• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, November 8, 2009

    युरोप-अमेरिकामा नेपाली पत्रकार र पत्रकार सञ्जाल

    गिरीश पोखरेल

    भर्खरैमात्र गैरआवासीय नेपालीहरुको सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । त्यसै सम्मेलनलाई मध्य नजर राख्दै विशेषतः खाडी राष्ट्र लगायतका केही देशमा रहेका नेपाली भाषी पत्रकारहरुले आफूलाई प्रवासमा रही नेपाली पत्रकारिता गरिरहेको भन्दै नेपाल पत्रकार महासंघको समन्वय र पहलमा संगठित भएको खबर आएको छ ।
    उता ”प्रवासी नेपाली पत्रकार सञ्जाल”मा युरोपका २५ देश र अमेरिकाको प्रतिनिधित्व भने भएन भन्ने गुनासो वेलायतका साथीहरुबाट आएको छ ।
    युरोप अमेरिकालाई लत्याएर प्रवासी नेपाली पत्रकार सञ्जाल गठन हुनु कुनै नौलो कुरो होइन र तपाईहामीले गुनासो गर्नपर्ने कारण पनि छैन । किनकी युरोप अमेरिका, अस्ट्रेलियामा जो जो नेपाली पत्रकारहरु पुगेका छन् र नेपाली भाषामा अनलाइन, रेडियो, टेलिभिजन जस्ता संचारमाध्यम स्थानीय नेपालीहरुका लागि चलाइरहेका छन् । तिनीहरु पक्कै पनि नेपालको पत्रकार महासंघको छाताभित्र रहन सक्दैनन् किनकी उनीहरुको आफ्नै परिवेश छ आफ्नै पहिचान छ र उनीहरुले नेपाल पत्रकार महासंघलाई सहयोग र उनीहरुप्रति सद्भाव राख्न जरुर सक्छन् ।
    अमेरिका, युरोप, अस्ट्रेलिया जस्ता मुलुकमा पुगेका नेपालीहरु  सकेसम्म उमेर छँदै नेपाल फर्कने मनस्थितिमा छैनन्। यसैले उनीहरुले विशेषतः आफू बसेको ठाउँका नेपाली समुदायबीचमा पत्रकारिता गर्नेछन् जुन समुदायमा बसेका हुन् त्यही ठाउँमा रहेर उनीहरु आफ्नो पेशागत संगठनलाई स्थापना गर्नुपर्छ र त्यसमार्फत नेपालमा सकिन्छ भने विभिन्न किसिमले सहयोग गर्नुपर्छ । नेपाल पत्रकार महासंघको भातृसंगठन भएर होइन ।

    यसैले युरोप, अमेरिका तथा अन्य राष्ट्रमा स्थायी रुपमा बसोबास गर्दै आएका नेपाली पत्रकारहरुका लागि अन्तर्राष्ट्रिय संजाल गठन हुनु र नहुनुको कुनै औचित्य छैन । मूल कुरा भनेको आफू बसेको राष्ट्रमा रहेका नेपालीहरुमाझ नेपाली भाषा-संस्कृतिलाई बचाउन क्रियाशील हुनु नै ठूलो कुरा हो । अमेरिका, युरोप, अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरु स्थानीय स्तरमा सोही देशमा संगठित हुनु नै ठूलो कुरा हुनेछ ।
    यसैले आउनुहोस् जुन देशमा बस्नुभएको छ त्यही देशमा रहेर स्थानीय स्तरमा नै भए पनि नेपाली पत्रकारिता गर्नेहरु संगठित हौं । पत्रकारितालाई व्यवसायिक र स्थानीय नेपालीबीचमा स्वच्छ पत्रकारिता गरौं । नेपाली समुदायको दुःखसुखमा साथ दिऔं । नेपाली भाषा साहित्य र पत्रकारिताको पहिचान जुन जुन देशमा बस्नुभएको छ त्यो त्यो देशका नेपालीभाषीहरुले लाभ लिन सक्नेछन् । 
    http://www.nepalipost.com/index/?a=read&catid=2&id=9878

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete