• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, May 25, 2010

    पोखरामा जुरेको जुम्ल्याहा जोडी


    लालप्रसाद शर्मा
    पोखरा, जेष्ठ १० - उस्तै अनुहार । उचाइ, लवाइ र बोली पनि दुरुस्तै । विवाहको मण्डपका दुई जोडी देख्नेहरूमात्रै होइन, स्वयं बेहुला-बेहुली पनि झुक्किए । कतिबेला भाइसँग दिदी बस्न जान्थिन्, घरी बहिनीसँग दाजु । जन्ती र माइती भने गलल्ल हाँस्थे । सबै भन्थे, 'यस्तो विवाह देखेकै थिएनौं ।'
    जुम्ल्याहा दाजुभाइ र जुम्ल्याहा नै दिदीबहिनीको आइतबार एकसाथ भएको विवाहले सबैलाई तान्यो । विवाहको खबर सुनेपछि थुप्रै सञ्चारकर्मी निमन्त्रणाबिनै पुगेका थिए । विवाहस्थलमा भेटिएका बूढापाकाले यस्तो विवाह बिरलै हुने बताए । पोखरा-७ नुवारथोकका जुम्ल्याहा २९ वर्षका राम र लक्ष्मण बरालको कास्की भलामका २५ वर्षका जुम्ल्याहा दिदीबहिनी गंगा र जमुना पौडेलसँग हिन्दु परम्परा अनुसार बिहे सम्पन्न भएको हो ।
    'जुम्ल्याहा दिदीबहिनी नै बिहे गर्ने सोच थियो,' राम-लक्ष्मणले भने, 'आज पूरा भयो ।' आफन्तको सहयोगमा उनीहरूबीच मागी बिहे भएको हो । जुम्ल्याहाको सकभर एकैदिन र उस्तैसँग बिहे गर्नुपर्ने बूढापाकाको भनाइले चिन्तित बनाइरहेका बेला जुम्ल्याहा दाजुभाइ भेट्टाएर बहिनीहरूको विवाह गरिदिएपछि खुसी भएको बेहुलीका दाजु पुष्पराज पौडेलले बताए । 'हामीलाई ज्वाइँ चिन्न र घर तर्फकालाई बुहारी चिन्न मुस्किल छ,' पौडेलले भने ।
    पुष्पका अनुसार एक मिनेटको फरकमा जन्मिएका गंगा-जमुना दुवै एकैसाथ बिरामी पर्थे । उनीहरूको बोलीचाली, हिँडाइ, लवाइखवाइ, बानीबेहोरा एउटै छ । संयोगले एसएलसीमा पनि समान अंक ल्याएका छन् । दिदीबहिनी अहिले पोखरामै स्टाफ नर्स छन् । एउटै घरका दाजुभाइसँग बिहे गर्न पाएकोमा निकै रमाइलो अनुभूति भएको बेहुली गंगा-जमुनाले बताए । उनीहरूले घरिघरि 'आफ्नोलाई' नचिनेर झुक्किए पनि सञ्चारकर्मीलाई भने त्यसै झुक्याएको भन्दै ठट्टा गरे ।
    १५ मिनेटको फरकमा जन्मिएका बेहुलाद्वय राम-लक्ष्मणको सबै बानीबेहोरा पनि उस्तै छ । पेसा भने फरक । राम पोखरा इन्जिनियरिङ कलेज पढाउँछन्, लक्ष्मण स्थानीय एक फाइनान्समा काम गर्छन् । दाजु ऋषिराम बरालका अनुसार पढाइदेखि अन्य कुनै पनि काममा उनीहरू छुुट्टँिदैनथे ।
    बेहुला-बेहुलीले एक-अर्कालाई चिन्न नसकेपछि बेहुलीलाई फरकफरक घुम्टो लगाइदिनुपर्‍यो । लक्ष्मणको दाहिने र जमुनाको देब्रे गालामा सानो कोठी भए पनि नियालेर हेर्नुपर्ने भएकाले उनीहरूलाई असहज भएको थियो । बेहुला र बेहुलीका लागि गरगहना र कपडा एउटै थियो । झन्डै ६ दशक पण्डित भएका ७५ वर्षे कृष्णप्रसाद आचार्यले पहिलोपटक यस्तो विवाह गरेको बताए । 'सुनेकोमात्र थिएँ,' उनले भने, 'आफैंले देखें ।' उनले धार्मिक हिसाबले पनि यस्तो विवाह राम्रो हुने बताए ।
    http://www.ekantipur.com/np/2067/2/10/full-news/312002/

    3 comments:

    1. wow malai ra majja lagyo yo padera ..
      dada i added ur blog in my roll, will u plz add my in ur Roll plz..

      ReplyDelete
    2. dear aashish ji
      thanks for your comment...I added your blog in my roll..

      ReplyDelete
    3. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete