• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, December 26, 2009

    पत्रकार विष्टमाथीको आक्रमण सुनियोजित

    देविराम कुसारी

    सकारका सूचना तथा संचारमन्त्री शंकर पोख्रेल दाङ्गको तुलसीपुरमा रहेको कृषि विकास बैकिङ्ग कार्यालयको उदघाटन गर्नु गएको कार्तिक ८ गते दाङ्गमा आउनुभयो। त्यस दिन तुलसीपुर बजारमा दिनभरी जसो तनावग्रस्त वन्यो। एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले सूचना मन्त्रीको विरोधमा नाराजुलुस गरे विभिन्न खालका नारावाजीसहित कालोझण्डा प्रदर्शन पनि गरे। प्रदर्शनका क्रममा प्रहरी प्रदर्शनकारीबीच झडपको स्थिति पनि सृजाना भएको थियो। विराधका वावजुद पनि कार्यक्रम सम्पनन भयो त्यसैको भोलिपल्ट मन्त्री रुकुममा रहेको रेडियो सिस्ने एफ.एम उद्धेघाटनको लागी रुकुम प्रस्थान गर्नुभयो। दाङ्गको यही घटनाक्रम नसेलाएर रुकुममा जाँदाको अवस्थाबट पत्रकार टीका विष्टमाथिको आक्रमनको जड सुरुभएको मान्न सकिने आधार प्रसस्त छन्। विष्टमाथिको आक्रमणमा आफ्नो सहभगिता नभएको भनेर माओवादीले जतिसुकै स्पष्टिकरण दिए पनि लोकले पत्याउन सक्ने आधार छैन । हिजो वीरेन्द्र साहको हत्या पनि हामीले गरेको हैन भनेकै हुन । पत्रकार महासंघले बनाएको छानबिन समितिले यो घटनामा माओवादीनै संलग्न रहेको प्रमाणित गरिसकेको छ ।

    दाङ्गमा यो तनाव वातावरणको चियोचर्चा सेलाउन पाएको थिएन त्यसको भोलिपल्ट म रेडियो तुलसीपुरको समाचार कक्षमा समाचार संकलनको काममा लागिरहेको थिए। विभिन्न स्थानका समाचार संकलन गर्नुपर्ने भएबट मैले रुकुमका हाम्रा सहकर्मी गणेश विकलाई फोनमा सम्पर्क गरे। विकले पनि रुकुममा एकिकृत नेकपा माओवादीले मन्त्रीका विरुद्ध नाराजुलुस लगाएको हमीलाई जानकारी दिनुभयो। त्यसको केही समयपछि मैले रुकुमका पत्रकार दिपक संगम थापासंग विरोधको बारेमा जानकारी लिएँ उहाँले पनि नारा जुलुस भएको र विभिन्न खालका नारा लगाईएको जानकारी दिनुभयो। विरोधका क्रममा लगाईएका नाराको बरेमा मैले नसुने पनि पत्रकार सहकर्मी सबका मुखबट नारा अलि अमर्‍यादित र व्यक्तिगत चरित्र हत्या गर्ने किसीमले लगाईएको पाईयो।
    राजनीतिक आचरणका कुरामा सुधार गर्नुपर्ने मुख्या उद्देश्यका साथ वैचारिक विमतीका कुरा समावेस गरेर लेखिएको लेख मोओवादीले विरोध गरेको करीव एक साताको सेरेफेरामा रुकुमबटै प्रकाससत हुने जन्तीधारा साप्ताहसक र दाङ्गबट प्रकासित हुने गणतन्त्र राष्ट्रिय दैनिकमा प्रकासित भयो। त्यो लखमा साहसीपन देखाईएको छ, सत्यको वकावत गरीएको छ, हत्याको लडाईलाई भन्दा वैचारिक लडाईलाई प्रमुखता दिइएको छ, राजनीतिक आचरण सुधारमा जोड दिईएको छ । यही जड हो भने सत्य कुरा पनि यही हो अब सत्य कुरामा को कति सम्म रहने भन्ने कुरा त आफैमा भर पर्ने कुरा हो। त्यस पछिको घटना क्रमलाई हामीले नियाल्नै पर्छ। लेख प्रकासित भए पछि घटनाक्रमले सत्यलाई निमोठ्ने प्रयास गरेको हामीबीचमा टल्की रहेको ऐनाजस्तै छ। पत्रकार विष्ट आज पनि हस्पीटलको वेडमा रुकुमेली साहासका साथ मृत्युसंग परेड खल्दै हुनुन्छ।
    पत्रकार विष्टको लेख प्रकासीत भएको केही दिनमै विष्टले रडियो तुलसीपुरमा फोन गरेर जानकारी दिनुयो कि मलाई मेरो मोवाईलमा नम्वर नदेखीने तरीकाले ज्यान मार्ने धम्की आयो भनेर। अनी हामी सबैलाई चासो जाग्यो किन यसरी फोन आयो त भनेर। हामीले थप कुरा विष्टलाई साधे पछि थाहा भयोकी लेखमा किन माओवादीको विरोध गरेको भनेर त्यस्को बदलामका ज्यान मार्ने धम्की आएको रहेछ।
    एउटा पत्रकारले सत्य कुरा लेख्दा ज्यान मार्ने धम्की आउछ भने यो देशका सर्वसाधारणको स्थिति कस्तो हुने यो गम्भिर कुरा हो हामी सबलाई लाग्यो। तर कुराको चुरा वाँकीनै रहयो की धम्की कस्ले दियो। धम्कीमा किन माओवादीको विरोधमा लेख लेखेको, वरो माओवादीको विरोध गर्ने भएकी, त्यरो नामलाई पनि मृत्युको लिष्टमा राखी दियौं भन्ने जस्ता धम्कि आएपछि यस्मा एनेकपा माओवादीको स्थान छ भन्नेकी नभन्ने। अथवा लेखमा माओवादीसंग वैचारिक विमति देखाएको र सत्य कुरा लेखैकै कारण ज्यान मार्ने धम्की आएपछि घटना घट्छ भने दोष जति अर्कातिर थोपरेर माओवादीका नेताहरु उम्कन सक्दैनन । अहिले टीकालाई उनको दाइका व्यक्तिगत दुश्मनहरुका कारणले आक्रमण गरेका हुन भनेर रुकुमका माओवादी नेताहरुले हाँसउठ्दो कुरा गरेर आफू पानीमाथिको ओभानो बन्न खोजेको सुन्नमा आएको छ । सबै कुराको औषधी छ नकचराको औषधी छैन भन्ने उखान यस्तै प्रस‌ंगमा बनाइएको होला ।

    अब लाग्यौं विष्टमाथिको आक्रमणको सुनियोजिततातर्फ। पत्रकार विष्टमाथि भएको आक्रमण एकदमै सुनियोजित र ज्यान मास्ने तरिकाले भएको स्पष्टै छ। पटकपटक ज्यान मार्ने धम्की आउनु, मोवाईलमा फोन गर्दा नम्वर नदेखिने तरीकाले गर्नु, विष्ट विकट बटो भएर एक्लै सल्ले अस्पतालमा जानलागेको पत्ता लगाउनु, आक्रमण गर्दा हिजो जनयुद्धमा यातना दिने शैली प्रयोग गरेर ब्लेड चलाउनु, ठूला हतियार प्रयोग गर्दा आफुलाई पनि समस्या हुने देखेर ढुङ्गको प्रयोग गरिनु, जाहानेर भिर छ त्यहीनेर आक्रमण गर्नु र आफूले हतियार प्रयोग नगरी भिरबट लोटेको जस्तो बनाउनको लागि बहोस बनाएर भिरबट फाली दिनुले यो घटना सामान्य कला भएकाले गराएको हाईन भन्ने स्पष्ट हुन्छ। विचारलाई मृत्युले मास्न सकिने देखेका दिगभ्रमितले घटाएको घटना हो। उनीहरुले यो सम्झिनु पर्ने आवस्था आएको छ विचार कहिले पनि मर्दैन बरु विचार र सत्य कुरा पहिचान बनेर जान्छ। विचार कहिलै पनि घट्दैन कालन्तरसम्म फैलिदै जान्छ तर हतियार खिएर आफै नष्ट हुन्छ। यस्ता खाले दिगभ्रमितले अब सोच्नु पर्छ हतियारले पत्रकार टिका विष्टलाई मात्रै मृत्युका मुखमा धकेल्ने प्रयास गर्दै कुनै दिन स्वयमलाई मृत्यु सैयामा सुताउन पनि सक्छ भनेर। त्यसैले विचारको लडाई लडौं र सत्य कुरालाई स्वीकार्ने शैलीको विकास गरौं।
    musaphir333@gmail.com

    1 comment:

    1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

      ReplyDelete