• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, July 29, 2010

    जापानको सबैभन्दा ठूलो माफिया ग्याङको जालो नेपालमा


    विनोद न्यौपाने
    लागुऔषध ओसारपसारमा सक्रिय जापानी गिरोहको जालो नेपालसम्म आइपुगेको खुलासा भएको छ । दर्जनौँ देशमा वर्षौंदेखि लागुऔषध कारोबार गर्दै आएको 'याकुजा' गिरोह जापानको सबैभन्दा ठूलो माफिया समूह हो ।
    लागुऔषध कारोबारमा कुख्यात जापानी गिरोह 'याकुजा' ले ६ वर्षअघि नेपालमा समेत जालो विस्तार गरेको हो । लागुऔषध नियन्त्रण तथा कानुन कार्यान्वयन एकाईको विशेष टोलीले याकुजाका सदस्य हिरोकाजु तमुरालाई काठमाडौंमा पक्राउ गरेको छ ।
    अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ असारमा पक्राउ परेका उनी एक किलो दुई सय ग्राम चरेस बोकेर थाई एयरको उडानबाट बैंकक जाने तयारीमा थिए । हिरोकाजु जापान प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा छन् । प्रहरीले खोज्न थालेपछि केही वर्षअघि जापान छाडेर उनले गिरोहको दक्षिण एसिया क्षेत्रको नाइकेको रूपमा काम गर्न थालेका हुन् ।
    हिरोकाजु आफँैले भने आप\mनो समूहका बारेमा जानकारी दिएका छैनन् । तर, जापानी नार्कोटिक विभागले उनी याकुजा समूहको सदस्य भएको जानकारी दिएको एकाई प्रमुख डिआइजी गणेशराज राईले बताए । 'उनी जापानको सबैभन्दा ठूलो माफिया समूह याकुजाका सदस्य भएको जानकारी हामीलाई त्यहाँको नार्कोटिक विभागले दिएको छ,' राईले भने, 'उनका बारेमा अझै अनुसन्धान भइरहेकाले धेरै कुरा खुल्न बाँकी छ ।'
    हिरोकाजुलाई अन्य देशको प्रहरीले समेत खोजिरहेको हुनसक्ने राईको भनाइ छ । 'हामीले इन्टरपोललाई उसका बारेमा सबै जानकारी पठाउन आग्रह गरेका छौँ,' राईले भने ।
    ६ वर्षअघि पहिलोपटक नेपाल आएका हिरोकाजु नवौँपटकमा पक्राउ परेका हुन् । उनी पटक-पटक नेपाल आउँदा ठूलो परिमाणमा लागुऔषध बोकेर जाने गरेको अनुसन्धानबाट खुलेको छ ।
    सन् २००४ मार्चमा पहिलोपटक नेपाल आएका हिरोकाजु पछिल्लोपटक गत मार्चमा नेपाल आएका हुन् । ९० दिनको पर्यटक भिसामा नेपाल आए पनि उनले यहीँबाट थप ९० दिनको भिसा लिएका थिए । 'थप गरिएको अवधि पनि सकिएपछि र्फकने क्रममा उनी फन्दामा परेका हुन्,' डिआइजी राई भन्छन्, 'नवौँपटकमा समात्न सफल भयौँ ।'
    हिरोकाजुले नेपालमा लागुऔषध कारोबारको 'र्‍याकेट' चलाए पनि प्रहरीले यसका अन्य सदस्यलाई भने समाउन सकेको छैन । हिरोकाजुलाई अदालत पेस गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएकाले उनको सञ्जालका सदस्यसमेत पक्राउ पर्ने दाबी प्रहरीको छ । 'सञ्जालमा नेपाली सदस्यसमेत रहेको खुलेको छ,' राईले भने, 'अनुसन्धानमै रहेकाले उनीहरूको पहिचान गर्ने काम भइरहेको छ ।'
    हिरोकाजुले नेपाल आएर लागुऔषध संकलन गरी बैंकक लैजाने र त्यहाँबाट विभिन्न देशमा निर्यात गर्दै आएको अनुसन्धानबाट खुलेको छ । नेपाली बजारमा निकै सस्तो पर्ने चरेस युरोप, अमेरिका र विकसित एसियाली मुलुकमा महँगोमा बिक्री हुने गर्छ । एकाई अधिकारीका अनुसार बैंककमा चरेसको मूल्य प्रतिकिलो १० हजार डलरको हाराहारीमा छ भने युरोपियन मुलुकमा २५ हजार डलरसम्म पर्ने गरेको छ । जापानमा यसको मूल्य ३५ हजार डलरभन्दा माथि छ ।
    यसरी हुन्छ कारोबार
    लागुपदार्थ नियन्त्रण कानुन कार्यान्वयन एकाईले गरेको अनुसन्धानअनुसार नेपालबाट गाँजा र चरेस निर्यात हुन्छ भने अन्य लागुपदार्थ भने विदेशबाट नेपाल ल्याइन्छ । 'नेपालमा गाँजा र चरेस मात्रै उत्पादन हुन्छ,' एकाई प्रमुख डिआइजी राई भन्छन्, 'यहाँ उत्पादित गाँजा भारत जाने गरेको छ भने चरेसचाहिँ तेस्रो मुलुक पुग्ने गरेको छ ।'
    काठमाडौं उपत्यकामा आउने चरेसचाहिँ धादिङ तथा आसपासका जिल्लामा तयार हुने गरेको छ । गाँजाबाट चरेस बनाएर ती जिल्लाबाट काठमाडौं ल्याइने र यहाँबाट विभिन्न माध्यमबाट विदेश निर्यात हुने गरेको छ ।
    नेपालमा उत्पादित चरेस युरोपदेखि अमेरिका र एसियाका अन्य विकसित मुलुकमा पुग्ने गरेको छ । यसका लागि अन्तर्राष्ट्रिय गिरोहले आफ्नै नेटवर्क बनाएका हुन्छन् । काठमाडौंसम्म चरेस ल्याउन नेपाली नै प्रयोग गरिन्छन् भने त्यसपछि ओसारपसारको काम विदेशीले गर्ने गरेका छन् । हालसम्म पक्राउ परेका अधिकांश विदेशी पर्यटक भिसामा आउने र र्फकंदा चरेस लिएर जाने गरेको पाइएको छ । यसका लागि गिरोहले आफ्ना प्रतिनिधिलाई पर्यटक भिसामा नेपाल पठाउने गरेका छन् तर, पछिल्लो समयमा कार्गो र कुरियरमार्फतसमेत लागुपदार्थ ओसारपसार हुन थालेको डिआइजी राई बताउँछन् । नेपालबाट प्रायः हङकङ र थाइल्यान्ड हुँदै अन्य देशमा चरेस पुग्ने गरेको छ ।नेपालमा चरेस ज्यादै सस्तो भए पनि अन्य विकसित देशमा भने महँगो मूल्यमा बिक्री हुने गरेको छ । चरेस लैजान विभिन्न उपहार सामग्रीसमेत प्रयोग हुने गरेको छ । कतिपयले उपहार सामग्रीभित्र लुकाएर लैजाने गरेका छन् भने कतिपयले आफूले बोक्ने ब्यागमा 'फल्स बटन' बनाएर लुकाउने गरेका छन् । 
    'कुनैले त टोपीभित्रै लुकाएरसमेत लैजाने गरेको पाएका छौँ,' राईले भने ।
    यस्तै नेपालमा उत्पादन नहुने लागुपदार्थ ओसारपसारका लागि भने कारोबारीहरूले नेपाललाई 'ट्रान्जिट प्वाइन्ट' को रूपमा प्रयोग गर्ने गरेका छन् । खैरो हेरोइन, ब्राउन सुगरलगायतका लागुपदार्थ भारतीय नाका हुँदै काठमाडौं भित्रने गरेको छ । यहाँसम्म लागुपदार्थ ल्याउनेले निश्चित रकम लिएर कारोबारीलाई दिने गरेको छ भने यहाँबाट विभिन्न माध्यमबाट विदेश पठाइने गरिएको पाइएको छ ।
    थोरै परिमाणको लागुपदार्थसमेत करोडौँ मूल्यको हुने भएकाले पछिल्ला दिनमा महिलाहरूले गुप्तांगभित्र तथा पुरुषले पेटभित्र समेत राखेर यस्ता लागुपदार्थ लैजाने गरेको पाइएको छ । केही समयअघि मात्रै गुप्तांगमा लागुपदार्थ राखेर लैजान लागेकी एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको थियो । यस्ता लागुपदार्थ पाकिस्तान, अफगानिस्तानलगायत देशबाट भारत हुँदै नेपाल भित्रने गरेको छ ।
    अर्को नेटवर्क फेला पर्‍यो
    यसैबीच एकाईले नेपाली बजारमा प्रतिबन्धित लागुऔषधको कारोबार गर्ने ठूलो नेटवर्क फेला पारेको छ । नेटवर्कका दुई सदस्यलाई ८ असारमा पक्राउ गरेपछि एकाईले स्थानीय बजारमा लागुऔषधको कारोबार गर्ने एउटा नेटवर्क तोडिएको दाबीसमेत गरेको छ ।
    कलंकी खसीबजारबाट एकाईको टोलीले भारत पूर्वी चम्पारणका ३२ वषर्ीय रेखाप्रसाद र बाराका विजयसिंह राजपुतलाई ब्रुपिनफिर्म तीन हजार नौ सय ९२ थान र डाइजेपाम तीन हजार नौ सय ५० थानसहित पक्राउ गरेको हो । उनीहरूले भारतबाट अवैध रूपमा ती लागुऔषध ल्याएर नेपाली दुव्र्यसनीलाई दिने गरेको खुलेको छ । उनीहरू एकाईको सर्वाधिक खोजीको सूचीमा रहेको व्यक्ति भएको डिआइजी राईले बताए ।
    याकुजाको नालीबेली
    समाजसेवादेखि कुख्यात माफिया गिरोहसम्म जापानको सबैभन्दा पुरानो र ठूलो माफिया गिरोह याकुजाको इतिहास ३ सय वर्ष लामो छ । जापानकै सबैभन्दा पुरानो झगडा गर्ने समूहका रूपमा याकुजा परिचित छ । आफ्नो सञ्जाल बढाउने क्रममा याकुजाले सन् १९५८ देखि १९६३ सम्म एक लाख ८४ हजार संख्या पुर्‍याएको थियो । तत्कालीन समयमा यो संख्या जापानको राष्ट्रिय सेनाभन्दा पनि बढी थियो । जसमध्ये ५ हजार सदस्यलाई जापानको विभिन्न सहरमा विशेष रूपमा परिचालित गरिएको थियो । स्थापना भएको एक वर्षभित्र नै याकुजाले जापानको विभिन्न सहरमा दंगा, आतंक तथा अनैतिक कार्य तीव्र बनाएको थियो । र, बिस्तारै जापानी समाजमा यो संगठन निकै चर्चित भयो ।
    समाजभित्र आपनो स्थान बनाउन याकुजाले केही संख्यामा भिक्षु पनि परिचालित गर्‍यो । उनीहरूले सो समूहलाई काबुकी मोनो नाम दिए ।
    स्थापनाकालमा सो समूहले जापानिज समाजमा आतंक मच्चाउन हत्या र चोरीडकैतीसमेत गर्न थाल्यो । आफ्नो संठगन बलियो बनाउन समूहले नवयुवाको खोजी गर्‍यो । समूहका सदस्य आत्मरक्षाका लागि सामुराई तरबार बोकेर हिँड्थे । उनीहरू आफ्नो पुर्खा 'माची याक्को'बाट प्रभावित थिए । तत्कालीन समयमा उनीहरूको एउटै लक्ष्य थियो, सामन्तीवर्गको धनसम्पत्ति लुटेर गरिबलाई बाँड्ने ।
    याकुजा १९५० ताका समाजिक काममा बढी सक्रिय भयो । त्यतिवेला याकुजा संगठनमा अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाइएको थियो । त्यसपछिका करिब चार दशक खासै प्रभावशाली कार्य नगरेको याकुजा पुनः सन् १९९० को दशकतिर निकै चर्चित भयो । उनीहरूको मुख्य तारो ठुल्ठूला व्यापारी, संस्था तथा स्टक मार्केट चलाउने व्यक्ति थिए । त्यसपछि समूहका सदस्यले व्यापारिक स्थानमा आतंक मच्चाउँदै लुटपाट सुरु गरे । उनीहरूले सयौं विदेशीलाई समेत लुटेका थिए । याकुजाले ९० को दशकबाट बन्दुकको प्रयोग गर्न थाल्यो ।
    सन् १९९२ मा जापानिज सरकारले याकुजाको क्रियाकलाप रोक्न विशेष प्रहरी परिचालन गरेपछि उसको तीन सय वर्ष लामो इतिहास संकटमा पर्‍यो । त्यसपछि याकुजा बिस्तारै नराम्रो कामतिर धकेलिँदै गयो । जापान सरकारले याकुजामाथि प्रतिबन्ध लगाएपछि यसका नेतृत्वकर्ताले बिस्तारै आफ्नो कार्यक्षेत्र बाहिरी मुलुकतिर विस्तार गरे । विदेशी मुलुकमा उनीहरूले अवैध लागुऔषधको कारोबार सुरु गरे । सुरुमा उनीहरूले भूमिगत रूपमा लागुपदार्थको कारोबार गरेका थिए । उनीहरूको मुख्य कारोबार पश्चिम एसिया, युरोप तथा अमेरिका थियो, जहाँबाट उनीहरूले वाषिर्क करोडौँ डलर आर्जन गर्न थाले ।
    पछिल्ला वर्षमा यो सञ्जाल दर्जनौँ मुलुकमा फैलिएको छ । अहिले उनीहरूको मुख्य पेसा लागुऔषधको कारोबार नै हो । जापानभित्र र बाहिरी मुलुकमा उनीहरूले यो कारोबार सञ्चालन गरिरहेका छन् । जापानमा पछिल्ला वर्ष विदेशी विद्यार्थी, व्यवसायीको अपहरणमा समेत सो संगठन संलग्न छ ।
    चरेसको भाउ श्रोत प्रहरी
    नेपालमा १५ हजार रुपैयाँ
    बैंककमा १० हजार डलर
    युरोपमा २५ हजार डलर
    http://www.nayapatrika.net/newsportal/cover_story/15604.html

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete