• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, December 4, 2009

    टोक्यो डिज्नील्याण्डमा एक्कैछिन टहल्दा

    डिज्नील्याण्ड अर्थात् खेल, रमाइलो र मनोरञ्जनको छुट्टै संसार । के बालक, को बृद्ध सबैका लागि उत्तिकै रमाइलो, आँखा नै लोभ्याउने आकर्षण तथा भरपूर मनोरञ्जनका साधनद्धारा सपनालाई नै विपनामा परिणत गरिदिने रमणीय विशाल पार्क डिज्नील्याण्ड पुग्ने को मात्रै त्यहााको अवलोकनबाट मन्त्रमुग्ध नहोलान् या नबन्लान् ? जापानको अध्ययन एवम् अवलोकन भ्रमणका क्रममा टोक्योस्थित डिज्नील्याण्डमा पनि केहीछिन टहल्ने अवसर पंक्तिकारसहितको भ्रमण समुहलाई मिल्यो ।
    डिज्नील्याण्ड भनेकै पहिलो पटक देखे-बुझेको व्यक्तिले त्यसका बारे वर्णन गर्न खोज्नु पक्कै पनि सुहाउँदैन । तथापि, सुनेको र देखेको फरक पस्कनु असान्दर्भीक पनि नहोला ।
    डिज्नील्याण्डको क्षेत्रफल यती ठूलो तथा त्यहाँको व्यवस्थापनका लागि म्याप नै हेर्नु पर्ने हुन्छ । करिव ११५ एकर अर्थात् चार सय ६५ हजार वर्ग मिटरमा फैलिएको विशाल रमणीय पार्क -टोक्यो डिज्नील्याण्ड) अवलोकन गर्न जानेहरुका लागि विशेष प्रकारका खेल, रमाइलो एवम् आकर्षणपूण मनोरञ्जनका साधनले स्वागत गरिरहेका हुन्छन् । त्यहाा पुग्ने कोही खेलेर सन्तुष्टि लिन्छन् भने कसैले हेरेरै मात्र पनि । जापानको राजधानी एवम् ठूलो शहर टोकीयो नजिकै रहेकाले पनि त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या निकै ठूलो रहन्छ । अमेरीकाको क्यालीफोर्नीयास्थित डिज्नील्याण्डकै शैलीमा १५ अपि्रल १९८३ मा निर्माण गरीएको टोक्यो डिज्नील्याण्डमा खेलको राज्यका रुपमा चिनिने अमेरीकाकै अर्काे फोलोरिडा डिज्नील्याण्डकै जस्ता खेल साधनले सजिसजाउ पारिएको छ । अमेरिकी शैलीलाई नै पछ्याइएकाले त्यहाँको पोखरीमा चलाइने ठूलो तिनतले वोटमा पनि अमेरीकी झण्डा फहराइएको छ ।
    'पृथ्वीको खुसी' अनुभव गर्न पाइने टोक्यो डिज्नील्याण्ड विश्वको तेस्रो ठूलो मनोरम पार्कका रुपमा कहलिएको छ । यसैले त टोक्यो डिज्नील्याण्डलाई 'दी किंगडम अफ डि्रमस् एण्ड म्याजिक' अर्थात् खेल र सपनाको बादशाह रुपमा पनि वर्णन गरिएको पाइन्छ ।
    विश्वकै प्रख्यात मनोरमपूर्ण पर्यटकीय स्थलका रुपमा हेरिने डिज्नील्याण्ड पार्क व्यवस्थित र आरामपूर्ण तरिकाले अवलोकन गर्नका लागि त्यहाँ ठूला ठूला रिसोर्ट एवम् होटलहरुद्धारा दुई रात, तीन दिनको विशेष प्याकेज नै बनाइएको रहेछ । तर, उक्त विशाल पार्कलाई पााच घन्टाको छोटो अवधिमा सर्सर्ती नियाल्दा के देखियो, के बुझियो साथै, त्यहााका लोभ लाग्दा आकर्षणका साथै नौला तथा अनौठा खेलको अनुभवलाई मानसपटलमा राख्न कति सम्भव भयो होला, त्यो छुट्टै विषय हो । तुलना गर्न त मिल्दैमिल्दैन, तैैपनि डिज्नील्याण्ड बारे संक्षेपमा बुझाउन खोज्ने हो भने काठमाडौंमा 'रमाइलो मेला'कै विशाल रुप हो टोक्यो डिज्नील्याण्ड । तर, त्यहाा उपलब्ध खेल, रमाइलोका साधन तथा अन्य आकर्षणका माध्यामको दााजोमा यहाा एक प्रतिशत पनि छैन भन्दा हुन्छ । डिज्नील्याण्डभित्र विभिन्न प्रकारका खेल, पार्क, चिडीयाघर, मनोरञ्जनपूर्ण साधनमात्रै छैनन्, त्यहााभित्र किनमेलका लागि विश्व बजारमा पाइने हरेक प्रकारका सामग्री समेत उपलब्ध 'वल्र्डबजार' नाम दिइएको ठूलाठूला पसलहरु छन् । त्यस्तै, खानपिनका लागि सुविधा सम्पन्न विशेष प्रकारका रेष्टुरेन्टहरुको पनि व्यवस्था छ । त्यस्तै, डिज्नील्याण्डभित्र प्रवेश गरिसकेपछि मिकीमाउससागसागै हुने विशेष नाचगान र रमाइलोको पनि उत्तिकै अनुभव लुट्न पाइन्छ ।
    हाम्रो भ्रमण समुह दुई दर्जनको संख्यामा रहेको र त्यसदिन जापानमा राष्ट्रिय दिवसको विदा परेकाले हामी सबै एकैसाथ एउटै समुहमा रहेर डिज्नील्याण्ड घुम्न अर्थात् त्यहाँका बारे अवलोकन जानकारी लिन सम्भव रहेन । कारण अन्य दिनमा समेत हजारौंले अवलोकन भ्रमण गर्ने डिज्नील्याण्डमा विदाको सदुपयोग भनौ या त्यस दिनलाई विशेषरुपमा बिताउनका लागि पनि परिवार या साथीहरुसाग त्यहाँ पुग्नेहरुको संख्या निकै हुने हुँदोरहेछ । सोही कारण भिडभाडमा समुहबाट अलग हुन सक्ने सम्भावनालाई ख्याल गर्दै हामीले पनि भेट हुने स्थान र समय तोकेर आफूआफू समुह-समुहमा बााडीयौं र डिज्नील्याण्ड पार्क छिर्‍यौं । जापानी समाजसेवी इनातोमी र मित्स्कोका साथमा टोक्यो डिज्नील्याण्ड अवलोकन गर्दाको क्षण आफू 'स्वर्ग'मा नै रहेको अनुभव भयो । होस हवास नै उडाउने खालका केही खेल खेलियो, विभिन्न लोभ लाग्दा आकर्षण हेरेर मनलाई पनि प्रफूल्लीत पारियो । मिकिमाउससाग डान्स गरेर रमाइलो पनि गरियो । मानसपटलमा डेरा जमाइरहेको टोक्यो डिज्नील्याण्डको अनुभव साथीभाईसाग पस्कन पाउादा आफू अझै पनि त्यहीा रहेको भान पर्दछ ।

    http://dainikee.com/newsdetail-11604.html#0

    1 comment:

    1. टोकियो धेरै पटक गएको छु र यसको बारेमा मैले पनि धेरै सुनेकै हो तर त्यहा जाने मौका मिलेको छैन। अब चाहिँ जानु पर्ला। जानकारीको लागि धेरै धेरै धन्यवाद है।

      ReplyDelete