• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, March 18, 2010

    प्रधानमन्त्रीको नाम बेचेर ढाटे पत्रकारले

    काठमाडांैं। हुँदै नभएको पगरी गुथ्न खोज्दा राजधानीमा कार्यरत दुईजना सञ्चारकर्मी प्रहरीको फन्दामा परेका छन्। थारू कल्याणकारी सभालगायत विभिन्न संगठनलेे आयोजना गरेको तराई बन्दका दिन आफूलाई प्रधानमन्त्री माधव नेपाललाई तराईको सुरक्षा व्यवस्थासम्बन्धी सल्लाह दिने व्यक्तिका रूपमा चिनाएर प्रहरी सुरक्षा लिँदै हिँडेका उनीहरू दाबी गरिएजस्तो कुनै पदमा नरहेको जानकारी प्रधानमन्त्री निवासबाटै पाएपछि प्रहरीले उनीहरूलाई नेपालगन्जबाट पक्राउ गरेको हो।
    चैत १ को तराई बन्दका कारण विभिन्न स्थानमा डकुमेन्ट्री प्रदर्शन गर्ने कार्यक्रममा बाधा पुग्ने भएपछि त्यसदिन नवलपरासीको कावासोतीमा रहेका ती पत्रकारले अघि बढ्नका लागि प्रहरीको सुरक्षा माग्ने निर्णय गरे। तर, बन्दका वेला अघि बढ्न प्रहरी पनि हिच्किचाउन सक्छ। त्यसैले, उनीहरूले नयाँ जुक्ति निकाले, आफूलाई प्रधानमन्त्रीलाई तराईको सुरक्षासम्बन्धी ब्रिफिङ दिने व्यक्तिका रूपमा चिनाउने। यसैअनुसार, उनीहरू कावासोतीस्थित इलाका प्रहरी कार्यालयमा गएर भने– 'हामीले प्रधानमन्त्रीज्यूलाई तराईको सुरक्षा व्यवस्थाबारे नियमित रूपमा ब्रिफिङ गर्दै आएका छौँ, यसै क्रममा यता आएका हाँै, सुरक्षा व्यवस्था बुझ्दै अगाडि बढ्नु छ, त्यसैले एस्कर्टिङ चाहियो।'
    टोलीमा रहेमध्येका एकले परर्र अंग्रेजी बोल्दै आफूलाई विशेष व्यक्तिका रूपमा चिनाएपछि कावासोती प्रहरीले डिएसपी हुँदै पोखरास्थित पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कुवेरसिंह रानालाई आइतबार बिहान यसबारे खबर गरे। यस्तो वेला सर्वसाधारणले मागेमा पनि सुरक्षा दिनुपर्ने हुन्छ, झन् प्रधानमन्त्रीज्यूलाई सुरक्षास्थितिबारे ब्रिफिङ गर्छाैं भन्दै सहयोग मागेपछि उनले रोक्ने कुरै थिएन। उनले प्रहरी सुरक्षामा उनीहरूलाई जहाँसम्म पुर्याूउनुपर्ने हो, पुर्याछउन आदेश दिए। नाका–नाकामा तैनाथ प्रहरीले उनीहरूलाई एस्कर्टिङ गर्दै दाङको लमहीसम्म पुर्यालए।
    अलिक बढी जान्ने भएर अंग्रेजीमा कुरा गरेकाले ती व्यक्तिबारे डिआइजी रानालाई शंका लाग्यो। त्यसैले, उनले बालुवाटारमा सोधे– 'तराई हेर्नेगरी कसैलाई औपचारिक वा अनौपचारिक जिम्मेवारी दिइएको छ?' यो कुरा प्रधानमन्त्री माधव नेपालको कानमा पुग्यो। आफूले दिँदै नदिएको जिम्मेवारी कसैले दाबी गरेपछि प्रधानमन्त्रीलाई पनि चासो लाग्यो र ती व्यक्तिबारे बुझ्न उनले आइजी रमेश चन्दलाई निर्देशन दिए। त्यसपछि उनीहरूलाई सोही साँझ कथाकार तथा एसपी महेशविक्रम शाहको टोलीद्वारा नेपालगन्जमा पक्राउ गरियो।
    प्रधानमन्त्रीसँग जबर्जस्ती जोडिने को होलान् ती पत्रकार? उनी हुन्, एक समय नेपाल टेलिभिजनका अंग्रेजी समाचारवाचक अर्पण शर्मा। उनी हाल पाटनढोकास्थित 'नेपालय' नामक संस्थासँग सम्बद्ध छन्। प्रहरीलाई ढाँट्दै साँझ अर्पणसँगै नेपालगन्ज पुगेका नागरिक दैनिकका गिरिश गिरीलाई भने प्रहरीले नचिनेर दुःख दिएको थियो।--जनआस्था

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete