• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, October 2, 2009

    जापानी राजदूत गणेश योन्जनको तलब सबैभन्दा बढी


    पर्शुराम काफ्ले
    काठमाडौं, १५ असोज/ नेपालका राष्ट्रप्रमुखले जति तलब पाउँछन्, त्यसको तीन/चार गुणा बढी भत्ता पाउँछन् विदेशस्थित नेपाली राजदूतहरूले । डेढदेखि पौने चार लाखसम्म भत्ता पाउँदै आएका नेपाली राजदूतहरूले सुविधा कम भयो भनेर गुनासो पनि गर्दै आएका छन् ।
    सबै देशका राजदूतले नेपालका विशिष्ट श्रेणीका कर्मचारीबराबर मासिक करिब २६ हजार बुझ्दै आएका छन् । तलबबाहेक भत्ता भने देशअनुसार फरक छ । राजदूतहरूको तलब, वैदेशिक भत्ता र पारिवारिक भत्ता हिसाब गर्दा राष्ट्रप्रमुखले भन्दा बढी नगद राजदूतले बुझ्दै आएका छन् ।
    राजदूतका श्रीमती -अथवा श्रीमान्) लाई राजदूतको वैदेशिक भत्ताको १५ प्रतिशत तथा २१ वर्षमुनिका दुईजना छोराछोरीलाई दस प्रतिशत र बाबु-आमामध्ये एकजनालाई पाँच प्रतिशत पनि सरकारले व्यहोर्ने गरेको छ । यो तथ्यांकअनुसार वैदेशिक भत्ताको बढीमा चालीस प्रतिशत जति सुविधा सरकारले राजदूत र कर्मचारीको परिवारलाई खर्च गर्ने गरेको छ ।
    जापानको राजधानी टोकियोमा बस्दै आएका नेपाली राजदूतको भत्ता अन्य नेपाली राजदूतहरूको भन्दा बढी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार टोकियोका नेपाली राजदूत डा. गणेश योञ्जनले मासिक तीन लाख ४५ हजार तीन सय ९८ रुपैयाँ -चार हजार चार सय तीस अमेरिकी डलर) वैदेशिक भत्ता बुझ्दै आएका छन् ।
    जापानस्थित नेपाली राजदूतलाई जापानको स्थानीय मुद्रामा सरकारले वैदेशिक भत्ता उपलब्ध गराउँदै आएको छ । टोकियोमा नेपाली राजदूतको निवासको भाडा पनि सरकारले तिर्दै आएको छ ।
    राष्ट्रसंघीय स्थायी नियोग जेनेभामा खटिएका नेपाली प्रतिनिधि डा. दिनेश भट्टराईले मासिक करिब दुई लाख ६८ हजार नौ सय रुपैयाँ वैदेशिक भत्ताबापत बुझ्ने गरेका छन् । उनको तलब टोकियोस्थित राजदूत डा. योञ्जनभन्दा कम तर अन्य नेपाली राजदूतहरूभन्दा बढी छ । जेनेभामा नियोग कार्यालय तथा राजदूत र कर्मचारी निवासको खर्च सरकारले व्यहोर्दै आएको छ ।
    जर्मनीको राजधानी बर्लिनस्थित नेपाली राजदूत सुरेश प्रधानको वैदेशिक भत्ता दुई लाख ५५ हजार पाँच रुपैयाँ छ । त्यहाँ दूतावास र राजदूतनिवास भवन नेपाल सरकारले खरिद गरेको छ । कर्मचारी भने डेरामा बस्दै आएका छन् ।
    उता न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि मधुरमण आचार्यको वैदेशिक भत्ता दुई लाख ३३ हजार पाँच सय २० -दुई हजार नौ सय ९५ अमेरिकी डलर) छ । त्यस्तै इजरायलका लागि नेपाली राजदूत वैजनाथ थपलियाको वैदेशिक भत्ता मासिक दुई लाख १० हजार पाँच सय १९ -दुई हजार सात सय अमेरिकी डलर) छ ।
    दक्षिणकोरियाका राजदूत कमल कोइरालाको दुई लाख ३३ हजार पाँच सय २० रुपैयाँ छ भने अस्ट्रेलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकालले दुई लाख ३१ हजार नौ सय ६१ रुपैयाँ पाउने गरेका छन् । सरकारले मलेसियास्थित नेपाली राजदूत डा. ऋषि अधिकारीको वैदेशिक भत्ता दुई लाख पाँच हजार पचास रुपैयाँ तोकेको छ भने युनाइटेड अरब इमिरेट्स -युएई) का राजदूत अर्जुनबहादुर थापा, कतारका डा. सूर्यनाथ मिश्र र साउदी अरबका हमिद अन्सारीको वैदेशिक भत्ता मासिक दुई लाख दुई हजार सात सय २२ रुपैयाँ तोकेको छ ।
    अमेरिकाका लागि नेपाली राजदूतको वैदेशिक भत्ता मासिक दुई लाख २१ हजार आठ सय चौबीस रुपैयाँ रहेको छ । अमेरिकाका लागि डा. शंकर शर्मा राजदूत तोकिएका छन् तर उनी अहिलेसम्म रवाना भएका छैनन् ।
    चीनको बेइजिङस्थित नेपाली दूत टंक कार्कीको मासिक वैदेशिक भत्ता दुई लाख १४ हजार आठ सय सात रुपैयाँ छ भने नयाँदिल्लीमा खटिने राजदूतको एक लाख ८४ हजार सात सय ८९ रुपैयाँ छ । नयाँदिल्लीमा पनि राजदूत गएका छैनन् ।
    बैंककस्थित नेपाली राजदूत नवीनप्रकाशजंग शाहको दुई लाख १७ हजार एक सय ४६ रुपैयाँ, इजिप्टको कायरोमा कार्यरत राजदूत डा. रामभक्त पिबी ठाकुरको दुई लाख १० हजार पाँच सय १९, श्रीलंकाको कोलम्बोका राजदूत दुर्गाप्रसाद भट्टराईको एक लाख ९७ हजार दुई सय ६४, म्यानमार -याङ्गुन) का राजदूत गुणलक्ष्मी शर्मा -विक) को एक लाख ८७ हजार एक सय २८ रुपैयाँ छ ।
    त्यसबाहेक ढाकाका नेपाली राजदूत प्रदीप खतिवडाको वैदेशिक भत्ता मासिक एक लाख ८४ हजार सात सय ८८, मस्कोस्थित नेपाली राजदूत सूर्यकिरण गुरुङको दुई लाख २२ हजार दुई सय १४, इस्लामावादस्थित नेपाली राजदूत बलबहादुर कुँवरको एक लाख ८४ हजार सात सय ८९ रुपैयाँ छ ।
    बेलायतको लन्डनस्थित नेपाली राजदूतको वैदेशिक भत्ता दुई लाख ३१ हजार दुई सय ६६ मासिक भत्ता छ । तर, लन्डनस्थित दूतावासमा नेपाली राजदूत पद खाली छ ।
    डेनमार्कको राजधानी कोपनहेगनस्थित नेपाली राजदूत विजयकान्तलाल कर्णको मासिक दुई लाख ५७ हजार तीन सय एक, प|mान्सको पेरिसका राजदूतको दुई लाख ५५ हजार २६ र बेल्जियमको ब्रसेल्सका लागि राजदूत प्रमेशकुमार हमालको मासिक भत्ता दुई लाख ५५ हजार २६ रुपैयाँ रहेको छ । पेरिसमा राजदूत पद हाल खाली छ ।
    त्यसबाहेक हङकङस्थित नेपाली महावाणिज्य दूत केशवप्रसाद भट्टराईको मासिक वैदेशिक भत्ता एक लाख ७१ हजार एक सय ४४, ल्हासास्थित महावाणिज्य दूत ज्ञाइन्द्रप्रसाद उपाध्यायको एक लाख ४९ हजार सात सय २ र कोलकातास्थित महावाणिज्यदूत सुरेशमान श्रेष्ठको मासिक वैदेशिक भत्ता एक लाख ३२ हजार एक सय ५९ रुपैयाँ रहेको छ ।
    उच्च भत्ता पाउने राजदूतले तलब भने नेपालका विशिष्ट श्रेणीका कर्मचारीले भन्दा बढी पाउँदैनन् । परराष्ट्र सेवाबाट राजदूत भएकाहरूलाई परराष्ट्रमा कार्यरत रहँदाको तलब दिने गरिएको छ भने राजनीतिक क्षेत्रबाट नियुक्त भएका राजदूतहरूलाई विशिष्ट श्रेणीसरह तोकिएको छ ।
    'परराष्ट्र सेवाबाहेक अन्य क्षेत्रबाट नियुक्त भएका राजदूतहरूको तलबचाहिँ सरकारले तोक्ने गरेको छ,' परराष्ट्र मन्त्रालयका सचिव डा. मदनकुमार भट्टराईले नयाँ पत्रिकासँग भने, 'उहाँहरूको तलब फरक-फरक पनि हुन सक्छ ।'
    परराष्ट्र मन्त्रालयका अनुसार न्युयोर्क र जेनेभास्थित स्थायी नियोगमा स्थायी प्रतिनिधिसहित क्रमशः सात र चारजनाको दरबन्दी छ ।

    राजदूतहरूको वैदेशिक भत्ता
    राष्ट्रसंघीय स्थायी प्रतिनिधि न्युयोर्क - दुई लाख ३३ हजार पाँच सय २० -दुई हजार नौ सय ९५ अमेरिकी डलर)
    इजरायल - दुई लाख १० हजार पाँच सय १९ -दुई हजार सात सय डलर)
    दक्षिणकोरिया - दुई लाख ३३ हजार पाँच सय २० -दुई हजार दुई सय डलर)
    क्यानवेरा -अस्ट्रेलिया) - दुई लाख ३१ हजार नौ सय ६१ -दुई हजार नौ सय ७५ डलर)
    क्वालालम्पुर - दुई लाख पाँच हजार पचास -दुई हजार ६ सय ३५ डलर)
    अबुधाबी - दुई लाख दुई हजार सात सय २२ -दुई हजार ६ सय डलर)
    दोहा - दुई लाख दुई हजार सात सय २२ -दुई हजार छ सय डलर)
    रियाद - दुई लाख दुई हजार सात सय २२ -दुई हजार ६ सय डलर)
    वासिंगटनडिसी - दुई लाख २१ हजार आठ सय चौबीस -दुई हजार आठ सय ४५ डलर)
    बेइजिङ - दुई लाख १४ हजार आठ सय सात -दुई हजार सात सय ५५ डलर)
    दिल्ली - एक लाख ८४ हजार सात सय ८९ -दुई हजार तीन सय ७० डलर)
    बैंकक - दुई लाख १७ हजार एक सय ४६ -दुई हजार सात सय ८५ डलर)
    कायरो - दुई लाख १० हजार पाँच सय १९ -दुई हजार सात सय डलर)
    कोलम्बो - एक लाख ९७ हजार दुई सय ६४ -दुई हजार पाँच सय ३० डलर)
    याङ्गुन - एक लाख ८७ हजार एक सय २८ -दुई हजार चार सय डलर)
    ढाका - एक लाख ८४ हजार सात सय ८८ -दुई हजार तीन सय ७० डलर)
    मस्को - दुई लाख २२ हजार दुई सय १४
    इस्लामावाद - एक लाख ८४ हजार सात सय ८९ -दुई हजार तीन सय ७० डलर)
    हङकङ महावाणिज्यदूत - एक लाख ७१ हजार एक सय ४४ -दुई हजार एक सय ९५ डलर)
    ल्हासा महावाणिज्यदूत - एक लाख ४९ हजार सात सय २ -एक हजार नौ सय २० डलर)
    कोलकाता महावाणिज्यदूत - एक लाख ३२ हजार एक सय ५९ -एक हजार ६ सय ९५ डलर)
    लन्डन - दुई लाख ३१ हजार दुई सय ६६ -एक हजार पाँच सय पाउन्ड)
    कोपनहेगन - दुई लाख ५७ हजार तीन सय एक -तीन हजार तीन सय डलर)
    टोकियो - तीन लाख ४५ हजार तीन सय ९८ -पाँच लाख सात हजार येन)
    राष्ट्रसंघीय स्थायी नियोग जेनेभा - दुई लाख ६८ हजार नौ सय ५५ -तीन हजार नौ सय ९० युरो)
    बर्लिन - दुई लाख ५५ हजार २६ -दुई हजार दुई सय ७० युरो)
    पेरिस - दुई लाख ५५ हजार २६ -दुई हजार दुई सय ७० युरो)
    ब्रसेल्स - दुई लाख ५५ हजार २६ -दुई हजार दुई सय ७० युरो)

    No comments:

    Post a Comment