• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, November 8, 2009

    आफ्नै भविष्यप्रति अनभिज्ञ अर्काको भविष्य हेर्ने

    रेखाकुसुम रेग्मी

    काठमाडौँ / अरूको भविष्यवाणी गर्न रत्नपार्कका सडक-सडकमा तल्लीन ज्योतिषीहरूको आफ्नै भने भविष्य अन्योलमा छ ।
    आफ्नै भविष्यका बारेमा अन्योल रहेका गेरु वस्त्रधारी ज्योतिषीहरू रत्नपार्कका सडक छेउछाउमा बसेर अर्काको भविष्यवाणी गर्न तल्लीन रहेका देखिन्छन् ।
    एउटा सानो ओछयाउने काम्लो, घाम पानी रोक्ने एउटा छाता, अगाडि पाँच औँला देखिने हातको चित्र, केही अक्षता, फूल र केही किताब अगाडि राखेर उनीहरू ग्राहकको प्रतीक्षामा देखिन्छन् ।
    तर यी ज्योतिषीहरू वास्तविक ज्योतिषीहरू नभई पेट भर्नका लागि ज्योतिषीहरू हुन् भन्ने अनुमान सहजै गर्न सकिन्छ । यिनीहरू नजिकमा पर्नेहरूसँग सहजै कुराकानी गर्न रुचाउँदैनन् । क्यामरा देख्नासाथ त झन् जुरुक्क उठेर हिँडिदिन्छन् ।
    जनकपुरका वरण साह यसरी रत्नपार्कछेउमा बसेर अर्काको हात हर्ेन थालेको १० वर्षबितेको बताउनुहुन्छ ।
    ज्योतिषी विज्ञानप्रति आफू अनविज्ञ रहे पनि परिवारको पेट भर्न नै यस्तो पेसा अङ्लागेको पनि उहाँले खुलासा गर्नुभयो ।
    "के गर्ने हजुर, जनकपुरबाट काठमाडौँ आइयो, परिवार पाल्न गाह्रो भयो । चारजनाको परिवार पाल्न पनि यही पेसा रोजेको हुँ", उहाँको कथन थियो ।
    साहमात्रै हैन रत्नपार्क, वीर अस्पताल, सहिदगेटलगायतका सडकपेटीमा करिब दर्ुइ दर्जन यस्ता अनविज्ञ ज्योतिषी रहेको अनुमान महानगरपालिकाले गरेको छ ।
    उनीहरूले हात हेराउन आउन व्यक्तिहरूसँग हात हेरेवापत यति उत्ति भनेर निश्चित रकम नलिए पनि भगवानको नाममा भन्दै जतिसक्यो धेरै दिन भने माग गर्ने गरेका छन् ।
    विशेषगरी, बाहिरी जिल्लाबाट बिरामी ल्याएर वीर अस्पतालमा आउने व्यक्तिहरूले आफ्नो बिरामीको अवस्थाका बारेमा जानकारी लिनका लागि हात हेराउने गरेको पाइएको छ ।
    बाटोमा हिँड्ने कतिपय मान्छेहरू पनि सडकमा लक्सरै बसेका यस्ता ज्योतिषीहरूसँग आफ्नो भविष्यको लेखाजोखा खोजिरहेका हुन्छन् ।
    नाम नबताउने र्सतमा एकजना यस्तै ज्योतिषीले एउटा व्यक्तिसँग रु. पचासदेखि पाँच सयसम्म उठाउने  बताए । हात हेर्न बहानामा यिनीहरूले र्सवसाधारणसँग औसत दैनिक रु.पाँच सयसम्म उठाइरहेका छन् ।
    धादिङ घर भई हाल बागबजारमा बस्दै आउनुभएकी २१ वषर्ीया मीना तामाङ वीर अस्पतालको सडकमा यस्तै ज्योतिषीसँग हात हेराउन लागेको अवस्थामा भेटियो ।
    "विश्वास लाग्छ त-" भन्ने प्रश्नमा उहाँको उत्तर आयो, "धेरैजसो म हात हेराउँछु । गाउँमा हुँदासमेत हेराउने गर्दथे । अहिले पनि मेरो पढाइ कस्तो छ भनेर हेराउन लागेकी हुँ ।"

    कसैले आफ्नो पढाइ कस्तो छ भनेर त कसैले घर परिवारका सदस्यको स्वास्थ्य कस्तो छ भनेर त कसैले म विदेश जान पाउँछु कि पाउँदिन, बिहे कति वर्षा हुन्छ - लगायतका विषयका जिज्ञासा मेटाउन हात हेराउने गरेको र्सवसाधारणको तर्क छ । आफ्नै भविष्यबारे जानकारी नभएका यस्ता ज्योतिषीले दिएको भविष्यवाणी कस्तो होला - कति विश्वासिलो होला त्यो भने र्सवसाधारण आफैले सोच्नर्ुपर्ने बेला आएको छ ।

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete