• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, December 31, 2009

    बाघसँग जम्काभेट भएमा के होला ?

    बाघलाई थुनिन् महिलाले 


    वीरेन्द्र केसी अर्घाखाँची, २०६६ पुस १४ - एकाबिहानै दैलो उघार्दा बाघसँग जम्काभेट भएमा के होला ? कमजोर मन भएकाको होस गुमेर बेहोस हुने मात्र होइन, ज्यानै गुम्नसक्छ । तर साहस गर्दै प्रतिकार गरे आफूमात्र होइन अरूलाई पनि बचाउन सकिन्छ भनेर देखाएकी छन् खाँचीकोट ३, खानीगाउँकी ४५ वर्षीया माया नेपालीले ।
    ब्युँझिएलगत्तै घरबाहिरै रहेको भर्‍याङबाट तल ओर्लेर सोमबार बिहान ४ बजे झिसमिसेमा भुइँतलाको ढोका खोल्दा बाघले झम्टिएर उनलाई गाज्न पुग्यो । बाख्राहरू बाँध्ने र भान्छा रहेको उक्त तल्लो तलामा उनी आत्तिएर छिरिन्, बाघ पनि आक्रमण गर्दै छिर्‍यो ।
    'झम्टदै बाघ शरीरमाथि चढ्यो । कताबाट जोस आयो थाहा भएन, बेस्सरी लात्ताले हानेर पल्टाएँ, बाघसँग जुद्धदै बाख्राहरूको दाम्लो खोलिदिएँ, बाख्राहरूसँगै म पनि निस्कन भ्याएँ,' घाइते मायाले भनिन्, 'उफ्रेर झम्टन खोज्दै थियो, ढोका तानेर बाहिरबाट चुकुल लगाइदिएँ ।'
    उनी तल बाघसँग कुस्ती खेल्दै ज्यान बचाइरहँदा परिवारका अन्य सदस्य माथि सुतिरहेका थिए । बाघलाई थुनेपछि उनले सुतिरहेका श्रीमान बिनबहादुर र छोराबुहारीलाई उठाएकी थिइन् । उनले बाघ थुनेको थाहापाएपछि परिवार सबै आश्चार्यमा परे । 'बहादुरीपूर्वक बाघसँग लडेर आफनो र हामी सबैको ज्यान बचाइन्' श्रीमान बिनबहादुरले भने ।
    बाघ हेर्न छिमेकी मात्र होइन वरपरका गाउँबाट सर्वसाधारणको भीड लागेको थियो । प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी, सहायक वन अधिकृत रामचन्द्र कँडेल लगायतका सरकारी अधिकारीहरू पनि पुगेका छन् । सबैले मायाको बहादुरीको प्रंशसा गरेका थिए । घटनास्थललाई जिल्ला वन कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ अबेरसम्म पनि बाघ थुनिएकै अवस्थामा छ । वनका अधिकारीहरूले मध्यरातमा बाघलाई सतर्कतापूर्वक निकालेर छाडिदिने बताए । सुरुमा बाघलाई राष्ट्रिय निकुञ्जमा लैजाने योजना बनाए पनि बेहोस पार्ने कर्मचारी आउन असमर्थता जनाएका थिए । सहायक वन अधिकृत कँडेलका अनुसार करिब ६ फिट लामो उक्त बाघ आठ वर्ष उमेरको र डरलाग्दो भएको अनुमान गरिएको छ ।
    सदरमुकामदेखि २० किलोमिटर दक्षिणीस्थित खानीगाउँकी मायालाई आक्रमणबाट दाहिने खुट्टा र तीघ्रामा चोट लागेको छ ।

    1 comment:

    1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

      ReplyDelete