Saturday, July 10, 2010

रविन थपलियालाई सहयोग गरौं

पत्रकारलाई राज्यकौ चौंथो अंग भनिन्छ । यसैले पत्रकारका जिम्मेवारी राज्यका लागि धेरै छन् । पत्रकारबाट राज्य र नागरिक समाजले सहयोग पनि लिन्छ । हरेक राजनीतिक दलले भाषणमा त पत्रकारलाई धेरै तारिफ पनि गर्छन् । दिनरात हातमा कलम कापी अनि मनभरि पीडा लिएर तिनै नागरिक समाज र राज्यका लागि समाचार खोज्दै िहंड्नै जात हो पत्रकार । तर यिनै पत्रकारले जसलाई सेवा दिईरहेका छन् उनीहरुबाट प्रताडित पनि छन् । फैरि जताजतै श्रम गरेर ज्यालाको जिन्दगीमै काम गरि राष्ट्रमै परिचित बनिरहेको पत्रकारिता पेशाका दुश्मन धेरै हुन्छन् । यो सबैले जानिराखेको कुरा हो ।
प्रसंग पत्रकार रविन थपलियाको हो । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् हन् । एक वर्षअघि काठमाडौंमा भएकौ मोटरसाईकल दुर्घटनामा परेपछि उनले दाहिने गोडा सधैंका लागि गुमाए । मोटरसाईकलमा यात्रारत अर्कि साथीकौ निधन भयो । दुर्घटनापछि वाच्नको लागि उनले धेरै सघर्ष गरे । अपांग भएपछि पहिले जसरी हिडडुल गर्न र उसैगरि पत्रकारिता पेशालाई टिकाईराख्न उनलाई सकस छ ।उनको दाहिने गौडाको घुडा भन्दा मुनिको भाग काटिएको छ ।  यतिबेला पत्रकार रविन घाईते शरीर लिएरै भएपनि आफ्नो पत्रकारिता पेशालाई निरन्तरता दिईरहेका छन् । 
पक्कै पनि पत्रकारिता आफु र आफ्नो परिवारको लागि मात्रै गरिने पेशा होईन । जसलाई यो राज्य र नागरिक समाजप्रति आफ्नो दायित्वत्रोध छ  जस्तो लाग्छ, उसले नै पत्रकारिता पेशा रोज्छ । रविनले पनि यहि गरे । बाहिरबाट हेर्दा पत्रकारिता पेशालाई जति आिर्थक समृद्धशाली भएको ठानिन्छ वास्तवमा यस्तो छैन ।  अहिले सरकारद्धारा गठित न्युनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यनुतम पारिश्रमिक मासिक पाँच हजार दुईसय रुपैयाँ तोकेको छ । यो न्युनतम तलब समेत पत्रकारले पाएका छैनन् । रविनले पनि यो मासिक तलब आफ्नो काम गर्ने संस्थाबाट पाए कि पाएनन् ,थाहा छैन । नेपालका दश प्रतिशत संचारमाध्यमले पनि पत्रकारलाई यो मासिक तलब उपलव्ध गराएका छैनन् होला । यसमाथि अरु सुविधा दिने त कुरै आएन । समाचार खोज्दा हात काटे आफै डिटल लाउनपर्छ । ज्वरो आए आफै सिटामोल किनेर खानुपर्ने वाध्यता छ । साईकल पंचर भए आफै पैसा तिरेर पंचर टाल्नुपर्ने बाध्यता छ । तर यहि पेशा रोजेकै कारण उनलाई अहिलै आफ्नै उपचार गर्न धौ धौ छ ।   परि आउँदा पत्रकारले कतैबाट सरसहयोग पाउँदैनन् भन्ने कुरा पत्रकार थपलियाको वाध्यताले समेत प्रमाणित गराईदिएको छ ।
को
हुन्  रविन् थपलिया ?
थपलियाले पत्रकारिता गरेको दश वर्ष पग्यो । उनी नेपाल पत्रकार महासंघ नुवाकोटको संस्थापक सदस्य र अहिले महासंघकै केन्द्रीय पार्षद् समेत हुन्  । नुवाकोटबाट प्रकाशित हुने नया रुपरेखा साप्ताहिकवाट उनले २०५६ सालदेखि नै पत्रकारिता पेशालाई निरन्तरता िदंदै आएका छन् । नया रुपरेखा हुदै थपलियाले २०५९ सालदेखि ६२ सालसम्म एचविसि एफ एममा पनि समाचार पढ्न० काम गरें । यसपछि केहि समय रेडियो नेपालबाट प्रसारित हने घटना र विचार भन्ने कार्यक्रममा पनि उनले रिपोटीङ गरें । त्यसपछि २०६३ साल देखि ६५ साल सम्म काठमाण्डौको अनामनगरमा रहेको गोर्खा एफ एममा समाचार पढे । एफएममा उनले इको मिसन र वैदेशीक रोजगार भन्ने दुईवटा कार्यक्रम चलाउने गर्दथें । 
पत्रकारिता पेशालाई अझै फराकिलो बनाउने अभिप्रायले उनकै सम्पादन र प्रकाशनमा २०६५ सालदेखि अग्निवाण मासिक तथा वेवपत्रिका चलाइरहेकै बखत उनी एक्कासी दर्घटनामा परेका हन् । २०६६ साल जेठ ३१ गते काठमाण्डौको वालाजुमा मोटरसाइकल दुर्घटना भएर दाहिने गोडा गुमाएपछि उनको पत्रकारिताको यात्रा केहि रोकिएको छ । हाल अस्पतालको निगरानिमा उनले उपचार गराइरहेका छन् । हालसम्म थपलियाले आफ्नो उपचारको लागि १५ लाख जति खर्च गरिसके । प्रकृतिले दिएको गोडा त खेर गईहाल्यो कृत्रिम गोडा राखेरै भएपनि आफ्नो काम चलाउने र बाकि जीवन केहि सहज तरिकाले जिउने धोको छ उनको । तर अब त्यहि कृत्रिम गोडा राख्नको लागि करिब छ लाख रुपैयाँ खर्च लाग्छ रै । आफुसंग भएको केहि पैसा र उदार मन भएका साथीभाईको सहयोगबाट जम्मा भएको सहयोग रकम सबै यसअघिकै उपचारमा स्वाहा भयो । यसैले उनलाई थप उपचारका लागि थप रकमको समेत जोहो गर्नुपरेको छ । 
यतिबेला पत्रकार रविन थपलिया आफ्नै पीडाले बाँचिरहेका छन् । अब एकजना नेपालीको व्यथा अर्को नेपालीले बुझेर सहयोग नगरे कसले गरिदेला र खै  ?
उनको उपचार र कृतिम गोडाको लागी आज मानविय नाताले तपाई हामी सबैले सहयोग गर्नेछन् भन्नै आशमा छन् उनी । सहगोग गर्न चाहनै सबैलाई उनले आफ्नो वेवपत्रिकामार्फत अपिल पनि गरेका छन् । दर्घटनाका कारण र बी एण्ड वी अस्पतालले उनीप्रति गरेको हेपाहा प्रवृत्तिलाई आफ्नै शव्दमा उजागर पनि गरेका छन् । उपचारका क्रममा भोग्नपरेका कठिनाईहरु पढ्दै गर्दा बडो कारुणिक र मर्मश्पर्शी छ । यी सबै
कुराहरु यहाँ किल्क गरेर पढ्न सकिन्छ । 
http://agnibana.wordpress.com/about/
राजनीतिक दल र अन्य अपराधिहरुको चरित्र जोगाउन आफ्नो चरित्रलाई बन्धक राख्ने र बेच्ने काम पत्रकार थपलियाले गरेको भए शायद उनलाई उपचार खर्च जुटाउन यसरी हम्मे हम्मे पर्ने थिएन । यहि भएर स्वाभिमानी नेपालीसामु उनले सहयोगको हात फैलाएका छन् । सच्चा मनले उनलाई सहयोग गरौं । पत्रकारले सबैलाई टाढा होईन साझा सम्झिराखेको हुन्छ । तर उतिबेला काम पर्दा मात्रै थपलियालाई काखी च्याप्नेहरु यतिबेला जुम्राले लास छाडेझै गरि िहंड्न थालेका छन् । 
कसरी गर्ने त उनलाई सहयोग ?
उनको उपचारका लागि कतार इजरायल र अमेरिका लगायतका देशमा त्यहा रहेका नेपालीले अभियान चलाएका छन् । ढिलै भएपनि जापानमा समेत आर्थिक संकलन गर्न तदारुकता देखाईएको छ । जापानका नेपालीले कम्तिमा आफ्नो एक घण्टाको पारिश्रमिक रविनको उपचारका निम्ति सहयोग गरियो भने उनले नयाँ जीवन पाउनेछन् । उनले गर्दै गरेको पत्रकारिता मर्न पाउँदैन । अग्नीवाण मासिक र वेवपत्रिकाले पनि निरन्तरता पाउँछ ।
रविनलाई सहयोग गर्न चाहने जापानका मनकारीहरुले नेपालमा रहेको निम्नानसारको उनको बैंक खातामा रकम जम्मा पनि गर्न सकिन्छ ।
रविन प्रसाद थपलिया
मनमैजु ५ काठमाण्डौ
मोवाईल ९८४१६५९४९४ 
गोर्खा विकास वैक पुतलीसडक काठमाडौं
खाता नं  ०३८२३ SA

नेपाली विद्यार्थी समाज जापान - नेसाज को तपसिलको सहयोग खातामा रकम जम्मा गरिदिएर पनि उनलाई सहयोग गर्न सकिन्छ ।
NESAJ-FUND
Account Number 12150-49410151
JP BANK (Post Office)

आगामी सोमबारभित्रमा सहयॊग रकम जम्मा गरिदिन नेसाजले अनुरोध समेत गरेको छ । संकलित रकमका बारेमा नेसाजले आधिकारिक रुपमा विभिन्न संचारमाध्यम र आफ्नो ग्रुपमेलमार्फत सम्बन्धित सबैलाई जानकारी गराउने व्यवस्था मिलाएको छ । यसैगरि आईतबार मा हुने भानुजयन्तीको कार्यक्रममा गएर पनि रकम जम्मा गर्न सकिन्छ । यसबाहेक जापानको नागोया क्षेत्रमा रहेका निम्न महानभावहरुलाई टेलिफोनमा सम्पर्क गरेर रविन थपलियाको बारेमा जानकारी लिन र उनलाई कसरी  सहयोग गर्ने भनि प्रकि्रयाका सम्बन्धमा पनि जानकारी लिन सकिनेछ । 
डा सुदिप अधिकारी      ०९०-४२५८-८७६१
डा वसन्तकुमार गौतम ०९०-३५५२-९२२६
हरिप्रसाद पोखरेल       ०९०-९९०६-६०११
सरोज कँडेल              ०८०-५१६३-७००८
विमल अधिकारी         ०९०-८३३७-४४२२
पारसमणि पोखरेल      ०९०-१७२५-२९३०
सन्देश पोखरेल           ०८०-३६३७-८८१९

बरु एक छाक नखाने तर पत्रकारिता पेशा भने नछाड्ने उनको लक्ष्य छ । विहानदेखि बेलुकासम्मको भागदौडपछि बल्ल एउटा पत्रकारका लागि समाचार बन्छ । समाचार आफै पत्रकार भएको ठाउमा पनि आईपुग्दैन । आफै खोज्न हिड्नपर्छ । तर त्यतिबैला खुट्टा नै छैन भने कसरी हिडेर कसरी समाचार बनाउने  नेपाल पत्रकार महासंघ केन्द्रबाट उनले जम्मा दश हजार आर्थिक सहयौग पाएका छन् । नुवाकोट शाखाबाट चाहि आठ हजार र सुचना विभागबाट दश हजार रुपैया उपचार लागि पाएको उनले कान्तिपुर टेलिभिजनमार्फत जानकारी गराएका छन् । ह्वीलचेयर र वैशाखीविना एक पाईला पनि अगाडि बढ्न नसक्ने उनलाई आफ्नो लक्ष्यमा पुग्न चाहि अब मनकारी नेपालीहरुको सहयोगको खाचो छ । उनको बारेमा कान्तिपर टेलिभिजनले प्रसारण गरेको यो समाचार यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 


 


 

1 comment:

  1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

    ReplyDelete