• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, November 19, 2009

    कोइराला निवासमा जग्गा किचलो

    गणेश लम्साल  
    नेपाली कांग्रेसले व्यक्तिगत सम्पत्ति र स्वतन्त्रताको खुबै वकालत गर्छ। उसले यही मुद्दालाई आधार बनाएर कब्जा गरेका घर–ज्ाग्गा फिर्ता गर्नुपर्छ भनेर माओवादीसँग झगडा पनि गरिरहेको छ। तर, त्यही कांग्रेस आफैँले बिराटनगर– ९ मा रहेको कोइराला निवास अगाडि  चारतारे झन्डा गाडेर व्यक्तिगत जमीन कब्जा गरेको छ।  नेपाली कांगे्रसका सभापति गिरिजाप्रसादमात्रै नभएर कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला र स्वर्गीय महिला नेत्री नोना कोइरालासमेतको अस्तित्व जोडिएको उक्त कोइराला निवास अगाडिको बिक्री भइसकेको साढे आठ कठ्ठा जग्ग्ाामा नेपाली कांग्रेस मोरङका कार्यकर्ताले उक्त जग्गा कुनै पनि हालतमा बेच्न नदिने, बरु पार्टी आफँैले लगानी गरेर जमिन किनी बिपी संग्रहालय बनाउने भन्दै चारतारे झन्डा गाडेर कब्जा गरेका छन्।  बिपीपुत्र शशांक कोइराला र प्रकाश कोइरालाले उक्त जग्गा बेच्न स्थानीय बिराट आवासीय कम्पनीसँग बैना पनि लिइसकेको थाहा पाएपछि मोरङका कांग्रेस अध्यक्ष अमृत अर्यालको नेतृत्वमा सो जग्गा कब्जा गरिएको हो। तर, जग्गा कब्जा गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि कांग्रेस कार्यकर्ताले सो जग्गा आफ्नो नाममा पार्न भने सकेका छैनन्।  झन्डै पाँच करोड मूल्यमा बिराट आवासीय कम्पनीले ५० लाख बैनासमेत दिइसकेको  छ। कम्पनीले जग्गाका लागि आफूहरूले लेखापढी गरी बैनासमेत दिइसकेकाले अब सम्पत्ति आफूहरूको भइसकेको र कसैले कब्जा गरेकै भरमा आफूहरूले जग्गा बेच्न नदिने अडान लिएको छ। क्रेताहरूले कांग्रेस कार्यकर्ताले नै सो जग्गा किन्ने भए आफूहरूमार्फत किन्नुपर्ने बताएका छन्।
    मामिला सल्टाउन बिपीपुत्रहरूले पहल थालिरहेको बताइए पनि अहिलेसम्म विवाद समाधान भएको छैन। बिपी संग्रहालय बनाउन उक्त जग्गाको मोलबापतको मूल्य बिपीपुत्रहरूलाई दिन मोरंगे कांग्रेसहरुले रकम संकलनका लागि डाक बढाबढ गरे पनि दाताहरू नपाएपछि रकम जुटाउन नसकेको हो। र, दाताहरू नजुटेपछि अब केही कांगे्रसी नेताले कमिसन लिएर कब्जा गरेको जमिन फुकुवा गरिदिने तयारी गरेको भनिएको छ।
    हुन त कोइराला निवास अगाडिको जग्गा बिक्री भएको यो पहिलोपटक भने होइन। बिपी र गिरिजाप्रसादका बाबु कृष्णप्रसादले आर्जेको उक्त क्षेत्रमा रहेका केही बिघा जग्गा अंश भाग लागी बिक्री भइसकेको छ। अब कोइरालानिवास भनिएको पुरानो घर, बिपीपुत्र र नोना र गिरिजाको नाममा रहेको साढे आठ कठ्ठा जनही अंश लागेको जग्गा मात्र बिक्री हुन बाँकी छ। त्योमध्ये बिपीका नाममा रहेको जग्गा बिक्री गरेपछि उत्पन्न विवाद कायमै छ।
    बिपीपुत्र शशांकले कोइराला निवासलाई ऐतिहासिक संग्रहालय बनाउने भनी पहिले पनि चर्चा चलेको हो। यसका लागि गिरिजाप्रसाद प्रम रहेका बेला नै पहल थाल्ने समाचार बाहिर आएको थियो। तर, त्यसतर्फ कुनै पहल भएको बाहिर आएन। तर, तिनै बिपीपुत्रहरूले एक्कासी संग्रहालय बनाउने भनिएको जग्गा बिक्री गर्नुले कोइराला परिवारभित्र आन्तरिक कलह रहेछ भनेर त प्रस्ट बुझिन्छ नै, कतै कांग्रेसी कार्यकर्ताबाट रकम संकलन गरेर साप पनि मार्ने र लौरो पनि भाँचिन नदिने योजना पूरा नभएपछि झण्डा गाड्नेहरुलाई नयाँ संकट उत्पन्न भएको त होइन भन्ने पनि एकथरि बिराटनगरबासीको चर्चा छ।

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete