• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, November 8, 2009

    कहिले ओलीको भोज कहिले सुमार्गीको भोज

    प्रचण्ड भोजमा व्यस्त

    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज दिउसो राना निकटका रुपमा चिनिने नव उद्योगपति अजय सुमार्गीको हेटौंडास्थित घरमा खाना खाएर काठमाडौं फर्केकाछन् ।
    एकीकृत नेकपा माओवादी मधेशी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीको वीरगंज सम्मेलनको कार्यक्रम सकेर राजधानी फर्कने क्रममा अध्यक्ष प्रचण्ड करिव २ घण्टा सुमार्गीको हेटौंडा-४ मा रहेको घर सुमार्गी कम्प्लेक्स मा बसेका थिए । प्रचण्डको टोलीका लागि उद्योगपति सुमार्गीले भोजको व्यवस्था गरेका थिए ।
    स्थानीय तहमा कसैलाई पनि जानकारी नदिई प्रचण्ड सुमार्गीको घरमा खाना खान पसेका थिए । प्रचण्डसहित सिपि गजुरेल गौरव समेत रहेका थिए । निजी सुरक्षासहित करिव १२ बजेतिर आईपुगेका अध्यक्ष प्रचण्ड र राजाका निकट पात्रका रुपमा चिनिएका सुमार्गीबीच समेत कुराकानी भएको स्रोतले बताएको छ । सर्वहारा बर्गका नेता प्रचण्ड र राजा निकट मानिने सुमार्गीबीचको हिमचिमलाई मकवानपुरेहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।
    अर्को गाडीमा आएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश भने सुमार्गी कहाँ नपसी सिधै चितवनतर्फ लागेका थिए ।
    प्रचण्ड आईपुगेको थाहा पाएपछि सुमार्गी कम्प्लेक्समा आईपुगेका कार्यकर्ताहरुमध्ये थोरैलाई मात्र भुई तल्लामा प्रवेश दिईएको थियो भने अन्यलाई प्रवेश निषेध गरिएको थियो । प्रचण्डले कार्यकर्ताहरुलाई समेत भेट गरेका थिएनन् । मकवानपुरका सभासद्हरु दिलबहादुर घिसिङ प्रेमबहादुर पुलामी वाईसिएल जिल्ला अध्यक्ष लगायतका निकै थोरै व्यक्तिहरुले प्रचण्डलाई भेट पाएपछि अन्य कार्यकर्ताहरु भने आक्रोशित भएका थिए । समाचार संकलन गर्न गएका संचारकर्मीहरुले निरास बनाएर फर्काएका थिए ।

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete