विद्यार्थीका रुपमा तत्कालीन सोभियत संघ छिरेका उनले इलम र लगनको एउटा अध्यायपछि एक दिन आफूलाई अर्बपतिका रुपमा पाए । सफलताको यो नसा त्यतिखेर उत्रियो,जब १२ हजार अन्तर्राष्ट्रिय जनशक्तिलाई रोजगारी दिएका उनलाई एकपछि अर्का कूटनीतिक नियोगमा 'नेपाली’को व्यवहार गरियो । नेपालीको अर्थात् अपमानको । नेपालीको अर्थात् दयाको । नेपालीको अर्थात् तिरस्कारको । नेपालको हरियो पासपोर्टलाई दरिद्रताको अन्तर्राष्ट्रिय प्रमाणपत्रजस्तो व्यवहार गरिएको पाएपछि उनीभित्रको नेपाली जाग्यो । त्यो निजी जागरण गैरआवासीय नेपालीहरुको साझा जागरणमा परिणत भयो र बन्यो- गैरआवासीय नेपाली संघ (एनआरएनए) । त्योसँग जोडिएका अरु कथा यस्ता छन्:
अर्बपति बनेपछि उपेन्द्र महतोलाई लागेको थियो, अघि बढ्न संसारमा अब कुनै छेकवार छैन । तर, भ्रम टुट्यो जब अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गर्यो ।
साथीको बिहे थियो, धेरै तयारी के चाहियो ? उपेन्द्रको पासपोर्ट र डकुमेन्ट बोकेर 'सेक्रेटरी' बेलारुसस्थित अमेरिकी दूतावास पुगे । तर, दूतावासले 'सेक्रेटरी' लाई फिर्ता पठाइदियो ।
'जसको पासपोर्ट हो, उसैलाई पठाऊ' दूतावासको फरमान थियो । यो के चाला हो भन्दै उपेन्द्र पुगेका थिए, तर दूतावासले उनलाई पनि खाली हात पठाइदियो । उपेन्द्र जिल खाए ।
'मैले भिसा किन नपाउने ?' उपेन्द्रले दलिल गर्न नखोजेका होइनन् । तर, ओठेजवाफ तयार थियो, 'तिमी गरिब नेपाली, बेलारुसमा आएर बिहान-बेलुकाको गुजारा चलाएका हौला, अब त्यत्रो खर्च गरेर अमेरिका किन जानुपर्यो ?'
उपेन्द्रले बेहिसाब हरियो डलर कमाए, तर अमेरिकी दूतावासले देखेन । उसले देख्यो, हरियो पासपोर्ट । त्यसैले उनी अमेरिका प्रवेशका लागि अयोग्य साबित भए ।
अपहेलित मन लिएर उपेन्द्र सुस्ताएका थिए । तर, जागे बेलारुसीहरू । प्रतिष्ठाको फेहरिस्तसहित बेलारुस सरकारले उपेन्द्रका लागि भिसा दाबी गर्यो । कर्मभूमि जागेपछि भिसा सम्भव भयो ।
अर्कोपटक उनी अस्टि्रयाका लागि उडे । अस्टि्रया र बेलारुसका अधिकारीबीच वाणिज्य भेटघाट थियो । 'भिसा त सजिलै पाएँ, भेटघाटको मध्यस्थ नै म थिएँ,' उनी सम्झिन्छन् ।
भियना पुग्नासाथ अस्टि्रयायी वाणिज्य अधिकारीहरू जहाजभित्रै आइपुगे । स्वागत-ग्रहण गर्न उपेन्द्र पनि तम्तयार थिए । तर, टोलीका सबैले स्वागत पाए, उपेन्द्रलाई त सुरक्षाकर्मीले नजिक जान पनि दिएनन् । अस्टि्रयायी र बेलारुसीहरू अंकमाल गर्दै गए । उपेन्द्रको घाउमा फेरि नुन लाग्यो ।
उपेन्द्र लगेज तान्दै इमिग्रेसनतिर सोझिए । अधिकारीहरूले नेपाली पासपोर्ट देखे, निहुँ खोज्न थालिहाले । 'आफैँ भिसा दिन्छन्, आफैँ निहुँ खोज्छन्,' सम्झिएर उनी खिन्न भए ।
उनी इमिग्रेसनका अधिकारीसँग बाझाबाझ गर्दा उता दुई देशका अधिकारीबीच छलफल भइरहेको थियो, जसका उनी मध्यस्थ थिए ।'
राष्ट्रियताकै कारण कत्रो अपहेलना ? तर, उपेन्द्रलाई अब झोक चल्दैन । चलोस् पनि कति ?
सायद त्यसैले विदेशको विमानस्थल टेक्नासाथ उतैको नागरिक बन्ने जुगाड खोज्छन् । उपेन्द्रले भने अहिलेसम्म नेपाली पासपोर्ट बोकेका रहेछन् । उनको व्यवसाय बेलारुसदेखि युरोप र एसियामा फैलिइसकेको छ । तर, वर्कपरमिटका भरमै विदेशमा यति धेरै उद्यम गरिरहेका छन् । 'म नेपाली पासपोर्ट खल्तीमा राखेरै मर्ने हो,' उनले भीष्मप्रतिज्ञा दोहोर्याए ।
नेपाली पासपोर्टका कारण अपमानित हुने उनी एक्ला होइनन् । 'मैले मात्र भोगेको होइन, लाखौँलाख नेपालीको नियति यही हो,' उपेन्द्रले भने ।
'विदेशमा मात्रै किन ? स्वदेशमै पनि त हामी कुण्ठित छौँ' टिप्पणी सुन्नासाथ उपेन्द्रले भने, 'हो, दोष उनीहरूको होइन, हाम्रो हो । त्यसैले त एनआरएन खुलेको हो ।' उनले अब केहीबेर बोल्ने 'प्वाइन्ट' भेटे ।
'पासपोर्टको दोष के छ ? देशको दोष के छ ? दोष त हाम्रो छ,' उनी भन्न थाले, 'देश समृद्ध बनाउनुपर्छ, प्रतिष्ठा आफैँ पछि-पछि आइलाग्छ ।'
प्रतिष्ठाका लागि विकास, विकासका लागि लगानी, लगानीका लागि संगठन । यस्तो रहेछ एनआरएनको 'ब्लुपि्रन्ट' ।
'अब केही नगरी हुन्न है भनेर मैले साथीहरूसँग सल्लाह गरेँ,' उनी फेरि अतीततिर गए, 'ज-जसलाई भनेँ, सबै उत्साही भए ।'
सन् २००३ मा काठमाडौंमै आएर उपेन्द्रसहितको ठूलो समूहले गैरआवासीय नेपाली संघ (एनआरएनए) गठन गर्यो । संगठन चौथो सम्मेलनको तयारीमा छ ।
संगठन बनेको ६ वर्ष भयो, घडीको सुईले जस्तै ब्रह्माण्डको चक्कर लगाइरहेका छन् उपेन्द्र । अब के छ त उनको पासपोर्टको स्थिति ? 'उस्तै छ' उनले नढाँटी भने ।
सय मिलियन डलर लगानी- कस्तो आकर्षक घोषणा थियो । संस्थागत रूपमै लगानी गरेर नेपाललाई समृद्ध बनाउने घोषणा भएको थियो । तर, त्यस्तो लगानीको 'शिलान्यास' भएन ।
टेबुलमा कप आइपुगेको थियो । चुस्की लगाउँदै उनले भने, 'लौ कफी पो ल्याएछ !' साँच्चै, उनले त कालो चिया पो 'अर्डर' गरेका थिए । पुष्टि भयो फेरि, सोचेजस्तो हुन्न जीवन !
कुरा फेरि अघि बढ्यो । संयोग उस्तै, प्रसंग फरक । 'लगानी नगर्ने कुरै छैन ? संस्थागत पनि हुन्छ, व्यक्तिगत पनि हुन्छ,' त्यसो भए अहिलेसम्म ? 'सरकारले नीति नै बनाउन सकेन ।'
उपेन्द्र भन्छन्, 'विदेशीलाई जति सुविधा दिन्छौ, त्यत्ति भए हामीलाई पुग्छ, थप केही चाहिँदैन ।' उनले यो माग धेरै सरकारलाई सुनाइसकेका छन् । 'सरकारसामु पनि यति धेरै चुनौती छन्, नभ्याएर पनि होला,' उनले हेभी डिस्काउन्ट गरेर प्रतिक्रिया दिए ।
त्यसो त अन्योलबीच पनि उपेन्द्र र केही एनआरएनले नेपालमा व्यक्तिगत रूपमा लगानी गरेका छन् । 'अहिलेसम्म तीन सय मिलियन डलर लगानी भयो होला, नेपालका सन्दर्भमा यो लगानी सानो होइन,' उनले यो पनि भन्न भ्याए ।
तीन सय मिलियन डलरले कति उद्योग र रोजगार सिर्जना गर्छ ? तत्काल हिसाब सम्भव भएन । त्यसैले मैले होलसेलमै प्रश्न राखेँ, 'एनआरएनको लगानीले त्यति धेरै रोजगार सिर्जना गरेको त देखिएको छैन, त्यो पैसा धेरै हो र ?' उनले भने, 'धेरै त होइन, सरकार सकारात्मक भए लगानी बढ्छ ।'
उपेन्द्र आफैँ धेरै लगानी गर्न सक्छन्, तर उनको पनि गति किन सुस्त छ ? 'म आफ्नो लगानीप्रति सन्तुष्ट छैन । मेरो त विद्युतीय रेल बनाउने मन छ,' उनले एक्कैसाथ उत्साह छरे ।
राजधानीवासीले दिनमा २० घन्टा लोडसेडिङ बेहोर्ने दिन आउँदै छ । अब केले कुदाउने होला विद्युतीय रेल ? 'होइन, होइन, त्यही रेल चलाउन ठूला-ठूला हाइड्रोप्रोजेक्टमा काम गर्नुपर्छ,' उनले भने, 'अब सुनारको सय चोट पर्खने बेला छैन, लोहारको एक चोट हान्नुपर्छ ।' यसपालि उनले भन्नै परेन, तर सरकारले वातावरण बनाउनुपर्छ ।
संगठित लगानी ल्याउने अभियानका नेता उपेन्द्र यसैपालिदेखि संघको अध्यक्षबाट बिदा लिँदै छन् । उनी अब कुन फोरममा हुन्छन् त ? 'संघको अध्यक्ष पद पो छाड्दै छु, अभियान त जारी छ,' खुलासा गर्दै अन्त्यमा यत्ति भने ।
एनआरएनप्रति नेपाली धेरै आशावादी थिए, आशा अझै जीवित छ । तर, वर्ष बिराएर काठमाडौंमा दसैँ मनाउँदैमा संघको साख जोगिएला ? तर, उपेन्द्र आफ्नो संगठनको उपलब्धिप्रति सन्तुष्ट रहेछन् । 'विदेशमा पैसा कमाए पनि नेपालीहरू आत्मउत्पीडनमा थिए, देशका लागि केही गर्नुपर्छ भन्ने अवस्थै थिएन,' उनले भने ।
संघले नेपालीको आत्मबल बढाएको दाबी गरे उनले । 'अब त आफ्नै प्रतिष्ठाका लागि नै पनि देशमा केही गर्नुपर्छ भन्ने भावना जागेको छ,' उनले सबैको भावनाको प्रतिनिधित्व पनि गरिदिए ।
अरूका बारेमा बोलेपछि उनलाई अन्तिममा एउटा प्रश्न, 'अध्यक्ष बनेर ६ वर्षमा के गर्नुभयो ?'
'मैले एनआरएनहरूका मनमा तीनवटा भावना जगाएको छु,' उनले औँला गनेरै बयान गरे ।
१. मैले गर्नुपर्छ
२. म गर्न सक्छु
३. अब म गर्छु

No comments:
Post a Comment