• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, November 10, 2009

    मन्त्रीले सिडिओ कुटिन्

    http://nagariknews.com/society/nation/6926-2009-11-10-08-31-17.html

    उपेन्द्र लामिछाने, वीरगन्ज कात्तिक २३– कृषि तथा सहकारी राज्य मन्त्री करिमा वेगमले मङ्गलबार दिउसो पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाराज भण्डारीलाई जिल्ला प्रशासन कार्यालयभित्रै हातपात गरेकी छिन्। वीरगन्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन राजधानीबाट आएकी वेगमले सिमरा एयरपोर्टमा आफ्नो लागि पुरानो गाडी पठाएको भन्दै आक्रमण गरेकी हुन्।

    कार्यकर्तासहित जिल्ला प्रशासन कार्यलय पुगेकी मन्त्री वेगमले स्वागत गर्न बसेका भण्डारीलाई  लगातार ५ झापड हानेकी थिइन्।  'हो मैले सिडिओ पिटे', घटनालगत्तै नागरिकसँगको प्रतिक्रियामा वेगमले भनिन् – कठालो समातेर ५ झापड हानें।' उनले सिडिओले आफ्नो टेलिफोन राम्रोसँग रिसिभ नगरेको,  जिल्लामा अपराध नियन्त्रण नगरेकोलगायतका आरोपसमेत लगाइन्। पर्सा क्षेत्र नम्बर १ बाट सभासदमा विजयी वेगम फोरम लोकतान्त्रिक पार्टीकी हुन्।

    आक्रमणलगत्तै जिल्ला प्रशासन कार्यलयका सबै काम बन्द भएको छ। प्रमुख जिल्ला अधिकारी भण्डारीले स्वागत गर्न बसेका बेला आफूलाई मन्त्रीले एकाएक पिट्न  थालेपछि अचम्ममा परेको बताए। 'मैले केही भन्न पाइन्', उनले भने – उनले पटापट पिट्न थालिन्।' आफूले पिटाई खाए पनि  मन्त्री तथा सभासद् भएकाले केही प्रतिकार नगरेको उनले बताए।

    मन्त्रीले सीडीओलाई भकुरिन् 

    http://www.mysansar.com/?p=6646#more-6646

    चवालीस चवालीस जना मन्त्री भएको माधवकुमार नेपालको मन्त्रिमण्डल साँच्चिकै नमूनै बनेको छ। केही अघिको मात्रै कुरा हो, तमलोपाकी एक मन्त्री चन्दा चौधरीले गाडीको शिशा झ्याम्म झ्याम्म हानेर फुटालेकी। यसपालि चाहिँ फोरम (गच्छदार) को कोटामा मन्त्री बनेकी कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले हात चलाइछिन्। चन्दाले जस्तो निर्जीव शिशालाई हैन, जिउँदो मान्छेलाई हात हालिछिन् उनले। त्यो पनि चानचुनेलाई हो र, जिल्ला भरको सुरक्षा र प्रशासन हेर्ने व्यक्ति सीडीओलाई भकुरिछिन्।
    कारण ? कारण चाहिँ उही चन्दा कै जस्तै रहेछ। चन्दा चौधरीले पनि पुरानो गाडी पर्‍यो र बाटोमा घच्याक्क घच्याक्क रोकियो भन्ने रिसले शिशा फुटालेकी थिइन्, यी बेगमले पनि पुरानो गाडी आफूलाई पठाएको भनेर नै पर्साका सीडीओ दुर्गाप्रसाद भण्डारीलाई भकुरेकी रहिछिन्।
    भएको के रहेछ भने यी मन्त्री आज आफ्नो गृहजिल्ला आएकी रहिछिन्। उनको स्वागतका लागि सीडीओले पठाएको गाडी पुरानो परेछ। त्यही रिस उनले पोखेकी रहिछिन्। अझ यी मन्त्रीको कुरा सुन्नुस् न, पत्रकारलाई हाकाहाकी भनिछिन्, हो, मैले सीडीओ कुटेकी हुँ। कठालो समातेर पाँच झापड हिर्काएकी हुँ। जय होस्, हाम्रो नेपालका मन्त्रीहरुको ! फोरम फोरेरै मन्त्री भएका हुन् यिनीहरु। अनि यिनले अर्काको गाला नफोरेर के गरुन् त। हेर्नुस् त मन्त्री हुनुअघि कस्तोसित फाइट भएको थियो फोरमका यी महिला नेतृहरुबीच- भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।
    बिचरा सीडीओ! कसरी गरुन् कारबाही! मन्त्रीलाई कारबाही गर्ने हैसियत कहाँ उनको ? प्रधानमन्त्री पनि बिचरा के गरुन्। १०५ डिग्री ज्वरो आएर बालुवाटारको बेडमा सुतिरहेका छन् रे।
    अरु कुरा जेसुकै भए पनि महिला मन्त्रीहरुको सशक्तिकरण त बेपत्तैसित भा’को रैछ हगि !
    आउनुस् यी महान् मन्त्रीको बारेमा केही जानकारी लिइराखौँ। कतै जम्काभेट भइहाल्यो भने चाहिँ टाढै बस्नुहोला नि-

    करिमा बेगम पर्सा क्षेत्र नं. १ बाट निर्वाचित भएकी हुन्। उनी ३३ वर्षकी भइन्। मधेसी जनअधिकार फोरमबाट उनले प्रत्यक्षमा चुनाव जितेकी हुन्। २०६१ सालमा नेपाल सदभावना पार्टीबाट राजनीतिक जीवन प्रारम्भ गरेकी थिइन् उनले। तर राजनीतिक सक्रियता भने २०६२ सालदेखि शुरु भएको हो। यसबीच उनी पाँच पटक पक्राउ परिसकिन्।

    सदभावना पार्टी, महिला मञ्चका वीरगञ्ज नगर अध्यक्ष रहिसकेकी बेगम मधेसी जन अधिकार फोरमका केन्द्रीय उपाध्यक्ष हुन्।
    भारतबाट माध्यमिक तहसम्मको अध्ययन गरेकी बेगम ३ छोरा, १ छोराकी आमा हुन्। फोटो सौजन्यः शुकदेव

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete