• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, March 18, 2010

    नेपाली विद्यार्थी जापान विश्वविद्यालयमा उत्कृष्ट


    जापानस्थित यामागुचि विश्वविद्यालय, तोत्तोरि विश्वविद्यालय, मियाजाकि विश्वविद्यालय र कागोशिमा विश्वविद्यालयद्वारा संयुक्त्त रुपमा सञ्चलित युनाइटेड ग्राजुयट स्कुल अफ भेटेरीनरी साइन्सको बिध्याबारिधि अन्तर्गत यस बर्ष नेपाली विद्यार्थी गोकर्ण गौतमले सर्बोत्तकृष्ट स्थान प्राप्त गरेका छन् ।
    यही मार्च १६ तारीखका दिन आयोजित दिक्ष्यान्त समारोहमा यामागुचि विश्वविद्यालयका प्रेसिडेन्ट  प्राध्यापक मारुमोतो ताकुयाले गौतमलाई सर्बोत्तकृष्ट पिएच. डी. ग्राजुयटका लागि प्रेसिडेन्ट अवार्डद्वारा बिभुषित गरेका थिए ।
    अमरपुर-८, गुल्मीमा जन्मेका ३१ बर्षे गौतमले चितवनस्थित कृषि र पशु बिज्ञान अध्ययन संस्थानबाट बिभिएस्सी एन्ड एएच गरी सन् २००५ मा जापान सरकारको छात्रबृति प्राप्त गरी यामागुचि विश्वविद्यालयमा पिएचडी अध्ययन गर्दै थिए । उनको उत्कृष्टताको कदर गर्दै जापान सोसाइटि फर द प्रोमोसन अफ साइन्सले आगामी २ बर्षको लागि पोस्ट डक्टरल  फेलोशिप  प्रदान गरेको छ ।
    जापानमा अध्ययन गरेका दुई जनालाई लेखनवृत्ति प्रदान
    काठमाडौं, चैत्र २ - नेपाल जापान सम्बन्धका विविध पक्षमा विशेष अनुसन्धान गर्ने नेपाली सोधकर्तालाई प्रत्येक वर्ष प्रदान गरिंदै आएको इमानिसी लेखनवृत्ति सन् २०१० का लागि डा.प्रेमप्रसाद पौडेल र डा.खड्ग केसीलाई प्रदान गरिएको छ ।
    जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा लिएर फर्किएका नेपाली विद्यार्थीको संस्था जापानी युनिभर्सिटी एल्मुनाइ एसोसिएशन नेपाल(जुवान) द्वारा प्रदान गरिने सो लेखनवृत्ति सो संस्थाको १४ औं वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा संस्कृति मन्त्री डा.मीनेन्द्र रिजालले सो लेखनवृत्ति प्रदान गरेका हुन् ।
    नेपाल जापान सम्बन्धका सामाजिक, विज्ञान, राजनीति, अर्थशास्त्र, वाणिज्य शास्त्र, शिक्षा, साहित्य, कला, इतिहास एवं समाजशास्त्रलगायतका विषयमा गरिने खोज अनुसन्धानका लागि प्रतिश्प्रर्धाका आधारमा दिइने सो लेखनवृत्तिमा प्रमाणपत्र र उपहार रहेको छ । नेपालका एकजना हितैषी नागरिक तोसियो इमानिसीको स्मृतिमा सो लेखनवृत्तिको स्थापना गरिएको हो ।
    त्यसैगरी सोही कार्यक्रममा सो संस्थाका संस्थापक सदस्य डा.गजेन्द्र बानियाँलाई मरणोपरान्त र सो संस्थाका सदस्य एवं पूर्वकर्मचारी सिद्धिनाथ रेग्मीलाई नेपाल जापान सम्बन्धका विविध पक्षमा उल्लेखनीय काम गरेकोले सम्मान प्रदान गरिएको थियो । सो अवसरमा मन्त्री डा.रिजालले नेपालको विकासका साथै नेपाल जापान सम्बन्धका विविध आयाममा विषेश सहयोग गर्न जापानमा अध्ययन गरेका विद्यार्थीहरुसँग आग्रह गरे ।
    नेपालका लागि जापानी राजदूत तात्सुओ मिजुनोले जापानमा सिकेको शीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न नेपाली विद्यार्थीलाई सुझाव दिए । वि.सं. १९०२ मा पहिलोपटक आठजना नेपाली युवाले जापानमा सरकारी छात्रवृत्तिमा उच्चशिक्षाको अवसर पाएपछि नेपाली विद्यार्थीका लागि जापानमा अध्ययनको ढोका खुलेको थियो ।
    हाल जापानका विभिन्न विश्वविद्यालयमा करिब १ हजार २०० नेपाली विद्यार्थी सामाजिक अध्ययन, अर्थशास्त्र, कृषि, विज्ञानलगायतका विषयमा अध्ययनरत छन् ।-कान्तिपुर

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete