• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, June 4, 2010

    निखिल उप्रेतीको दोश्रो विहे !

    सञ्चिताले स्विकारिन्, कोपिलाले नकारिन्
    काठमाडौं, जेठ २०  अभिनेत्री सञ्चिता लुइँटेलले अभिनेता निखिल उप्रेतीसँग बिहे गरेको स्वीकार गरेकी छिन्। कान्तिपुर टेलिभिजनबाट बुधबार प्रसारण भएको कार्यक्रम 'रजतपट' मार्फत् उनले सो कुरा स्विकारेकी हुन्। 'तीन वर्षको प्रेम सम्बन्धलाई दुई वर्षअघि विवाहमा परिणत गरेका हौं। परिवारको सहमतिमा निखिलजीको घरमा बिहे भएको हो,' सञ्चिताले भनिन्, 'मसँग धन सम्पत्ति केही छैन। जोगीजस्तै हुँ। तैपनि तिमी बिहेका लागि तयार छौ त? भनेर निखिलले सोधे। मैले सहमति जनाएँ।'
    निखिलले मिडियामा नल्यानु भनेकाले अहिलेसम्म यो सम्बन्ध गोप्य राखेको उनले बताइन्। काठमाडौंमा घर नभएकोले निखिल दुई वर्षदेखि होटल र दिदीको घरमा बस्दै आएको समेत सञ्चिताले बताएकी छिन्।
    अन्तर्वार्तामा उनले छिट्टै निखिललाई नेपाल फर्काउने र फिल्ममा उनको 'ग्याप' मेटाउने दावी समेत गरिन्। पहिला निखिल र आफ्नो 'केमेस्ट्री' मिलेको चर्चा गर्ने मिडियाले बिहेको खबरलाई नकारात्मक रूपले प्रस्तुत गरेकोमा असन्तुष्टि समेत पोखिन् उनले। बिहेपछिको एउटा दशैं निखिलको घरमा मनाएको उनले खुलाइन्।
    आफू भारतीय सिरियल खेल्ने तयारीमा रहेको जानकारी दिँदै उनले भनिन्, 'निखिल रित्तो हात मुम्वई आएका हुन्। मैले केही पैसा बचाएकी थिएँ र सासुससुराले पनि सहयोग गरे। त्यसैबाट गुजारा चल्यो।' आलोक नेम्बाङको फिल्म 'कोही मेरो'को डबिङ गर्न नेपाल आएको उनले बताइन्। हालै निखिल एक मद्रासी फिल्ममा अनुबन्धित भएको उनले जानकारी दिइन्।
    निखिलकी पत्नी कोपिला उप्रेतीले भने सञ्चिताको सबै कुरा झुटो भएको बताइन्। अन्तर्वार्ता सकिए लगत्तै नागारिकलाई प्रतिक्रिया दिँदै उनले भनिन्, 'उसको सबै कुरा झुटो हो। मंगलसूत्र र सिन्दुर लगाउँदैमा कोही कसैको श्रीमती हुन सक्दैन। विवाह गरेको के प्रमाण देखाउन सकिन् सञ्चिताले?' यसबारेमा निखिलसँग कुरा गरेरमात्र केही बताउन सक्ने भनाइ उनको थियो।
    'निखिलले काठमाडौंबाहिर सुटिङ परेको समय बाहेक एक दिन पनि घर छाडेका छैनन्। यो कुरा सबै छिमेकीलाई थाहा छ। दुई वर्षदेखि निखिल घरमा नभएको भए आठ महिनाको छोरो कसरी आयो?' कोपिलाले प्रश्न गरिन्, 'एउटा फिल्मबाट २० हजार पाउने हिरोइनले निखिललाई मुम्बई राखेर पालेको गफ एकदमै फाल्तु छ।'
    चैत १२ गते छोराको पास्नी सकेर मुम्बई गएका निखिल जिउ बनाएर फर्कने तयारीमा रहेको कोपिलाले बताइन्। 'मैले विवाहको हल्ला चलेपछि यस विषयमा स्पष्ट गर्न नेपाल बोलाएकी थिएँ। तर, उनले कसैले आरोप लगाउँदैमा खण्डन गर्न जरुरी छैन भने,' कोपिलाले भनिन्।
    आठ वर्षको प्रेमपछि विवाह गरेका निखिलले आफूलाई धोका देलान् भनेर विश्वास नभएको उनले बताइन्। 'मैले निखिललाई स्टार होइन एउटा समान्य दिनेश उप्रेती हुँदा प्रेम गरेकी हुँ। उनले धोका देलान् भनेर म कल्पनै गर्न सक्दिन,' कोपिला आशावादी छिन्, 'सायद निखिलले यो कुराको खण्डन छिट्टै गर्लान्।'  
    http://nagariknews.com/ent/movies/14152-2010-06-03-02-50-42.html

    3 comments:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete
    2. यदि तपाईंलाई आफ्नो आर्थिक आवश्यकताहरु लाई हल गर्न को लागि तत्काल ऋण को आवश्यकता हो, हामी $ 3,000.00 देखि $ 80,000,000 सम्म को ऋण को पेशकश गर्दछ। अधिकतम, हामी विश्वसनीय, कुशल, तेज र गतिशील हो, 100% गारंटी ऋण संग यो फिब (यूरो, म र मजा र डायरेक्ट्स।) यदि तपाईं हामीलाई फिर्ता लिने रुचि राख्नु हुन्छ भने सबै ऋणको ब्याज दर (3%) हो। इमेल
      lapolendersfirm@gmail.com

      ReplyDelete
    3. यदि तपाईंलाई आफ्नो आर्थिक आवश्यकताहरु लाई हल गर्न को लागि तत्काल ऋण को आवश्यकता हो, हामी $ 3,000.00 देखि $ 80,000,000 सम्म को ऋण को पेशकश गर्दछ। अधिकतम, हामी विश्वसनीय, कुशल, तेज र गतिशील हो, 100% गारंटी ऋण संग यो फिब (यूरो, म र मजा र डायरेक्ट्स।) यदि तपाईं हामीलाई फिर्ता लिने रुचि राख्नु हुन्छ भने सबै ऋणको ब्याज दर (3%) हो। इमेल
      lapolendersfirm@gmail.com

      ReplyDelete