• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, May 20, 2010

    टोयोटाको कार फिर्ता जारी

    एएफपी, टोकियो, ५ जेठ
    टोयोटा मोटर कम्पनीले पुनः ११ हजार ५ सय कार फिर्ता गर्ने भएको छ । कारको स्टियरिङ प्रणालीमा आएको त्रुटिका कारण टोयोटाले विश्वव्यापी रूपमा त्रुटिपूर्ण कारको फिर्ता लिने कार्यलाई जारी राखेको छ । कारको सुरक्षा प्रणालीले विश्वास गुमाएको अवस्थामा पछिल्लो पटकको फिर्ता प्रकरणले कम्पनीलाई अर्को चोट पुगेको विश्लेषकहरूको ठहर छ ।
    टोयोटाले आफ्नो ४ मोडलमा इलोक्ट्रोनिक समस्याका बारेमा १२ वटा गुनासो आएको बताएको छ । एलएस–४६०, एलएस–४६० एल र एलएस–६००एच र एलएस–६०० एचएल हाइब्रिड मोडल समस्यायुक्त रहेको कम्पनीले बताएको छ ।
    “हामीले विश्वव्यापी रूपमा लेक्सस मोडेलका ११ हजार ५ सय सवारी फिर्ता बोलाउने तयारी गरिरहेका  छौ”, टोयोटाका प्रवक्ता पाउल नोलास्कोले एजेन्सीलाई जानकारी गराएका छन् ।
    जापान सरकारले आन्तरिक बिक्रीमध्येका फिर्ता हुने सवारीको संख्या ४ हजार ५ सय हुने जानकारी दिएको छ ।
    टोकाई टोकियो सेक्युरिटिजमा अटो विश्लेषकका रूपमा रहेका मामोरु कातोले टोयोटाले आफ्नो उत्पादनको गुणस्तर कायम गर्न सवारी फिर्ता गर्ने काममा जागरूक भएको विश्लेषण गरेका छन् । कार फिर्ता बोलाउन ढिला भएको गुनासो खेपेको टोयोटाले धेरै आलोचना सहनु नपरोस् भनेर पनि समयमै सवारी फिर्ता बोलाउने काम गरेको उनको टिप्पणी रहेको छ ।
    गत वर्षदेखि टोयोटाले विश्वव्यापी रूपमा सुरक्षा विषयका कारण बिक्री भइसकेको १ करोड सवारी फिर्ता गरिसकेको छ भने जरिवानास्वरूप १ करोड ६४ लाख डलर पनि तिरिसकेको छ ।
    टोयोटाले सन् २००८ मा जनरल मोटर्सलाई उछिनेर विश्वको पहिलो नम्बरको कार निर्माताका रूपमा आफूलाई स्थापित गरेको थियो, तर सुरक्षा समस्याका कारण उसको यो स्थान कायमै होला भन्ने प्रश्न कार बजारमा उठेको छ ।
    कार फिर्ता समस्याका बाबजुद हालसालै सार्वजनिक गरिएको कम्पनीको प्रतिवेदनले कम्पनी नाफामा फर्केको उल्लेख गरेको छ ।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete