• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, July 28, 2010

    जापानीसँग 'असाधारण शक्ति भएकी' महिलाको घरजम


    मनोज अधिकारी, पोखरा, साउन १०- चितवन, शारदानगरकी ३१ वर्षीया सीता केसीको कम्मरभन्दा तलको भाग चल्दैन। १४ वर्षको उमेरमा रुखबाट लडेर मेरुदण्ड भाँचिए पनि उनले धैर्य र साहस कहिल्यै गुमाइनन्। त्यसैको परिणाम हुन सक्छ, उनले गत असार ३१ गते पोखरामा सपांगसँग घरजम गरेकी छन्, त्यो पनि जापानी नागरिकसँग। सीतालाई जीवनसाथी बनाएका हुन्, ४३ वर्षीय नोजोमु निसिजिमाले। निसिजिमा पनि लामो समयदेखि अपांग क्षेत्रमै क्रियाशील छन्। जापानको जिफु सहरका बासिन्दा निसिजिमा पेसाले फिजियोथेरापिस्ट हुन्। सीतासँग विवाह गर्न उनी एक महिनाअघि तेस्रोपटक नेपाल आए। '२० वर्षदेखि शारीरिक अपांगहरुको सेवा गर्दै आए पनि मैले सीताजस्तो साहसी महिला देखिनँ,' कनिकुथी नेपाली भाषामै उनले भने, 'उनमा जीवन जिउने असाधारण शक्ति देखें र मन पराएँ।'
    जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका तर्फबाट नेपालमा स्वयंसेवकका रुपमा काम गर्दा उनले सीतासँग दुईपटक भेटेका थिए। र, उनको लगन, साहस र आत्मविश्वास प्रभावित बने। जाइकाको दुईवर्षे काम सकेर फर्किएपछि पनि उनले सीतालाई बिर्सेनन्। अनि प्रत्यक्ष भेट्दा व्यक्त गर्न नसकेको भावना तीन महिनाअघि फोनबाट सुनाए, 'म तिमीसँग बिहे गर्छु।'
    विदेशी अनि पेसाले फिजियोथेरापिस्टको प्रस्ताव सीताले सहजै स्वीकारिन्। 'मैले आफू अपांग र अशक्त छु भन्ने कहिल्यै स्वीकार गरिनँ,' उनले नागरिकसँग भनिन्, 'सधैं आफ्ना लागि केही न केही गर्दै आएँ।' हरेस खाने र जीवन बरबाद भयो भन्नेहरुलाई हौसलाकी पात्र हुन् सीता। 'जीवन हारेर होइन, जितेर जिउन जान्यो भने कोही अपांग हुनु पर्दाे रहेनछ,' उनको अनुभव छ, 'हार्‍यो भने जस्तोसुकै मै हुँ भन्ने सपांग पनि हाम्रै समाजमा अपांग सरह बाँचेका छन्।'
    त्यसो त सीताले ओछ्यानमा थलिएपछि परिवारको समेत तिरस्कार नपाएकी होइनन्। कक्षा ८ भन्दा माथि पढ्न पनि पाइनन्। उनलाई ह्विल चेयरले 'अलिकति जीवन' दियो। अनि जीवन आशावादी भएर बाँच्नुपर्ने रहेछ भन्ने लाग्न थाल्यो। साइको सोसियललगायत केही व्यावहारिक अध्ययन थालिन्।
    पोखराको चिल्ड्रेन नेपाल नामक संस्थामा जापानी नागरिक ताकुओ खावामोतोसँग भेट भयो। उनकै सहयोगमा भारतको बैंगलोर र जापानको टोकियोमा परामर्श तालिम लिने मौका पाइन्।
    'जापानबाट फर्केपछि हरियोखर्क अपांग अस्पतालमा परामर्शदाताको मागेको रहेछ,' उनले नागरिकसँग भनिन्, 'अरु पनि आवेदक थिए तर मेरो तालिमको अनुभव धेरै भएकाले सजिलै छनोटमा परें।' त्यसपछि सपांगसरह पोखराको हरियोखर्क अस्पतालमा आफूजस्तै विकलांगहरुको सेवामा लागिन्।
    जिफु सहरकै जापान रिहाबिटेसन कलेजका प्राध्यापक निसिजिमाले अपांग महिलासँग किन बिहे गरेको भनेर सोध्ने गरिन्छ। 'भावना कसैको अपांग हुँदैन,' उनले भन्ने गरेका छन्।
    नवदम्पती ४/५ महिनापछि जापानको टोकियो सहरमा घरजम बसाउने योजनामा छन्। त्यसका लागि आवश्यक प्रक्रिया मिलाउन निसिजिमा छिट्टै जापान फर्कदै छन्।
    http://nagariknews.com/society/nation/16134-2010-07-26-03-32-32.html

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete