• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, December 18, 2009

    अब बाहुन कता जाने ?

    मेरा बाउ आमा पश्चिम नेपालको गुल्मीमा जन्मिए । आधा उधि उमेर त्यतै कटाएर झरे मधेश सुन्दर भविष्य खोज्दै । आफुले त यो डाँडा पाखामा दुख पाइयो पाइयो,  छोरा छोरीले पढेर सुख पाउन, बरु एकै छाक खाउन समथरमा हिँडुन भन्ने रहेछ इच्छा । सरासर आएर बसे चितवन औलो लाग्ने बेलैमा ।
     चितवनको त्यो सानो गाउँमा त्यतिबेला बिजुली बत्ती थिएन । धुलो माटो बुङ् बुङ उड्ने साना गल्ली थिए। वर्षामा उर्लिँदै बग्ने दुई तिन वटा खोला तरेर ओहोरदोहोर गर्नुपर्थ्यो टाँडी बजार पुग्न । स्थानिय स्कूलमै पढियो । गाउँका धेरै बाहुन जो पछि औलो नियन्त्रण भएपछि झरेका थिए, ति मध्ये अधिकांशले सोझा थारुलाई ठगेका हुनाले हाम्रो उठ बस तिसँग चलेन । हाम्रा निकट, हितैषी सबै तिनै सोझा थारु भए । मेरा वाल्यकालका सबै साथी थारु थिए। जंगल जाउ तिनै सित । वन जाउ उनैसित  । गोठालो जाने उनीहरुसितै । घाँस काट्ने तिनको जमिनमा । चाड पर्व दशैं र तिहार, तिज र जनैपूर्णे आएपनि खासै जम्दैनथ्यो । नाता कुटुम्ब सबै गुल्मीमै छोडेर बाबु आमा झरेकालेपनि हाम्रो चाडपर्व उति जम्थेन ।
    बाहुनको छोरो भएपनि म खैचडी बजाउन जानिन बरु थारुको ढोलक ठोकें । दशैं गित सुनिन बरु थारु गित गुन्गुनाएँ । बाहुनका नाच जानिन बरु थारुका लठ्ठि नाच, डम्फू नाच, झर्रा र जितिया नाच नाचें । तिनैसित गएर माछा मारिन्थ्यो । बल्छि खेल्न तिनै थारुले सिकाए। जाल हान्न तिनैले देखाए । घुँगि तिनैको घरमा गएर लुकिलुकि खाएँ ।
    थारुको खान्की शरिरमा झुण्डिराख्यो । तिनको पर्वमा घरैमा बोलाउन आउँथे ‘चल सङहाती’ (जाउँ साथी) भन्दै । आफ्नो चाडमापनि त्यसैगरि आउँथे । थारु भाषा कतिसम्म तगडा थियो भने थारु साथीहरुपनि आदरार्थी शब्दहरु प्रयोग गर्न अन्कनाउँदा मकहाँ सोध्न आइपुग्थे । मलाई थर बाहुनको भएपनि कहिल्यै म बाहुन हुँ, माथिल्लो जातको हुँ भन्ने सोच आएन । थारु साथीहरु भन्दा भिन्न भएर कहिल्यै सोचिएन आफु हुर्किँदा । थारुहरुलेपनि त्यस्तो अलग थलग बनाएर सोचेनन ।
    मैले हाम्रो पूर्खा अन्यत्रैबाट आएको हो । यो जमिन मेरो होइन । यहाँको माटोमा मेरो अधिकार लाग्दैन भन्ने कहिल्यै सोच्न परेन । हाम्रो मूल थलो अन्यत्रै हो भन्ने डर, त्रास, धम्की र ग्लानी सहनु परेन। आफु हिँडिराखेको, खेलेको थलो तिमीहरुको होइन कसैले भन्ला एकदिन भन्ने एक पित्को सोच्नुसम्म परेन । मेरालागि चितवनबाट दूरभूमीमा देखिने मधुरा हिमाल उति बिघ्न सरोकारका विषय थिएनन् । त्यहि चितवन सबथोक थियो । त्यसैको मायाले मूटु भरिको थियो । र अहिलेपनि छ । किनभने मेरा पूर्खा जुन ठाउँबाट आए त्यसको मलाई अहिलेपनि उति चाख, चिन्ता र माया छैन जति म जन्मिएको चितवनको छ ।
    तर अहिले म सुन्दै छु चितवन पहाडेहरुको होइन रे । पहाड भन्ने भ्रमण र कामको शिलशिलामा देखे भोगेको म अहिले आएर पहाडे हुँदै छु । बनाइँदै छ । माओवादीलेपनि जातिय आधारमा भागवण्डा गरिसकेको छ । माओवादीको बिभाजनमापनि चितवन म बाहुनको राज्य पर्दैन । जहाँ मैले पहिलो धरती टेकें, जहाँको पहिलो हावा लिएँ, जहाँको माटोले मेरो जिवन उभ्यायो अहिले त्यो धरतीमाथि मेरो मुल अधिकार लाग्दैन रे ।  त्यसो भए म कहाँ जाउँ त ?
    एकथरी मानिसहरु चितवन मधेशीहरुको भनेर दाबी गरिरहेका छन् । उनीहरुको भनाईमा धोतीको एक फन्को मारेर पाँच वर्ष पहिले चितवन कोहि झरेको थियो भने उसको मूल थलो हो रे । तर मैले जिवनको पहिलो आँखा खोलेको माटो मेरो होइन रे । अर्काथरी भित्रि मधेश र चुरे पहाडलाई समेटेर हाम्रो राज्य भन्दै घोषणा गर्दै छन् । चुरे मधेश राज्य बनाउने रे । त्यसमापनि म अटाउने भईन । चितवन थारुहरुको हो भन्दै थारुवान राज्य घोषणा गर्नेहरु त झन बलिया देखिएका छन् । म थारु परिन र यो राज्यमापनि मेरो पहिलो अधिकार लाग्ने भएन । अर्काथरी छन्, तिनले चितवनलाई बोटे, मुसहर यस्तै अन्य साना तिना जातिको राज्य माग गरिरहेका छन् । बोटे र मुसहरको राज्यमा त झन कसरि पर्ने ?
    नेपा: राष्ट्रिय पार्टीले त झन दक्षिणमा मकवानपुर जिल्लाको हेटौंडा चितवनको नारायणघाट सम्म नेवार राज्यको माग गरेको छ ।  सुनुवार, माझी, दनुवार, जिरेल, थामीपनि यस राज्य संघमा सामेल हुन चाहेमा स्वागत गरिने रे । तिनको जन्मसिद्द अधिकारको कुरा छैन कि सामेल गरिने भनेर उनीहरुले भनेका छन् । त्यसको अर्थ कि त नेवार राज्यको सबै मनपरी सहेर, आफ्नो परिचय र अस्तित्व गुमाएर बस। नत्र भने लखेटिन तयार होउ । अनि जुन जातीको कतै आफ्नो राज्य छैन तिनले जुन जाति अन्तर्गतको राज्यमा बस्छन् त्यहि जातिको भाषा प्रयोग गर्न मञ्जुर भए मात्रै त्यो जाति अनुसारको अधिकार प्रयोग गर्न पाउँने रे ।
    एक मधेश एक प्रदेश बनाउन कम्मर कस्नेहरुले त पहाडी मूलका सबैलाई लखेट्ने घोषणा उहिल्यै गरेका छन् । यि आआफ्ना माग, दाबी र योजना अनुसार जुन राज्यमा परेपनि म बाहुनको पहिलो अधिकार नलाग्ने भैहाल्यो । म त कि दबिएर बस्नुपर्‍यो । कि त जन्मथलो छोडेर पहाडेको बिल्ला भिर्दै भाग्नुपर्‍यो । आदिवासीको राज्यमा गैह्र आदिवासीको वसोवास रहेछ भने ति सबैले त्यो राज्यको आदिवासी भाषा सिक्नै पर्ने रे ।
    नेपालमा अहिलेसम्म बाहुन, सन्यासी र दलितले आफ्नो संघिय राज्य दाबी गरेका रहेनछन् । यिनको आफ्नो राज्यनै छैन सायद । बाहुन र दलित त झन जहाँसुकै छरिएका छन् । सबैले आआफ्नो राज्य माग्ने । आफ्नै जातिय राज्य बनाउने । अरु जातिकाले कि त चुपचाप सहेर बस्नु पर्ने कि त भाग्नुपर्ने हो भने हामी बाहुन कहाँ जाने त ?
    म चितवनमा जन्मे हुर्केको अब यो कि त मधेसी, कि थारु वा नेवार राज्यमा पर्नेभयो । उता बाबु बाजे जन्मेको थलो खोज्दै गुल्मी जाउँभनेपनि त्यसलाई कसैले मगर, कसैले के राज्यमा बर्गिक्रित गरेका छन् । उसो भए म कहाँ जाउँ त ?
    अस्ति भर्खर सिमा पारीबाट एउटा लगौटी हल्लाउँदै म मधेशी हुँ, म राजवंशी हुँ भनेकै भरमा, हम ऐसा हें उईसा हें भनेर हिन्दी भाषा बोलेकै भरमा, कहाँ बाट किन र कसरि केका लागि आएको हो बुझ्दै नबुझी दुई चार टोकरी आलू र प्याज बेच्न दैलो दैलो चहारेकै भरमा
     नेपाल छिर्नेको जातिय राज्य हुने मेरो नहुने ? नेपाली अधिकारीलाई दुई चार हजार पोल्टामा थमाएर नेपाली नगारिकता हात पारेकै भरमा जातिय राज्यको हैसियत पाउने, तर म जन्मजात आफ्नो थात थलो नछोड्ने चाहिँ राज्यबिहिन हुने ? भाषा भाषै हो नी,  मगर भाषा, नेवार भाषा, मैथीली, थारु र अन्य भाषा बोल्ने सबैको राज्य कोरिने तर म नेपाली भाषा बोलेकै आधारमा, बाहुन भएकैले  राज्यबिनाको हुने ?

    मेरो राज्य कहाँ ? कि जातिय राज्य चाहियो भन्दै बाहुनलेपनि खुकुरी अँठ्याएर हिँड्ने ? देश भागवण्डा गर्ने, जातजातिको राज्य छुट्याउने, राष्ट्र टुक्र्याउने नेता हो भन म कहाँ जाउँ ? देखाइदेउ मेरो राज्य कुन हो ? चाहियो मेरो राज्य पनि !!!!
    http://www.nepalplus.com/?p=5564#more-5564

    2 comments:

    1. अहिले खस (ब्राह्मण , छेत्री , ठकुरी, सन्यासी-दस्नामी) --खस दलित समेत ----- हरु माथी सबै तीर बाट आक्रमण भैरहेको छ........ हुदा हुदा २ बर्स अगाडी नागरिकता पाएका इंडियन आप्रबसी हरुले समेत खस र रास्त्र निर्माता पृथ्वी नारायण शाह को खोयिरो खन्ने अनि कथित जनजाति भनिने हरुले उनिहरु संग मिलेर खस हरुलाई गाली गर्ने? अहिले हिंदी माँ सपथ लिदा चरेसानन्द लै बचौना को लागि कथित जनजाति का अगुवा हरु को दलाली पनि एउटा उदाहरण हो.... नेपालको 45-50%% खस हरुको चित्त दुखाएर कसैले जातिए राज्येको कल्पना गर्छ भने त्यो एउटा भ्रम मात्र हो.....
      नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (ब्राह्मण, छेत्त्री ,ठकुरी,सन्यासी)--दलित समेत----- अहिले नेपाल मा देखिएको खस र नेपाल बिरोधि बिखण्डनकारी हरु संग मुकबाला गर्न पनि खस हरुको बलियो संगठन बनाउनु आवसेक छ. छेत्त्री, बाहुन,ठकुरी र सन्यासी र दलित ले पनि आ- आफ्नो संगठन खोल्नुपर्छ , र अनि सबै मिलेर खस हरु को महा- संगठन खोल्नु पर्छ
      हजारौ वर्ष देखि नेपाल का रैथाने , आदिबासी खस को बिरोध मा भोट , बर्मा /थाइलेडं र इंडिया बाट नेपाल चिरेका आप्रबासी हरु को नेपाल तुक्र्युने उदेश्ये सफल हुन नदिन र नेपाल लै बचौना पनि खस हरु को एकता हुनु जरुरि छ.
      .....हामि बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ---- भनेको खस जाति को हागा मात्र हौ.. खस को बारेमा बिस्तृत रुप मा जान्न को लागि http://ne.wikipedia.org/wiki/%E0%A4%96%E0%A4%B8

      जय देश नेपाल

      ReplyDelete
    2. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

      ReplyDelete