• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 5, 2010

    इरानविरुद्धको नाकाबन्दीमा जापानको स्वीकृति

    टोकियो, (एएफपी), इरानको विवादित आणविक कार्यक्रमविरुद्ध राष्ट्रसङ्घले अख्तियार गरेको नाकाबन्दीहरुकै अनुसरण गर्दै जापानले इरानविरुद्ध बन्देज लगाएको छ र यसै महिनाको अन्त्यतिर थप दण्डात्मक बन्देजहरुको घोषणा गर्ने योजना रहेको उसले बताएको छ।
    पूर्वी एसियाको भ्रमणमा रहनुभएका अणु अप्रसारण तथा हतियार नियन्त्रणसम्बन्धी अमेरिकी विदेश मन्त्रालयका विशेष सल्लाहकार नाओटो कान टोकियोतर्फ आउँदै गर्दा प्रधानमन्त्री नाओटो कानको सरकारले यस्ता बन्देजहरुको घोषणा गरेको हो। अणु अस्त्र र क्षेप्यास्त्र विकासमा संलग्न देखिएका ४० संस्था र एक व्यक्तिको सम्पत्ति रोक्का गर्ने एउटा दण्डात्मक व्यवस्थामा यी बन्देजहरुमा पनि परेको छ।
    राष्ट्रसङ्घ सुरक्षापरिषद्ले जुनमा इरानले युरेनियम संवर्धन कार्य रोक्न अस्वीकार गरेपछि ऊविरुद्ध चौथो चरणका नाकाबन्दीहरु लगाएको थियो। इरानको यो कार्य आणविक हतियार बनाउने प्रपाच हो भन्ने धेरै पश्चिम मुलुकहरु ठान्दछन्।
    इरानविरुद्ध संयुक्त राज्य अमेरिका युरोपेली सङ्घ क्यानडा र अस्ट्रेलियाले पनि अतिरिक्त प्रतिबन्धहरुको घोषणा गरिसकेको छ। रुस र चीनले यी कदमहरुको विरोध गर्दै आएका छन् जो इरानसँग ऊर्जाका लागि व्यापार प्रवद्र्धन गर्न चाहने निकट व्यापारिक साझेदार हुन्।
    जापानी सरकारका प्रवक्ता योसितो सेन्गोकुले जापानले पनि अतिरिक्त प्रतिबन्धहरु लगाउने सोच राखेको खुलासा गरे। राष्ट्रसङ्घका पछिल्ला नाकाबन्दीहरुलाई पनि नाध्दै यूरोपेली विदेश मन्त्रीहरुले गत हप्ता इरानको तेल र ग्यास उद्योगहरुलाई लक्षित गर्दै प्रतिबन्धहरुको घोषणा गरेको थियो।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete