• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, July 7, 2010

    ईमेल हृयाक होला है !

    - सुरज कुँवर
    काठमाडौं, अषाढ २३ - हितैषी मित्रले विदेश भम्रणमा होटलको बिल तिर्न नसकेको वा कुनै फन्दामा परेको कारण देखाउँदै खुसुक्क आर्थिक सहयोग मागेर ईमेल पठाएको छ भने, सावधान ! यस्तो ईमेलमा हत्तपत्त सहयोग गर्न वा जवाफ फर्काउन तयार भई नहाल्नुहोस् । किनभने ईमेल 'ह्याकर' ले ईमेल सदाका लागि कब्जामा लिई तपाईंको सामाजिक सम्बन्ध बिगार्न सक्छ । पछिल्लो पटक नेपाली ईमेल प्रयोगकर्ता यस्तै साइबर अपराधीको फन्दामा पर्दै आएका छन् ।
    भ्रमित आश्वासनसहित वेदना पनि समावेश गरिएका ईमेलको प्रत्युत्तर दिन नहतारिनुहोला । यदि त्यस्तो ईमेल पाउनुभए प्रेषकलाई एकपटक फोन गरेर वा भेटेरै ईमेलमा लेखिएको विवरणको आधिकारिता र सत्यताबारे सोध्नुहोस् । यस्तो ईमेलमा सकभर तपाइर्ंलाई मागिएको आर्थिक सहयोग ईमेल प्रयोगकर्ताले नभई ईमेल ह्याक गर्ने साइबर अपराधीले पठाएको हुनसक्छ । पछिल्लो पटक सञ्चारकर्मी आशिष लुइँटेल यस्तै गिरोहको शिकार बनेका छन् । साइबर अपराधीले आइतबार राति सात वर्षदेखि चलाउँदै आएको उनको ईमेल ह्याक गरेपछि उनले हैरानीमात्रै खेप्नुपरेन, कारबाहीको माग राख्दै महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका धाउनुपर्‍यो ।
    जीमेल प्रयोगकर्ता आशिषलाई उनका साथीले टेलिफोन गरी जब स्कटल्यान्ड यात्राबारे सोधपुछ गरे, त्यसपछि उनले आफ्नो ईमेल ह्याक भएको सुइूको पाए । सोमबार दिनभर उनले थुप्रै आफन्त र शुभचिन्तकलाई फोन र एसएमएसमार्फत स्कटल्यान्ड भ्रमणबारे प्रस्टीकरण दिनुपर्‍यो । किनभने उनले प्रयोग गर्ने इमेलबाट उनकै जीमेलको सम्र्पक सूचीमा रहेका थुप्रैलाई रेमिट कारोबार गर्ने 'वेस्टर्न युनियन' वा 'मनिग्राम' मार्फत् ३ हजार २ सय अमेरिकी डलर सहयोग माग गरिएको थियो । करिब ४ सय ठेगानामा पठाइएको इमेलमा आशिष 'होटलको बिल तिर्न नसकेर स्कटल्यान्डमा आपतमा परिरहेको' उल्लेख थियो ।ह्याक गरिएकाले आशिष स्वयंचाहिँ आफ्नो ईमेलभित्र पस्न सकेनन् । अनि उनले मंगलबार प्रहरीमा लिखीत उजुरी दिए । महाशाखाका डिएसपी डिल्लीराम आचार्यले साइबर कानुनअनुसार कारबाही गर्ने आश्वासन दिएका छन् । यसअघि बिबिसीका पत्रकार सुरेन्द्र फुयाल पनि संचारकर्मी लुइँटेलले ब्यहोरेकै फन्दामा परेका थिए ।
    http://www.ekantipur.com/np/2067/3/23/full-news/314217/
                                                                                                   

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete