• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 5, 2010

    टोयोटाको सञ्चालन नाफा १ सय अर्ब

    टोयोटा मोटर कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको सञ्चालन नाफा १ सय अर्ब येन पुगेको छ । गत वर्ष अधिक मात्रामा भएको कार फिर्ताको कारणले गर्दा नोक्सान बेहोरेको कम्पनीले चालू आवको सुरुवातसँगै नाफा गर्न थालेको समाचार निक्की बिजनेस डेलीले प्रकाशित गरेको छ । अन्तर्राष्ट्रिय बजारमा टोेयोटाका उत्पादन माग उच्च रहेकाले पनि नाफा उच्च भएको हो ।
    तर गत वर्ष १ सय ९४.८ अर्ब येन घाटा बेहोरोको कम्पनीले वार्षिक नाफा भने अपरिवर्तनीय नै रहने अपेक्षा गरिएको छ । युरोपेली बजारमा अनिश्चितता छाएकाले कम्पनीको वार्षिक नाफामा खासै परिवर्तन नआउने देखिन्छ । ठूलो आयातकर्ताका रूपमा रहेको अमेरिकामा पनि वित्तीय संकटका प्रभाव अझै कायमै रहेकाले कम्पनीले विश्व बजारमा अपेक्षाकृत गाडी बिक्री गर्न नसक्ने देखिएको समाचारमा उल्लेख छ ।
    विश्वकै सबैभन्दा ठूलो अटोनिर्माता कम्पनी टोयोटाले पछिल्लो विश्व आर्थिक मन्दी सुरु भएदेखि गाडीको सुरक्षा प्रणालीमा देखिएको समस्याको कारणले विश्वबजारबाट करिब १ करोड एकाइ गाडी फिर्ता गरिसकेको छ ।
    जसले कम्पनीलाई ठूलो परिमाणमा घाटा भएको हो । गत महिना चीनमा भएको हड्तालको कारणले टोयोटाका साथै प्रतिद्वन्द्वी कार निर्माता कम्पनी हुन्डाई पनि प्रभावित भएको थियोे । आन्दोलनले गाडी निर्माणका लागि आवश्यक पार्टपुर्जाको आपूर्ति हुन नसकेपछि उत्पादन कार्य धेरै प्रभावित भएको थियो ।
    तर उदाउँदा एसियाली तथा मध्यपूर्वी राष्ट्रहरूमा बढेकोे मागले कम्पनीलाई अत्यधिक नोक्सानका बाबजुद पनि सबल बनाउन सहयोग गरेको छ । निक्कीका अनुसार विश्वबजारमा टोयटाको प्रतिद्वन्द्वीका रूपमा रहेका जनरल मोटर्सको व्यापार पनि सकारात्मक रहेको देखिन्छ ।
    चालू आवको पहिलो त्रैमासिक अवधिमा टोयोटा समूहलगायत हिनो मोटर्स र डाइहाट्सु मोटर्स कम्पनीले समग्रमा १८ देखि १९ लाख एकाइ गाडी बिक्री गरेका छन्, जुन गत वर्षको तुलनामा ३० प्रतिशतले उच्च हो ।
    त्यसैगरी ठूलो संख्यामा कार फिर्तापछि उत्तर अमेरिकामा पुनः गाडी बिक्री उच्च हुन थालेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यद्यपि युरोपेली बजार अनिश्चत रहेकाले बिक्रीमा गिरावट आउने आशंकाका बाबजुद पनि आन्तरिक बजारमा जापान सरकारले कार खरिदमा दिँदै आएको आर्थिक सहयोग ‘इको कार्स’ अन्त गरेकाले आगामी दिनमा अटोबजार क्षेत्रको नाफा न्यून रहने देखिन्छ ।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete