• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, June 7, 2010

    जापानका प्रधानमन्त्रीको काधमा कमजोर अर्थतन्त्र

    विश्वको दोस्रो ठूलो अर्थतन्त्र जापानको नवनियुक्त प्रधानमन्त्री नाटो कानले कमजोर अर्थतन्त्रको सुधार गर्न ठूलो चुनौती विद्यमान रहेको बताएका छन् । प्रधानमन्त्री कानले विगत २ दशकयताको निष्क्रिय अर्थतन्त्रको बोझ आफ्नो काँधमा आएको बताए ।
    विश्व आर्थिक मन्दीको प्रभावले कमजोर बनेको वित्तीय क्षेत्रको सुधारमा कारको बाह्य माग उच्च भई निर्यातले केही मात्रामा अर्थव्यवस्थालाई सन्तुलित गर्न सहयोग पु¥याए पनि आन्तरिक माग भने न्यून रहेकाले अर्थतन्त्र चुनौतीपूर्ण बनेको उनको दाबी छ ।
    जापानका पूर्व प्रधानमन्त्री याकियो हाटोयामाको कार्यकालमा वित्तमन्त्रीको कार्यभार सम्हालेका कानले देशको अर्थव्यवस्था सुधारका लागि धेरै नै प्रयास भएको बताएका छन् । “विगत २० वर्षदेखि जापानको अर्थतन्त्रले राम्रो मोड लिन सकिरहेको छैन । कमजोर अर्थव्यवस्थामा पछिल्लो विश्वव्यापी आर्थिक जटिलता थपिएको छ”, कानले भने, “वृद्धि रोकिएकोे छ । मानिसहरूलाई रोजगारी पाउन गाह्रो छ । यो प्राकृतिक घटना होइन । नीति–निर्माताको कमजोरी हो ।”
    उनले देशमा शासन गर्ने नेताहरूको कमजोर नेतृत्व क्षमताले अर्थतन्त्रको वृद्धिमा कमी आएको बताए । कुनै पनि देशको वित्तीय क्षेत्रको विकासको पूर्वाधारका रूपमा नीति निर्माण क्षेत्र नै प्रमुख हुने उनको ठहर छ । कमजोर वित्तीय नीतिकै कारणले युुरोपको ऋण संकट भयावह अवस्थामा पुग्दा पनि सुधार पक्षले कुनै पनि सकारात्मक उपलब्धि हासिल गर्न नसकेको औंल्याउँदै जापानी अर्थव्यवस्था पनि सक्रिय वित्तीय नीतिको अभावमा विगत २० वर्षदेखि असन्तुलित रहेको कानको बुझाइ छ ।
    उनले विगत आधा शताब्दीदेखि जापानी भूमिमा सञ्चालित परम्परागत शासन–प्रणालीको अन्त्य भएको पनि बताएका छन् । उनले भने, “हामीले अर्थतन्त्रलाई छिट्टै बलियो बनाउन सक्छौं, भन्ने कुरामा म पूर्ण विश्वस्त छु । त्यसैगरी समग्रमा सबै पक्षको विकास गर्न हामीले समयमा नै नयाँ नीतिका साथ अगाडि बढ्नैपर्ने हुन्छ ।”
    विगतमा समकक्षीहरूले आफ्नो कार्यकालमा सही कार्य गर्न नसकेकै कारण राजीनामा दिएको उनको तर्क छ । पछिल्ला चार जना पूर्वप्रधानमन्त्रीहरूको कार्यकाल निकै छोटो रहेको प्रति अंकित गर्दै विश्लेषकहरूले वर्तमान प्रधानमन्त्रीको कार्यकाल भने दीर्घ रहने अनुमान गरेका छन् । एसियाको औद्योगिक शक्तिकेन्द्रका रूपमा रहेको जापानमा प्रधानमन्त्री कानले अपेक्षाकृत उपलब्धि प्राप्त गर्न सकेको खण्डमा अवरुद्ध विकासको गतिमा कोसेढुंगा नै सावित हुने विश्लेषकहरूको भनाइ छ ।
    चालू आर्थिक वर्षको सुरुवातसँगै चीनले देखाएको आर्थिक विकासको गतिविधि जापानको अर्थवस्थालाई पछि पार्ने रहेको विज्ञहरूको धारणा रहेको छ । विज्ञहरूले फ्याक्ट्री आफ द वल्र्डका रूपमा रहेको चीन न्यून ज्यालायुक्त कामदारसहित हाई टेक आइल्यान्डका रूपमा रहेको १२ करोड ७० लाख जनसंख्यायुक्त राष्ट्र जापानलाई उछिनेर अमेरिकापछिको विश्वको दोस्रो ठूलो आर्थिक शक्तिकेन्द्र बन्ने बताएका छन् ।
    चीनको द्रुत औद्योगिक विकासले जापानलाई सन् १९८० ताकाको सम्झना दिलाँउछ, जति बेला जापानले विश्वमा आफ्नो वर्चस्व कायम गरेको थियो । विश्वका हरेक कुनामा जापानी कम्पनीद्वारा निर्मित गाडीहरू हुन्थे, तर अहिले त्यो स्थान चीनले लिएको छ । विश्व अटोबजारमा चीनको वर्चस्व देखिन थालेको छ । जापानी कम्पनीहरूले पश्चिमी राष्ट्रहरूमा आफ्नो उत्पादन बिक्री गर्न हिचकिचाइरहेको अवस्था छ ।
    सन् १९९१ देखिको लगातार विश्व मन्दीले प्रभावित जापानी वित्तबजारमा लगानीकर्ताहरूको संख्यामा कमी आउन थालेको विज्ञहरूको ठहर छ, जसले रोजगारी सिर्जनामा ह्वात्तै कमी आएको छ । जापानको प्रतिव्यक्ति आम्दानीसमेत गिरावट उन्मुख बन्दै गएको अवस्था छ ।
    यद्यपि केही जापानी नागरिकहरूको आर्थिक अवस्था भने बलियो नै छ । तर घरविहीन र बेरोजगार मानिसको संख्यामा कमी आएको छैन । हाल जापानमा बेरोजगारी दर ५.१ प्रतिशत कायम छ । मानिसहरू पुलमुनि र सडकमा नै सुतिरहेका देखिन्छन् । त्यसैगरी सहरको मुख्य चोकमा अनावश्यक गफ गरेर बस्ने मानिसको संख्यामा दिन–प्रतिदिन वृद्धि हुँदै गएको छ ।
    गत वर्ष डेमोक्र्याट पार्टीले सडक बालबालिकाहरूको संख्या न्यून गर्न निःशुल्क ट्युसन पढाउने नीति ल्याएको थियो । नीति धेरै प्रभावकारी देखिए पनि कार्यान्वयन पक्ष फितलो भएकाले उपलब्धि हासिल गर्न सकिएन । त्यसैगरी जापानको सरकारी खर्च गर्ने परिपाटीमा भएको वृद्धिले हाल त्यहाँको ऋण कुल गार्हस्थ्य उत्पादनभन्दा दोब्बर पुगेको छ, जसले अधिकांश कम्पनीलाई पनि आर्थिक मार परेको छ । पछिल्लो महिना कानले हाल कायम रहेको ५ प्रतिशत उपभोक्ता करमा वृद्धि गर्न संसद्मा दबाब दिएका थिए ।
    कानका लागि नराम्रो समाचारका बाबजुद केही राम्रा पक्ष पनि रहेका छन् । मन्दीले कमजोर अर्थतन्त्रमा क्रमशः सुधार आउन थालेको छ । चालू आर्थिक वर्षको सुरुवातसँगै निर्यात क्षेत्रमा आएको सुधारले कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ । त्यसैगरी कानका लागि नराम्रो समाचारका रूपमा आर्थिक क्षेत्रको संकुचन, बेरोजगार सिर्जना, मूल्य वृद्धि र कमजोर आन्तरिक माग रहेका छन् ।
    जापानको मध्यवामपन्थी गठबन्धनका प्रधानमन्त्री युकिओ हातोयामाले ऐतिहासिक चुनावी जितले सत्तामा पुर्‍याएको नौ महिना नबित्दै बुधबार राजीनामा दिएका हुन ।
    पछिल्ला जनमत र्सर्वेक्षणहरूले गत सेप्टेम्बरमा प्रधानमन्त्री नियुक्त हातोयामाको लोकप्रियता जापानको दक्षिणी टापु ओकिनावामा रहेको अलोकप्रिय अमेरिकी नौसैनिक अखडा प्रकरणमा ७० बाट घटेर २० प्रतिशतमा आइपुगेको देखाएका छन् ।
    सुरुमा सो अखडा त्यहाँबाट हटाउने वाचा गरेका हातोयामा पछि नहटाउने निर्ण्र्ााा पुगेका थिए । अमेरिकी नौसैनिक अखडा नहटाउने निर्ण्र्ााछि ओकिनावावासी र सत्तारूढ गठबन्धनमा सामेल शान्तिवादी सोसियल डेमोक्रेट्सहरू हातोयामाप्रति क्रुद्ध भएका थिए ।
    वामपन्थी सोसियल डेमोक्रेटस्ले जुलाईको निर्वाचनअघि उपल्लो सदनमा सरकारलाई कमजोर बनाउँदै आइतबार तीनदलीय गठबन्धन छाडेको थियो । ठीक त्यसैबेला हातोयामाको लोकप्रियता घटेर २० प्रतिशतभन्दा पनि तल झरेको प्राप्त समाचारमा उल्लेख छ ।
    हातोयामाले गहभरि आँसु पार्दै आफ्नो दल डेमोक्रेटिक पार्टर्ीीफ जापान -डीपीजे) को बुधबार सम्पन्न विशेष संसदीय बैठकमा भने, 'म राजीनामा दिन्छु ।' त्यसबेला उनले नयाँ डीपीजे गठन गर्ने घोषणा पनि गरेका छन् ।
    'सरकारको कामले जनताको चाहना प्रतिविम्बित गरेको छैन,' प्रधानमन्त्री हातोयामाले राजीनामाको विषयमा पार्टर्ीी प्रभावशाली नेताहरू र महासचिव इचिरो ओजावालाई जानकारी गराइसकेको उल्लेख गर्दै भने ।
    ओजावा एउटा वित्तीय सहायतासम्बन्धी काण्डमा पनि मुछिएका छन् जसमा उनका बर्तमान र पहिलेका गरी तीनजना सहयोगीमाथि आरोप लागेको छ । विगतमा अभियोजकहरूले ओजावाको कार्यालयमा छापा मार्नुका साथै उनीसँग सोधपुछ पनि गरेका थिए ।
    त्रिसट्ठी वषर्ीय हातोयामाले राजीनामाको प्रमुख कारणका रूपमा ओजावाको र आफ्नै वित्तीय समस्या तथा ओकिनावा मुद्दालाई अघि सारेका छन् । 'म ओकिनावाका जनताको दुःखको
    कारण बनें,' हातोयामाले भनेका छन्, 'हामीले अमेरिकी अखडालाई ओकिनावाबाट बाहिर सार्ने प्रयास गर्नु आवश्यक छ । तर, हामीले त्यसो गर्न सकेनौं ।'
    यो साता प्रमुख अखबारहरूमा हातोयामाले राजीनामा दिने विषयले निकै प्राथमिकता पाएको थियो । संसारकै दोस्रो ठूलो अर्थतन्त्रको नेताबाट हातोयामाले ११ जुलाईमा हुने अनुमान गरिएको उपल्लो सदनको निर्वाचन अगावै राजीनामा दिनुपर्ने माग डीपीजेभित्रैबाट आउन थालेको थियो ।
    हातोयामाले बुधबार ओजावालाई भेटेका थिए । 'स्याडो सोगन'का नामले समेत चिनिने ओजावा प्रधानमन्त्रीको कर्ुर्सर्ीीथा उपल्लो सदनमा दलका नेता अजुमा कोसिसी पछाडिका प्रमुख शक्ति एवं चुनावी रणनीतिकार मानिन्छन् ।
    गएको ग्रीष्ममा कन्जरभेटिभ पार्टर्ीीे आधा शताब्दीभन्दा लामो शासनको अन्त्य गरेका हातोयामा चार वर्षो अवधिमा जापानको प्रशासन सम्हाल्ने चौथो प्रधानमन्त्री हुन् ।  
    स्टानफोर्डमा प्रशिक्षित इन्जिनियरिङका विद्यार्थी हातोयामा बौद्धिक रुपमा झोंकी छन्, जसले उनलाई घमन्डी र सामान्य जनताभन्दा निकै परको व्यक्तिको रुपमा आलोचना गराइरह्यो । हातोयामा कुनै बेला जापानका केनेडीको नामले समेत चिनिने ज्यादै प्रभावशाली राजनीतिक तथा व्यापारिक घरानाका सन्तान हुन् ।
    उनकी करोडपति आमाले निर्वाचन अभियानमा ठूलो रकम खन्याएपछि हातोयामा आर्थिक अनियमितता प्रकरणमा पनि मुछिए । सो प्रकरणमा उनका एकजना निकट सहयोगीले त जेलसजाय पनि पाएका छन् ।
    http://karobardaily.com/?p=7803
    http://rajdhani.com.np/2010-06-02/3385.html

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete