• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, November 19, 2009

    रेखा थापासंग प्रचण्ड मसक्कै

    कार्यक्रम सिंहदरबार घेराउसम्बन्धी थियो। सिंहदरबार घेराउमा माओवादी अध्यक्ष कमरेड प्रचण्ड हिरोइन रेखा थापासँग मजाले नाच्चुभयो। त्यो सानोतिनो नाच थिएन। जंगीअड्डाको मुखैमा सिंहदरबार, जहाँ सरकार बस्ने गर्छ, त्यहाँ रेखा थापासँग कमरेड प्रचण्ड नाच्नु कसरी सानो कुरा हुन्छ?
    नाच सकिएपछि कमरेड प्रचण्ड सीधा माइकतिर जानुभयो। अनि भन्नुभयो, 'सरकारलाई चेतावनीस्वरूप मैले रेखा थापासँग नाचेर देखाएँ। यदि अब पनि हाम्रो माग पूरा हुँदैन भने योभन्दा सशक्त नाच देखाउन हामी बाध्य हुनेछाँै। हामी सरकारलाई विनम्र अनुरोध गर्छाैं, हामीलाई त्यस्तो सशक्त नाच देखाउन बाध्य नपारियोस्।'
    'अझ सशक्त नाच? त्यो कस्तो हुन्छ कमरेड? के रेखा थापासँगको नाच सशक्त थिएन?' भीडबाट कुनै पत्रकारले प्रश्न गर्योे।
    कमरेड प्रचण्डले मुसुक्क हाँस्दै भन्नुभयो, 'होइन, यो पनि सशक्त छ। हामीले पहिले–पहिले देखाएका नाच पनि जम्मै सशक्त थिए।'
    'पहिला कस्तो नाच देखाउनुहुन्थ्यो तपाईंहरू, कमरेड?' फेरि कसैले सोध्यो।'
    'ताण्डव नाच,' कमरेड प्रचण्डले भन्नुभयो, 'हामीले पहिले ताण्डव नाच देखाउँथ्याँै। तर, ताण्डव नाचलाई सरकारले बेवास्ता गरेपछि रेखा थापासँगको नाच देखायौँ। यदि, अहिले पनि बेवास्ता गरियो भने हामी भारतकै रेखालाई ल्याएर नाच देखाइदिनेछौँ।'
    'त्यसो गर्दा सरकारले पनि मानेन भने?'
    'मानेन भने फेरि अर्को नाच देखाउन हामी बाध्य हुनेछौँ।'
    'कस्तो हुन्छ अर्को नाच?'
    'काठमाडौंका विभिन्न डान्स, रेस्टुरेन्टमा रातभरि जुन खालको नाच चल्छ नि! त्यही नाच हामी सिंहदरबारअगाडि दिउँसै नाचिदिनेछौँ। हामीसँग नाचको कुनै कमी छैन।'
    उहाँले यति के भन्नुभयो, कार्यकर्ताले फेरि मादल बजाउन थाले। र, कमरेड प्रचण्ड पुनः कम्मरमा हात राख्दै मञ्चबाट तल झर्नुभयो।'
    रेखा थापाको नाच  
    माओवादीले सिंहदरबार घेराउ कार्यक्रम गर्योक। तर, चर्चा भने दरबार घेराउभन्दा पनि रेखा थापाको नृत्यले बढी पायो। कसै–कसैले यस्तो पनि भने कि अस्तिको सिंहदरबार घेराउ वास्तवमा घेराउ नै होइन, त्यो त रेखा थापाको नाच हेर्न जम्मा भएको भीड मात्र हो।
    मलाई पनि त्यस्तै लाग्यो। यदि, रेखा थापा नभइदिएको भए त्यत्रो भीड जम्मा हुने नै थिएन। मलाई रामबहादुर थापा आउने भन्नेसम्म जानकारी थियो। रेखा थापा आउने जानकारी थिएन। यदि रेखा थापा पनि आउने जानकारी पाएको भए घेराउ गर्न म पनि जाने थिएँ। रेखा थापालाई घेराउ गर्ने मौका त्यसै छाड्न सकिन्थ्यो र! मलाई पूर्व जानकारी भएन। अतः फाइदा कमरेड प्रचण्ड र उहाँका कार्यकर्ताले उठाए। टिभीमा देखियो, कमरेड प्रचण्ड सिंहदरबार छाडेर रेखा थापालाई घेरिरहनुभएको थियो। सिंहदरबारवरिपरि निषेधित क्षेत्र थियो। तर, रेखा थापाको वरिपरि त्यस्तो निषेधित क्षेत्र थिएन। जसले गर्दा कमरेड प्रचण्डलाई सिंहदरबार घेर्नभन्दा पनि रेखा थापालाई घेर्न सुविधा भइरहेको थियो। सिंहदरबार टाढा थियो, रेखा थापा नजिक थिइन्। अतः कार्यकर्ता पनि सिंहदरबारलाई ओझेल पारेर रेखा थापाको घेराउमा मग्न थिए। सिंहदरबार घेराउकै क्रममा रेखा थापा स्टेजमा चढ्नुभयो र अध्यक्ष प्रचण्डलाई बोलाएर आफ्नो गीतको तालमा नचाउनुभयो। अर्थात् माओवादी अध्यक्ष प्रचण्डलाई रेखा थापाले नचाइदिनुभयो।
    खासगरी माओवादीले भयंकर ठूलो आन्दोलनको घोषणा गरेपछि मान्छेले सोध्ने गरेका थिए– होइन यो प्रचण्डलाई कसले नचाइरहेछ हँ?
    त्यतिवेला मान्छेलाई थाहा थिएन। अहिले थाहा भयो, कमरेड प्रचण्डलाई त हाम्रै अभिनेत्री रेखा थापाले पो नचाइरहेकी रहिछन्। रेखा थापाले ताल मिलाउनूस् भन्नुहुन्छ, प्रचण्ड ताल मिलाउनुहुन्छ। रेखा थापा सुर मिलाउनूस् भन्नुहुन्छ, प्रचण्ड सुर मिलाउनुहुन्छ। प्रचण्डको ताल र सुर देखेर मान्छेहरू उहाँलाई बाहिरबाटै कसैले नचाइरहेको हो कि भन्ठान्छन्। वास्तवमा त्यस्तो होइन। उहाँलाई नचाउने अरू कोही नभएर हाम्रै रेखा थापा रहिछन्। कसो त सीता म्याडम!  



    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete