• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, March 18, 2010

    घंटाघरको अवस्था बुझ्न जापानी टोली वीरगंजमा

    शंकर आचार्य 
    वीरगंजको घंटाघरको घडीको अवस्था बुझ्न मंसिर ५ शुक्रबार यहा आएका  जापानको योनागो सहरस्थित जेसिसका प्रतिनिधिमण्डलले घडीको अवस्था बारे जानकारी लिएका छन् । योनागो जेसिसका अध्यक्ष केईसुकी मात्सुराको अगुवाईमा उक्त टोली यहाँ आएको हो । 
    मात्सुराले योनागो सहर र वीरगंजको घंटाघरको घडीको सम्बन्ध तीन दशक पुरानो र अत्यन्त आत्मियताको रहेको बताए । उनले भने 'हाम्रा छोरा छोरीले तीन दशक अघि आफ्नो एक दिनको खाजा खर्चको पैसा जोगाएर जम्मा भएको रकमले यो घंटाघरको घडी खरीद भएको हो' ।
     यहाँका घडीको अवस्था बारे बुझ्न उनी सहित योनागो जेसिसका अन्य पदाधिकारीहरु तोसिहिरो तानिनो, सोईची फुनाटा र केईसुरी फुकुमा सहितको चार सदस्यीय टोली शुक्रबार राजधानी काठमाडौंबाट यहा आई पुगेको थियो । अन्र्तराष्ट्रिय जेसिसको कामको शिलशिलामा नेपाल आएको उक्त टोलीले नेपाल आउनु अघि शुक्रबार वीरगंज आउने कार्यक्रमलाई आफ्नो तालिकामा समावेश गरेको थियो ।
    झन्डै ६ तल्ले अग्लो वीरगंजको घंटाघरको चौथो तल्ला सम्म चढेर घडीको अवस्था नियालेको उक्त टोलीले जापानी सिको घडीको सबै पाटो हेर्ने ईच्छा जाहेर गरेको  थियो । घंटाघरको भुई तल्लामा रहेको घडीको कन्ट्रोल प्यानल हेर्न चाहेको उक्त टोली तल झर्दै गर्दा बत्ति गए पछि अध्यारोका कारण आफ्नो ईच्छा पुरा गर्न सकेन । जापानमै हुदा बिभिन्न संचार माध्यमबाट वीरगंजको घंटाघरको घडिको दुरावस्था बारे पढेको बताउदै मात्सुराले त्यसै कौतुहलताका कारण आफूहरु वीरगंज आएर घडीको अवस्था बारे आफैले प्रत्यक्ष रुपमा बुझ्न चाहेको बताए ।
    उतिखेर चार लाख रुपैयामा खरीद गरीएको यहाको घंटाघरको घडीको बजार मूल्य हाल ४० लाख रुपैया पर्ने गरेको वीरगंज जेसिस तथा नेपाल जेसिसका पूर्व अध्यक्ष दीपक शाक्य बताउछन् । वीरगंजको प्रतीक बनी सकेको यो घंटाघर ०३६ सालमा तत्कालीन अन्चलाधीश नन्दबहादुर मल्लको अगुवाईमा बनेको थियो । तत्कालीन प्रधानमन्त्री सूर्य बहादुर थापाले उद्घाटन गरेको घंटाघरको आर्किटेक्ट डिजाईन वीरगंजका ईन्जिनियर एके सेनदास गुप्ताले गरेका हुन् । यो घंटाघर तत्कालीन निर्माण समितिले निर्माण गरी वीरगंज उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । तर उमनपाले यसको उचित स्याहार र रेखदेख नगरेकाले घडी तथा यसका उपकरणहरु बिस्तारै बिग्रीदै गएको जनगुनासो रहेको छ ।
    http://www.ekantipur.com/np/2066/8/5/full-news/302336/

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete