• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, October 19, 2009

    सिस्नुपानी देउसी



    ए भन भन भाइ हो -देउसिरे
    भन भन बैनी हो -देउसिरे

    कुनैबेला हाम्रो -देशैमा
    किनिने बेचिने -केसैमा

    संसदबाट बोका -हराउंथे
    हङ्कङ्मा पुगेर -कराउंथे

    तस्करले तिनलाई -चराउंथे
    राजाले उठबस -गराउंथे

    अहिले त दरबार -रित्तो छ
    राजा छैनन् -भित्तो छ

    राजाका ठाउंमा -राजदुत छन्
    तिनैले उठबस -गराउंछन्

    भन भन भाइ -हो के भन्ने
    भन भन बैनी -हो के भन्ने
    संविधान छिटो -ले भन्ने 


    २५ दलका २५ मुख
    २५ तिर चिहाउँछन्
    अनि यिनले संविधान
    कहिले ल्याउँछन् ?
     

    तपाईँ हामीले भोगिरहेका यथार्थलाई व्य‍ंग्यात्मक रुप दिएर सिस्नुपानी नेपाल नामको संस्थाले केही वर्षदेखि देउसी खेल्दै आएको छ। यस पटक पनि त्यसरी नै देउसी खेलिएको छ। सिस्नुपानी नेपाल २०५५ सालमा बनेको संस्था हो . यस संस्थामा मनोज गजुरेल, लक्ष्मन गाम्नागे, टन्कराज आचार्य जस्ता हास्यब्यङ्गक स्रष्टाहरु क्रियाशील छन्। सामाजिक बिकृति र विसंगतिलाइ नया शैलीमा ब्यङ्ग गर्न खप्पिस यो संस्थाले यो वर्ष खेलेको देउसीको केही अंश सुन्न भित्र आउनुस्। 
    कता गयो सपना
    बन्ने नयाँ नेपाल
    आखिरीमा हात लाग्यो
    माधव नेपाल !

    उही अनुहार उही विचार
    बासी भात जस्तो भो
    ०४६ साल फर्केर
    आए जस्तो भो

    सिस्नुपानीले राष्ट्रपति र कटवाललाई पनि व्य‍ंग्यको सिस्नु हानेका छन्।
    राष्ट्रपति चेस खेल्ने
    भारत गोटी चाल्दिने
    सिपाहीले नै देशको प्रधानमन्त्री फाल्दिने

    माओवादीलाई मात्र के बाँकी राख्‍थे र-
    बेलाबेलै प्रचण्ड उफ्रिरहन्छन् फुत्रुक्क
    राकेश सुदको एकै फोनले जुंगा लुत्रुक्क

    नडराउनुस् अब माओवादी ज‍गल फिर्दैन
    किनभने पजेरो जंगल छिर्दैन

    यति राम्रो हाम्रो झण्डा फेर्छु भन्छन् हेरन
    झण्डाभन्दा पहिले देशको मुहार फेरन

    गिरिजालाई पनि उनीहरुले बाँकी राखेनन्-
    गरे गरे जस्तो गर्छु म त केही गर्दिन
    छोरी प्रधानमन्त्री नभई मर्दै मर्दिन
    जर्मनीकी बुहारीले उपप्रधान खाइरहने
    काँग्रेसका नेता जति मुख बाइरहने

    सीमा विवादका बारेमा उनीहरु यसरी व्यंग्य कस्छन्-
    दक्षिणका साँढेले
    खायो भन्छन् बाली
    हाम्रै साँढे लबस्तरा
    तिनलाई किन गाली ?

    पूरै सुन्न  क्लिक गर्नुस्-

    No comments:

    Post a Comment