• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, November 10, 2009

    ८१ लाख नक्कली भारुसहित समातिए नेपाली

     केपी ढुंगाना
    ८१ लाख नक्कली भारतीय रुपैयाँसहित चारजना पक्राउ परेका छन् । नक्कली भारुसहित काठमाडौंमा आमाछोरा र ललितपुरमा बाबुछोरा पक्राउ परेका छन् । दुई समूह अलग-अलग परिवारका हुन् ।
    प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले छुट्टाछुट्टै अपरेसनमा नक्कली भारतीय रुपैयाँसहित दुई समूहका चारजनालाई पक्राउ गरेको हो । प्रधान कार्यालयको विशेष टोलीले बालाजु माछापोखरीबाट २७ लाख ४० हजार नक्कली भारतीय रुपैयाँसहित कविता बर्मसाखा र छोरा कविर जमिन्दारलाई पक्राउ गरेको हो ।
    काभ्रे पात्लेखेत स्थायी ठेगाना भएकी कविताको पाकिस्तानी नाम हो- शाहेवी जमिन्दार । आठ वर्षअगाडि पाकिस्तानी नागरिक मोहम्मद अली जमिन्दारसँग विवाह गरे पनि उनी नेपालमै बस्दै आएकी थिइन् ।
    कविताका श्रीमान् मोहम्मद अली भारतीय नक्कली नोटको कारोबारी रहेको सुराकीको आधारमा प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शुक्रबार बेलुका माछापोखरीमा रहेको कविताको डेरामा छापा मारेको थियो । प्रहरीले डेरामा छापा मार्दा उनका श्रीमान् थिएनन् भने कविता दुई छोराका साथ कोठामा थिइन् । प्रहरीले कोठाको खानतलासी गर्दा १३ लाख ३४ हजार नेपाली रुपैयाँ र २७ लाख ४० हजार नक्कली भारतीय रुपैयाँ फेला पारेको थियो ।
    एक हजार र पाँच सय दरका भारतीय रुपैयाँ बरामद भएलगत्तै अनुसन्धानका लागि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले दुवैलाई शुक्रबार पक्राउ गरे पनि घटना गोप्य राखेको थियो ।
    महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेकी कविता र उनको छोराको पाकिस्तानी नागरिकहरूसँग सम्पर्क रहेको देखिएको छ । प्रहरीसमक्ष कविताले आफू श्रीमान्को सहयोगी मात्र रहेको बताएकी छिन् । कवितासँगको प्रारम्भिक सोधपुछको क्रममा प्रहरीले नक्कली भारतीय रुपैयाँ कारोबारीको रुट र संलग्न व्यक्तिहरूको बारेमा महत्त्वपूर्ण जानकारी पाएको दाबी गरेको छ ।

    उता, शुक्रबारै महानगरीय प्रहरी परिसर ललितपुरले ५४ लाख ३९ हजार नक्कली भारतीय रुपैयाँसहित बाबुछोरालाई पक्राउ गरेको छ । कोठामा १० वटा सुटकेसमा फल्स बटम बनाएर लुकाइराखेको अवस्थामा कुपन्डोल १० बाट ५२ वर्षीय सेख अहमद र १८ वर्षीय सहिद इकवाल अहमदलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पर्सानिवासी अहमद कुपन्डोलमा भाडामा बस्दै आएका थिए । विशेष सुराकीको आधारमा प्रहरीले उनको डेरामा छापा मार्दा सुटकेसभित्र फल्स बटमको प्रयोग गरेर लुकाइराखेको अवस्थामा एक हजार र पाँच सय दरका नक्कली भारतीय रुपैयाँ फेला पारेको थियो । पक्राउ दुवै अभियुक्तलाई आइतबारै खोटा अचलनमा मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको ललितपुर परिसरका प्रमुख केदारमानसिंह भण्डारीले बताए ।http://www.nayapatrika.com/newsportal/cover_story/7650.html

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete