक्षकमा वा अन्यत्र कतै? त्यसको पहिचान गरी समस्या समाधानका लागि उचित कदम उठाउने कुराले अहिले पहिलो प्राथमिकता पाउनुपर्छ।
    यताका वर्षमा कामको खोजीमा वा पढाइका लागि ठूलो सङ्ख्यामा नेपालीहरू विदेशिन थालेका छन्। विदेश जानु अवश्य पनि नराम्रो कुरा होइन। काम या पढ्न जे गर्न विदेश गए पनि उनीहरूले सिक्ने अवसर पाउँछन्। यसले उनीहरूमा आत्मविश्वास बढाउँदै लैजान्छ। जापानीहरू संसारमा जहाँ गए पनि आफ्नो देशका लागि सोचिरहन्छन् र एउटा समयपछि उनीहरू देश फर्केर काम गर्न चाहन्छन्। विदेशबाट सिकेको ज्ञान र सीप प्रयोग गरेर आफ्नो देशलाई समृद्ध पार्ने सपना र अठोट नेपालीमा पनि हुनुपर्छ। त्यस्तो सपना र अठोटले नै एक दिन नेपाललाई साँचो अर्थमा संसारकै समृद्ध देशमा रुपान्तरित गर्न सक्छ। त्यसनिम्ति नेपालको शिक्षालाई देशप्रेम गर्ने नागरिक उत्पादन गर्ने गरी सुधार गर्नु उपयुक्त देखिन्छ।
    (दोस्रो विश्वयुद्धताका जापानी सेनामा रहेका प्रा.यामसिता शिक्षक र पत्रकारपछि टोकियो विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक भए। हाल उनी अवकाशप्राप्त जीवन बिताउँदै छन्। यो लेख ‘शिक्षक’ म्यागेजिनका सुदर्शन घिमिरेले केही समयअघि काठमाडौंमा उनीसँग कुराकानी गरेर तयार पारेका हुन्।)
    http://www.mysansar.com/archives/2010/08/id/12553 

    15 comments:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete
    2. हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

      ReplyDelete
    3. हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

      ReplyDelete
    4. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

      ReplyDelete
    5. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

      ReplyDelete
    6. नमस्ते।
      म श्रीमती अल्टोरो मार्टिन एक निजी ऋणदाता हूँ जसले व्यक्तियों, व्यापारिक कम्पनीहरु, बीमा र अन्य को लागि ऋण जीवन को अवसर प्रदान गर्दछ। तपाईं वित्तीय समस्यामा हुनुहुन्छ वा लगानीको लागी ऋण चाहिन्छ वा तपाइँलाई बिल को तिर्नु पर्ने कुनै टाढाको रकम चाहिन्छ जुन हामी यहाँ छौं तपाईको अतीतको केहि कुरामा तपाईको आर्थिक समस्या बनाउन। हामी अग्रिम शुल्कसँग 2% दरसँग मुद्रा मुद्रामा सबै किसिमको ऋण प्रदान गर्दछौं। म यो महान माध्यम प्रयोग गर्न चाहन्छु कि तपाईंलाई थाहा छ कि हामी यहाँ छौं तपाईंको वित्तीय समस्या समाधान गर्न को लागी कुनै पनि प्रकारको ऋण संग। हो फेरि अब अधिक जानकारीको लागि ईमेल (सफालोलोङ्गओब्युम्पम्पम्पनी @ gmail.com) मार्फत तपाई धेरै विशेष हुनुहुन्छ।

      ReplyDelete
    7. नमस्ते म विलियम सारा हुँ
      के म बंधक / ऋण रद्द गर्दछु? मलाई ऋण चाहिन्छ? के मलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाईं आफ्नो ऋण तिर्न को लागि तत्काल क्रेडिट को आवश्यकता छ, वा तपाईं आफ्नो व्यापार को सुधार गर्न को लागि मुद्रा चाहते हो? हामी सबै प्रकारका ऋणहरू र ब्याज दर 2% र व्यक्तिहरूको लागि सर्तहरू र सर्तहरूसँग एक कम्पनी प्रस्ताव गर्दछौं। यदि तपाइँ कुनै गन्तव्यमा कुनै क्रेडिट दिनुहुन्छ भने कृपया आज तपाईंको क्रेडिट प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (williamssarahloanfirm@gmail.com).

      ReplyDelete
    8. QUEENCE LOAN कम्पनी (queenceloan@gmail.com) यो सबै ऋण आवेदकहरुलाई सूचित गर्न को लागी हो। यो संयुक्त राज्य अमेरिका को एक प्रसिद्ध ऋण कम्पनी हो, हामीले विभिन्न देशहरु को हजारों मान्छे को मदद दिए छ। यो कम्पनीले उधार कम्पनी कम्पनीको सबैभन्दा उत्कृष्ट ऋण श्रावण पुरस्कार प्राप्त गर्यो, प्रत्येक महिना न्यूनतम 17 र 25 ग्राहकहरूले ऋण प्रदान गर्थे र आज तिनी राम्रो लगानीका साथ गरिरहेका छन्, यदि यो कम्पनीले ऋण प्रदान गर्दछ जुन ऋणको आधा प्रयोग गर्नु पर्छ। लगानी। तपाईं आफ्नो ऋण दिइनेछ यदि तपाईं यस सीमित कम्पनी क्यून queenceloan@gmail.com मा हुनुहुन्छ, के तपाइँ एक व्यवसायी ऋण खोज्दै हुनुहुन्छ? ऋण, ऋण समेकन ऋण, असुरक्षित ऋण, उद्यम पूंजी, आदि वा के तपाई बैंकको ऋणबाट अस्वीकार गरिएको छ वा धोका दिएको द्वारा कल ऋण कम्पनीले पहिचान गरेको छैन? । हामी निजी उधारदायीहरू, कम्पनीहरूका लागि ऋण र 2% को कम दरमा व्यक्तिहरू हो र हामी हाम्रा ग्राहकहरूलाई सर्वोत्तम इमेल सेवा दिन्छौं।

      ReplyDelete
    9. नमस्कार, म Dorcas Alvaro हुँ, म वर्तमानमा मागागा स्पेनमा बस्छु। यस समयमा म चार छोराछोरीसित विधवा हुँ र म मई 2018 मा वित्तीय स्थितिमा फंसिएको थिएँ र मेरो बिल फिर्ता गर्न र मेरो बिल तिर्न आवश्यक छ। मैले निजी र कर्पोरेट दुवै धेरै ऋण कम्पनीहरु देखि ऋण खोजे कोसिस गरे, तर सफलतापूर्वक कभी नहीं, र धेरै बैंकहरु लाई मेरो क्रेडिट मा गिरावट आई। तर परमेश्वरले यो चाहानु भएको छ, म एक मानिस को भगवान, एक निजी ऋणदाता कि मलाई मलाई 80,000 EUR को ऋण दिईयो को परिचय दिइएको थियो र आज म एक व्यवसाय को मालिक हो र मेरो बच्चाहरु यस समयमा ठीक छ, यदि तपाईं संग कुनै संपर्क एक असुरक्षित ऋण, कुनै क्रेडिट चेक, केवल 2% ब्याज दर र बेहतर भुक्तान योजना र अनुसूची संग कुनै हस्ताक्षरकर्ता को संदर्भ मा, श्री सिमोन फिन (simonfinnloan.inc@gmail.com) संग संपर्क गर्नुहोस। त्यो थाहा छैन कि म यो गर्दैछु, तर म अहिले धेरै खुसी छु र मैले निर्णय गरे कि मान्छे उनको बारेमा धेरै जान्न चाहन्छु र म पनि परमेश्वरलाई उहाँको आशीर्वाद दिन चाहन्छु। तपाईले उनीहरूलाई आफ्नो इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ: SIMONFINNLOAN.INC@GMAIL.COM

      ReplyDelete
    10. यदि तपाईं कुनै पनि खाता को एक अत्याधिक ऋण को आवश्यकता हो भने अत्याधिक ऋण प्रस्ताव, आवेदन दिन।
                        (केल्विन्लोन्स86@gmail.com)

        तपाईं यस कम्पनीमा स्वागत छ यस कम्पनीमा हामी व्यक्तिगत ऋण दिन्छौं
      र 2% को ब्याज दर को लागि व्यापार ऋण, हामी देखि लोन को पेशकश
      $ 4,000 डलर देखि $ 5,000,000 डलर,
        यदि तपाईंलाई आफ्नो व्यवसायको लागि ऋण चाहिन्छ वा तपाईंको ऋण तिर्नको लागि कृपया तपाइँको आवेदन ऋण प्रपत्र प्रशोधन गर्न सकेसम्म चाँडै नै सम्पर्क गर्नुहोस्

      ऋण आवेदन फारम भर्नुहोस् र अब फिर्ता गर्नुहोस्।

      1. पूरा नाम: _________________
      2. फोन नम्बर: __________________
      3. देश: ___________________
      4. लिंग: _____________________
      5. व्यवसाय: _______________________
      6. मासिक आय: ______________
      7. लोन रकम आवश्यक छ: ___________
      8. अवधि: __________________
      9 उमेर: _______________________

      इमेल मार्फत इमेल को साथ सम्पर्क गर्नुहोस्। Kelvinloans86@gmail.com
      ह्याट्सएप: +2348130283464

      सादर,
      केल्विन लोन।...

      ReplyDelete
    11. आज तपाईलाई ऋण चाहिन्छ? ... तपाईलाई कार ऋण चाहिन्छ, व्यवसाय ऋण, छात्र ऋण, तपाईंसँग पनि एक खराब क्रेडिट स्कोर छ, र तपाईंलाई ऋण चाहिन्छ। यदि हां कृपया हामीलाई ईमेल मार्फत थप जानकारीको लागि सम्पर्क गर्नुहोस्: Mrszonatloancompany@gmail.com

      ReplyDelete
    12. आज तपाईलाई वैध ऋण चाहिन्छ? या तपाईं यस वर्ष 201 9 मा एक व्यापार मा निवेश गर्न को लागि तैयार गर्दै छन्, हामी पनि ऋण, घर ऋण, व्यापार ऋण कृषि ऋण, कमेन्ट ऋण विद्यार्थी ऋण आदि लाई पनि दिछन ... यदि तपाईं आज राम्रो तरिकाले जान्नुहुन्छ कि तपाईले आज दयालु सम्पर्क हामीलाई थप जानकारीको लागि ईमेल मार्फत: alexstone.greatsoul@gmail.com

      ReplyDelete
    13. के तपाईं एक तीव्र बंधक ऋण खोज्दै हुनुहुन्छ? के तपाईं आफ्नो बैंक वा कुनै वित्तीय फर्मबाट ऋण अस्वीकार गर्नुभयो? तपाईंलाई आर्थिक सहयोग चाहिन्छ के तपाईंलाई आफ्नो बिलहरू तिर्न वा घर किन्नको लागि ऋण चाहिन्छ, वा तपाईंको ऋणलाई समेट्न र ऋण मुक्त हुन? के तपाईं आफ्नै व्यवसाय चाहनुहुन्छ र तपाईंलाई वित्तीय ऋण सहयोग चाहिन्छ? 2% को कम ब्याज दरमा तपाईंको छिटो विश्वसनीय ऋणको लागि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई बिजनेस वा व्यक्तिगत लोन, राम्रो क्रेडिट रेकर्डको साथ किफायती भुक्तानी योजनामा तपाईलाई मद्दत गर्न इच्छुक छौं। हामी सस्ती ब्याज दर मा ऋण प्रदान गर्दछौं। यदि यसैले अधिक जानकारीको लागि JOY लाई सम्पर्क गर्नुहोस् ... सम्पर्क इमेल: joyloan347@GMAIL.COM
      व्हाट्सएप; +306982127743

      ReplyDelete
    14. के तपाईं एक तीव्र बंधक ऋण खोज्दै हुनुहुन्छ? के तपाईं आफ्नो बैंक वा कुनै वित्तीय फर्मबाट ऋण अस्वीकार गर्नुभयो? तपाईंलाई आर्थिक सहयोग चाहिन्छ के तपाईंलाई आफ्नो बिलहरू तिर्न वा घर किन्नको लागि ऋण चाहिन्छ, वा तपाईंको ऋणलाई समेट्न र ऋण मुक्त हुन? के तपाईं आफ्नै व्यवसाय चाहनुहुन्छ र तपाईंलाई वित्तीय ऋण सहयोग चाहिन्छ? 2% को कम ब्याज दरमा तपाईंको छिटो विश्वसनीय ऋणको लागि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई बिजनेस वा व्यक्तिगत लोन, राम्रो क्रेडिट रेकर्डको साथ किफायती भुक्तानी योजनामा तपाईलाई मद्दत गर्न इच्छुक छौं। हामी सस्ती ब्याज दर मा ऋण प्रदान गर्दछौं। यदि यसैले अधिक जानकारीको लागि JOY लाई सम्पर्क गर्नुहोस् ... सम्पर्क इमेल: joyloan347@GMAIL.COM
      व्हाट्सएप; +306982127743

      ReplyDelete
    15. मेरो गवाही पढ्नुहोस्



      मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन् र जोस लुइस लोन प्रकाशनमा आइन् जसमा उनको ऋण कम्पनीले सर्वसाधारणलाई धेरै कम ब्याज दरमा ऋण दिन्छ। त्यसैले, मैले उनको इमेल मार्फत कम्पनीलाई सम्पर्क गरें: (joseluisloans@gmail.com)
      जुन मेरी आमाले देखेको पोस्टमा छ र मैले 2 वर्षको अवधिको लागि 8000 युरो ऋणको लागि आवेदन दिएँ। कम्पनीले मलाई जवाफ दियो र मलाई आफ्नो कम्पनीका सबै सर्तहरू पठायो जुन मैले पढेको थिएँ र म तिनीहरूसँग सहमत छु। मेरो ऋण आवेदन स्वीकृत गरिसकेपछि, मैले मेरो बैंक खाताबाट 8,000 युरो रकम भुक्तान गरिएको बताएको सूचना प्राप्त गरें। मैले डिसेम्बर 18 मा ऋण तिर्न समाप्त गरें र त्यसपछि मेरो आफ्नै व्यवसाय सुरु गर्न 32,000 यूरो माग्न निर्णय गरें, जुन मैले मेरो बैंकमा प्राप्त गरें।
      त्यसोभए, म यो अवसर लिन चाहन्छु कि जोस लुइस लोनका लागि इ-मेल मार्फत आवेदन दिन इन्टरनेटमा भरपर्दो निजी ऋणदाता खोजिरहेका सबैलाई सन्देश पठाउनुहोस्: joseluisloans@gmail.com

      ReplyDelete