• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, November 8, 2009

    अष्ट्रेलियामा नेपाली विद्यार्थीको पीडा

    ऋषि आचार्य 

    बेलाबेला कलेज बन्द भएर दुःख भोग्दै आएका अष्ट्रेलियका नेपाली विद्यार्थी रोजगारदाताहरुबाट पनि ठगिन थालेका छन्। रोजगारदाताले महिनौसम्म पारिश्रमिक नदिँदा विद्यार्थीको अध्ययन र अष्ट्रेलिया बसाइ समेत प्रभावित हुन पुगेको छ।नर्थ सिड्नीमा बस्दै आएका अनुप केसीले कर्पोरेट कमर्सियल क्लिनिङ कम्पनीमा काम गरेको १७ हप्ता भइसक्दा पनि ठेकदारले पैसा दिएको छैन। अहिलेसम्म काम गरेको कमाइ बोण्ड भनेर ठेकदारले नदिएपछि कोठा भाडा, ट्रेन र बसको टिकट अनि खाद्यान किन्नसमेत साथीहरुसँग ऋण गर्नुपरेको केसी बताउँछन्।
    अनुपलाई अहिले उक्त कम्पनीले कामबाट निकालिदिएको छ र बोण्ड भनेर राखेको १७ हप्ताको कमाइ पनि फिर्ता दिएको छैन। उक्त कम्पनीमा करिब चार सय नेपाली विद्यार्थीले काम गरिरहेको र उनीहरु कसैले पनि नियमितरुपमा पैसा पाएका छैनन्। अनुपले आफू मर्कामा परेको ब्यहोरासहित उजुरी अफिस अफ फेयर ट्रेडिङ्मा दर्ता गराएका छन् र उनी फेयर ट्रेडिङ अनुसन्धानको प्रतीक्षामा छन्।
    कोग्राका सुलभ प्रधानले पनि ठेकेदारसँग पैसा माग्दा काम गुमाउनुपर्‍यो। सुलभ भन्छन,् रातभरि निद्रा माया मारेर काम गरियो पैसा दिने दिन ठेकेदार गायब भयो। हप्तौँसम्म यही सिलसिला दोहोरिएपछि थप सहयोगका लागि कम्पनीको हेड अफिसमा उजुरी गर्दा जागिरबाटै निकालिदियो। यसैगरी सिड्नीकै स्टार्थफिल्ड बस्दै आएकी ममता विक एउटा फास्टफुडमा काम गर्थिन्। सुरुका हप्तामा पैसा दिएको भए पनि पछि हप्तौँसम्म क्याफे मालिकले पैसा नदिएको उनको गुनासो छ। पुरानो पैसा नदिएसम्म काममा नआउने बताएपछि क्याफे मालिकले चोरीको आरोपमा फसाउने धम्की दिएको उनले बताइन्।
    यी त केही उदाहरणमात्र हुन्। अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका हजारौँ नेपालीहरु रोजगारदाताबाट ठगिएका छन्। रोजगारदाताले बोण्ड, सेक्युरिटी, ट्रेनिङ पोसाक भनेर हप्तौँसम्म बिना पैसा काममा लगाउने गरेका छन्। अष्ट्रेलियाका अनौपचाकि श्रम क्षेत्र क्लिनिङ, क्याफेमा किचन ह्याण्ड, कस्टमर सर्भिस अनि सानोतिनो निर्माण कम्पनीमा काम गर्ने नेपालीहरु बढी ठगिएका छन्। शैक्षिक परामर्शकर्ता विवेक थापा भन्छन्, नेपालीहरु मिहिनेती, सोझा, इमान्दार अनि मिलनसार भएकाले धूर्त ठेकेदारहरुले सजिलै ठगिरहेका छन्। यसरी आफू ठगीमा परेकोबारे धेरै नेपाली विद्यार्थीको गुनासो आफूलाई पनि आउने गरेको थापाले बताए। आवश्यक प्रमाणको अभावमा पीडित विद्यार्थीले कानुनी उपचार पाउन नसकेको उनको भनाइ छ।

    अष्ट्रेलियाको यातायात, निर्माण, निजामती, खानी र बजार क्षेत्रका मजदुर संगठित छन् र उनीहरुको ट्रेड युनियन पनि छ । त्यसैले ती क्षेत्रमा काम गर्दा निश्चित तलब, भत्ता, बिमा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको हुन्छ। तर असंगठित र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु ठेकदार र कम्पनी साहु दुवैबाट शोषित छन्।
    अट्रेलिया विधिको शासनमा चलेको देश हो। कुनै पनि प्रकारको उत्पीडनको कानुनी उपचार यहाँ सम्भव छ। पीडितले आवश्यक विवरणसहित निवेदन दिएमा अनुसन्धानपछि पीडकले सजाय पाएका धेरै उदाहरणहरु छन्। सामान्य प्रकृतिको ठगी हो भने अफिस अफ फेयर ट्रेडिङमा उजुरी दिए पुग्छ। धधध।ाबष्चतचबमष्लन।नयख।बग मा गएर अनलाइन फर्ममा आफ्नो गुनासो र व्यक्तिगत विवरण भर्न सकिन्छ। निवेदन दिएको दुई हप्तापछि कार्यालयले थप कारबाहीको जानकारी दिने छ। जटिल प्रकृतिको ठगी र भ्रष्टाचार नियन्त्रण गर्न अष्ट्रेलियाली सरकारले एउटा स्वतन्त्र र स्वायत्त निकाय गठन गरेको छ जसको नाम हो अम्बुड्समेन। अष्ट्रेलियाली संसद्को अधीनमा रहेको यो निकायले देशमा भ्रष्टाचार नियन्त्रण गरी विधिको शासन कायम गर्न वाचडगको भूमिका खेलेको छ। सबैभन्दा पहिले स्विडेनबाट अम्बुड्स्मेन अभियान सुरु भएको हो जसको अर्थ हो जनताको प्रतिनिधि। अष्ट्रेलियाको सबै राज्यहरुमा अम्बुड्स्मेनका कार्यलयहरु छन्। निजी, सार्वजनिक र सरकारी कुनै पनि निकायसम्बन्धी गुनासो अम्बुड्स्मेनमा दर्ता गर्न सकिन्छ। मुख्य गरी गैरकानुनी, विभेदपूर्ण, अव्यावहारिक प्रकृतिका उत्पीडनको उजुरी यहाँ दर्ता गर्न सकिन्छ। धधध।य्कदय।लकध।नयख।बग मा गएर अम्बुड्स्मेनबारे थप जानकारी लिन सकिन्छ। अथवा १८००४५१५२४ मा फोन गरेर आफ्नै समस्याबारे परामर्श लिन सकिन्छ।
    यो वर्ष नेपाल र अष्ट्रेलियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ। नेपालीहरु अष्ट्रेलिया आउन थालेको दशकौ भए पनि विगत केही वर्षदेखि यहाँ विद्यार्थीको संख्या निकै बढेको छ र सबैभन्दा बढी समस्यामा पनि उनीहरु नै छन्। नेपाली दूतावास, कन्सुलेटको कार्यलय, एनआरएन लगायत करिब ६० भन्दा बढी नेपाली सामुदायिक संस्था अष्ट्रेलियामा छन्। यी संस्थामार्फत अहिले प्रत्येक हप्ताजसो नेपाली समुदायबीच विभिन्न कार्यक्रम हुने गरेका छन्। राजनीतिक, भाषिक, जातीय र धार्मिक विषयमा यी कार्यक्रहरुमा कुरा उठे पनि नेपाली विद्यार्थीका समस्याका विषयमा कसैले बोलेको छैन। अझ रोजगारदाताको ठगीबारे धेरै अनभिज्ञ छन्। भर्खरै नियुक्त एनएसडब्लुका लागि वाणिज्यदूत दीपक खड्का नेपाली विद्याथीको समस्या र अवासका विषयमा कार्यालयले चाँडै एउटा अन्तर्क्रिया गर्न लागेको बताउछन्। उच्च शिक्षा र उज्ज्वल भविष्यको सपना बोकेर अष्ट्रेलिया आएका नेपाली विद्यार्थीले पढाइ खर्च जुटाउन गरिरहेको श्रम खाडी र मलेसियाका नेपालीको भन्दा कम छैन।

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete