• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, May 20, 2010

    डा भक्तमान श्रेष्ठको स्थिति अझै अज्ञात

    नारायण शर्मा/दीपेन्द्र बडुवाल 
    चितवन, जेष्ठ ६ - दुई दिनअघि  भरतपुर स्थित चितवन अस्पताल बाहिरबाट अपहरणमा परेका बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको स्थिति अझै अज्ञात रहेको छ ।
    उनको अपहरण भएको ४० घण्टा बितिसक्दापनि थाहा हुन नसकेका कारण परिवार र शुभचिन्तक पिरोलिएका छन् ।
    पोखराका डिआईजि कुबेर रानाले डाक्टरको अबस्थावारे केहि भन्न नसकिने आज बिहान ईकान्तिपुरलाई बताए । उनले चितवन र पोखराका सबै सम्भावित नाका ब्लक गरेर अनुसन्धान भैरहेको जानकारी दिए । उनले डाक्टरले चढ्ने गाडी सुरक्षित अबस्थामा लक गरिएका कारण स्थिति नजिकवाट नियाल्ने प्रयास भैरहेको जनाए ।
    डा.श्रेष्ठ बेपत्ता भएको २० घण्टापछि बुधबार साँझ साढे ६ बजे उनी चढेको बा ३ च्ा ९८९ नम्बरको गाडी पोखरा उपमहानगरपालिका  स्थित कुडार चोकको बाँयापट्ट िसडकमा बेवारीसे अबस्थामा फेला परेपछि सुरक्षानिकायले उनको अपरहण भएको निष्कर्ष निकालेको हो  ।
    गाडीमा भेटिएका डाक्टरका प्रमाणलाई उनका परिवारलाई देखाएर रुजुगर्ने र त्यसपछि थप अनुसन्धान अघि बढाइने रानाले बताए ।  यसैबीच चितवन र काठमाण्डौंमा रहेका भक्तमानका परिवार जन र ्शुभचिन्तकहरु अहिले केहिबेर अघि पोखरा पुगेका छन् । चितवनमा सबै चिकित्सक र पेशाकर्मी अन्यौलमा छन् ।
    डाक्टर श्रेष्ठको परिचयपत्र कच्याक्कुचुक अबस्थामा गाडिमै फेला परेको छ । अनुसन्धानको क्रममै रहेकाले अहिलेनै केहि भन्न गाह्रेा छ डिआइजी रानाले भने- शंकास्पद र सम्भावित नाकामा खोजी कार्य जारी छ ।
    भरतपुरको चौबिसकोठी स्थित चितवन अस्पताल प्रालिमा दुइवटा सामान्य शल्यक्रिया सकेर मंगलवार राति सवा दश आफ्नो क्वाटर जान निस्केका श्रेष्ठ त्यसपछि सम्पर्क बिहीन भएका थिए ।  उनी आफैले चलाएको गाडिमा आफ्नो निवास क्यान्सर अस्पताल परिसरमा जान हिडेपनि नपुगेपछि मंगलवार रातिदेखिनै उनको खोजी सुरु भएको छ ।
    परिवारका अनुसार श्रेष्ठको मोवाइल राति साढे दशबजे नै अफ थियो । श्रेष्ठको परिवार चिन्तित छ । श्रेष्ठका दाजु गोपिमान श्रेष्ठले भक्तमानको कोही कसैसंग दुस्मनी नभएको बताए । 'कसैसंग झगडा , रिसइवी केही पनि थिएन । कस्ले अपहरण गरेको वा के गरेको हो भनेर चिन्तित छौ ''उनले भने ।
    चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले उनको खोजी कार्य जारी रहेको बताए । उनले सबैपक्षवाट खोजिमा सहयोग भैरहेको जनाए । जिल्ला प्रहरीले विभिन्न सीमानाकामा श्रेष्ठ हराएको जानकारी गराएर खोजी तिब्र पारेको जनायो ।
      माओवादी दुःखी र स्तब्ध

    यसैबीच  डा.श्रेष्ठको अपहरणले पार्टी दुःखी र स्तब्ध भएको भन्दै माओवादीले उनको  अबिलम्ब खोजी गरी स्थिति सार्वजनिक गर्न र अपहरणकारीलाई अबिलम्ब पत्ता लगाई कडा कारबाही गर्न माग गरेको छ ।
    प्रवक्ता दीनानाथ शर्माद्वारा जारी बिज्ञप्तिमा अपहरित सरकार  जनताको जीउधनको रक्षा गर्न पूर्ण असफल र नालायक सिद्ध भएको भन्दै बिज्ञप्तिमा राज्यका महत्वपूर्ण निकायमा कार्यरत उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीमाथि स्वयम् सरकारका मन्त्रीले हातपात गर्ने र राष्ट्रसेवकहरू अपहरित हुने जस्ता घटनाले पार्टीलाई गम्भीर बनाएको उल्लेख छ ।
    माओवादीले राष्ट्रसेवक कर्मचारी समेत सम्पूर्ण जनताको जीउधनको रक्षाप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह समेत गरेको छ ।
    http://www.ekantipur.com/np/2067/2/6/full-news/311794/

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete